समाज

आज म्यादी प्रहरीको बिदाइ

तस्वीर गुगलबाट लिइएको हो ।

झापा, ८ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी) को बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बिहीबार म्यादी प्रहरीको बिदाइ गरिने जानकारी दिए । उनका अनुसार म्यादी प्रहरीलाई धन्यवाद तथा प्रमाणपत्रसहित बिदाइ गरिने तयारी छ । निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक