मनोरञ्जन समाज स्थानीय खबर

दिदी–भाइलाई गायिका मेलिना राईको आर्थिक सहयोग

दमक, २५ कात्तिक । गायिका मेलिना राईले आर्थिक अभावका कारण पढाई छाडेका दिदी भाइलाई आर्थिक सहयोग गरेकी छन्।

इलामको दानाबारीस्थित एक परिवारका दिदी र भाइहरुलाई बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भूमिका फियाकलगायत टिम मार्फत नगद ५० हजार रूपैयाँ सहयोग गरेकी हुन् ।

हेर्ने कथा कार्यक्रमबाट अनिसा लिम्बू र उनका भाइहरुको बारेमा थाहा पाएकी गायिका राईलगायत ,सामाजिक अभियन्ताहरू पदम फियाक (बाटोघरे) ले १२ हजार ५ सय रूपैयाँ, दमक स्थायी ठेगाना भै हङकङमा बस्ने भबिन लिम्बुले १५ हजार रूपैया र अस्मिन फियाकले ५ हजार रूपैयाँ सहयोग गरेका छन् ।

सानै उमेरमा बुबा गुमाएको र आमाले पनि छाडेर गएपछि ३ जना भाइहरुसहित अभिभावक जिम्मेवारी संहाल्दै आएकी लिम्बूले आफ्ने पढाई छाडेर ज्याला मजदुरी गर्दै परिवार चलाउंदै आएकी छिन् । उनीहरूको दैनिकी र अवस्थाका बारे मिडियामा आएपछि विभिन्न मानिस र संघसंस्था सहयोग गरेको उनले बताइन् । लिम्बू भन्छिन्, ‘मैले सहयोगको अपेक्षा गरेकै थिइन तर हाम्रो बारे थाहा पाएर, हाम्रो कथाले छोएर धेरैजना आइरहनु भएको छ ।सबैलाई धन्यबाद दिन चाहन्छु ।’

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक