मनोरञ्जन समाज

नायिका प्रियंका कार्कीकोमा चोरी

झापा, ९ कात्तिक । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुर महानगरपालिका–१८ भैंसेपाटी महतो मार्गस्थित नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका गहनासमेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो।

तिहारको रमाइलोमा व्यस्त भएका बेला कोठामा कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले अन्यत्र पनि चोरीका घटना भएकाले अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक