कृषि समाज

भारतीय जीटूजीको मल अर्को साता

झापा, ७ मंसिर । जीटूजी सम्झौतामा भारतबाट ल्याउने भनिएको रासायनिक मल किन्ने प्रक्रिया सकिएसँगै आगामी सातादेखि मल नेपाल भित्रिने भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर ९आरसीएफ० ले मल नेपालसम्म ढुवानी गर्न बोरा प्याकिङ र लोडिङको काम गरिरहेको छ ।

हिउँदेबाली गहुँ, तोरी र आलुका लागि मल ल्याउन लागेकाले सक्दो चाँडो आइपुग्ने गरी काम गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । पहिलो वर्ष १ लाख ७० हजार मेट्रिक टन मल ल्याउने गरी भएको सम्झौताअनुसार पहिलो खेपको पहिलो भेसलमा ३० हजार मेट्रिक टन युरिया ल्याउन लागिएको हो । कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटूजीबाट ल्याउन लागिएको मल ग्लोबल टेन्डरबाट ल्याइने मलभन्दा सस्तो पर्ने जानकारी दिए । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक