राजनीति समाज स्थानीय खबर

झापा २ मा एमालेको घिमिरे विजयी

भद्रपुर, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नेकपा (एमाले) का उम्मेदवारले जितेका छन् ।

प्रतिनिधिसभामा एमालेका उम्मेदवार देवराज घिमिरे २८ हजार ३७१ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँले निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको झापा क्षेत्र नं. २ का निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिनुभयो । कूल ८७ हजार ३७१ मत खसेको झापा २ मा पाँच हजार ६९६ मत बदर भएको उहाँले बताउनुभयो ।

त्यस्तै, झापा २ (१) मा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ भने झापा २ (२)मा चिन्तन पाठक निर्वाचित हुनुभएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक