समाज

उर्लाबारीमा दुई समूहबीच झडप

मोरङ, ३ मंसिर । मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उर्लाबारी–६ स्थित तरल क्याफे अगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ ।

थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाले बताए । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।

थापा, चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरूमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको भएको आरोपमा प्रहरीले कुमार लिम्बूसहित उर्लाबारी–५ का आशंक लिम्बु र उर्लाबारी–६ का रजत थापालाई पक्राउ गरेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक