समाज स्थानीय खबर

झापा ४ मा एमालेका साँवा दोस्रो पटक विजयी

बिर्तामोड, ८ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका लालप्रसाद साँवा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणना अनुसार साँँवा २९ हजार ३१५ मत प्राप्त गरी विजयी हुनुभएको झापा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेले २२ हजार ४४८ मत प्राप्त गर्नुभएको छ ।

झापा क्षेत्र नं.४ मा कूल मतदाता एक लाख २३ हजार १२४ कुल मतदाता रहेकोमा ७९ हजार ४८३ मत गणना सकेको थियो । जसमध्ये चार हजार ६४७ मत बदर भएको निर्वाचन अधिकृत गौतमले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक