झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ मंसिर । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले बढेको हो । भाउ बढेको दिन सुन आज तोलाको दुई लाख ४४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार सुनको भाउ तोलाको दुई लाख ४३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको तीन…

Read More

इटहरी, ७ मंसिर । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । उनले गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए । एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि…

Read More

झापा, ६ मंसिर । बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो। उनले बताए । घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले…

Read More

झापा, ६ मंसिर । झापाको अर्जुनधारामा आगलागीबाट १० वटा खसी बाख्रा र ५० वटा कुखुरासहित गोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् । गएराति ११ः३० बजे अर्जुनधारा –१० चोथाई बस्ने बलबहादुर दाहालको गाई गोठमा अचानक बिजुली सर्ट भई आगलागी भएको हो । आगलागीबाट गोठमा रहेका १० वटा खसी बाख्रा र ५० वटा बोईलर कुखुरासहित गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्दाजी १३ लाख २५ हजार बराबरको क्षति भएको छ । बिर्तामोड र मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान २ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगो निभाउने क्रममा दाहालकी…

Read More

काठमाण्डौ, ६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले कर्णालीलाई १ सय ५७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए । कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, मार्क वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए । कर्णालीले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ । कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको…

Read More

साहारा लिम्बूफुङलिङ, ६ मङ्सिर । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात सुरु भएको हो । हिमपात भएपछि पाथीभरा क्षेत्रमा चिसो समेत बढेको छ । मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार सामान्य मात्रामा हिमपात भएको हो । सामान्य हिमपातले समेत दर्शनार्थीलाई भने प्रभाव पारेको उहाँको भनाइ छ । गत असोजमा ताप्लेजुङको उच्च हिमाली भेगमा मात्रै हिमपात भएको थियो । जिल्लाको पर्यटकीय क्षेत्रहरू तिम्बुङ पोखरी, लोदेन, सिङ्जेमा ताल, स्याम्दो ताल लगायतको क्षेत्रमा हिमपात हुँदा पाथीभरा भने भएको…

Read More

बिष्णुप्रसाद पोखरेलदमक, ६ मङ्सिर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चार हजार राउण्ड गोली लुटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमक वडा नं। ७ स्थित मानव सेवा आश्रम नजिकै भित्री सडकमा शुक्रबार बेलुका बेवारिसे अवस्थामा गोली भेटिएको हो । एसएलआरका ५ राउण्ड, इन्सासका तीन राउण्ड र ३०३ राइफलका तीन राउण्ड गोली फेला परेको खड्काले जानकारी दिनुभयो । आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटिएकोमा अहिलेसम्म तीन थानमात्र फेला परेको छ । बाँकी १७ थान हतियार…

Read More

झापा, ६ मसिंर । नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव–हात्ती द्वन्द्वको जोखिम बढेको छ । वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जङ्गलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन् । अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो । गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो । ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए । डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले…

Read More

झापा, ४ मंसीर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजेका लागि तय भएको बैठक फेरि स्थगित भएको छ । मुख्यसचिवसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर बैठक पुनः स्थगित भएको जनाएका हुन् । बैठक शनिबार दिउँसो १ बजे बस्ने सूचनामा लेखिएको छ ।  असोज २८ गते सुरु भएकोकांग्रेस केन्द्रीय समितिको बैठक कहिले सर्दै र कहिले बस्ने शृङ्खला चलेको एक महिला बितिसकेको छ । यद्यपि, बैठकले ठोस निर्णय लिन सकेको छैन । नियमित अधिवेशन कि विशेष अधिवेशन, चुनाव अघि कि चुनाव पछि भन्ने विषयमा नै बैठक अल्झिएको छ । कांग्रेस महामन्त्रीद्व्य गगन थापा र विश्वप्रकाश शर्मा चुनाव अघि नै विशेष महाधिवेशन…

Read More

बिर्तामोड, ४ मंसीर । नेपाल पत्रकार महासंघ झापाकी पूर्व उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष भीमा शिवाकोटीलाई मातृशोक परेको छ । उहाँकी आमा पम्फादेवी शिवाकोटी बुधबार साँझ ८२ वर्षको उमेरमा कनकाई–५ लालपानीमा निधन भएको हो । पम्फादेवी लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । स्व. शिवाकोटीका दुई छोरीहरू गोमा सिग्देल र भीमा शिवाकोटी हुनुहुन्छ भने चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी हुनुहुन्छ । पारिवारिक स्रोतका अनुसार बिहीवार बिहान ११ बजे स्व. पम्फादेवीको कनकाई आर्यघाटमा दाहसंस्कार गरिनेछ । झापा अनलाइन परिवार दिवंगत माता फम्फादेवीको आत्मको चिरशान्तिको कामना गर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

Read More