
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ असोज । नेपाल प्रहरीका संगठन प्रमुख तथा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले देश, नागरिक र संगठनको आवश्यकतालाई महसुस गर्दै गर्वका साथ प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीसहितका अधिकृतहरूले खापुङलाई स्वागत गरेका थिए। उनलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो। उनले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा पूजा अर्चना र वृक्षारोपण पनि गरेका थिए। सभाहलमा आयोजित निर्देशन कार्यक्रममा महानिरीक्षक खापुङले प्रहरी संगठनले विगतमा विभिन्न आरोह-अवरोह पार गर्दै…
झापा, २७ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर रहेका छन्। उनीहरू एयर एसियाको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका थिए। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रवक्ता घिमिरेले जानकारी दिए।
फिक्कल, २७ असोज । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड पहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक मार्गको रूपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ। जोगमाई खोलामा डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्। माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने खोलामा १० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको छ। डाइभर्सन र पहुँच मार्ग आज साँझसम्ममा सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए। असोज १८ गतेको भारी वर्षापछि आएको बाढीले गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। यसले इलाम…
बिर्तामोड, २७ असोज । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश थालमियाले ‘व्यवसायी सदस्य राहत कोष’मा २५ हजार रुपैयाँ सहयोग गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर एक करोडको लक्ष्यसहित स्थापना गरिएको कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्। बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गर्दै डालमियाले आफ्नो कार्यकालमा गर्न नसकिएको साझा प्रयासको शुरुवात भएकोमा खुशी व्यक्त गरे। उनले अन्य उद्योगी व्यवसायीलाई पनि कोषमा जोड्ने प्रतिबद्धता जनाउँदै लक्ष्यअनुसार थप सहयोग गर्ने आश्वासन दिए। संघको सभाहलमा आयोजित कार्यक्रममा डालमियालाई कदरपत्रद्वारा सम्मान गरियो। अध्यक्ष न्यौपानेले जन्मदिनको शुभकामना सहित कदरपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रम…
झापा, २७ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इलाम जिल्लाका बाढी तथा पहिरो पीडित सदस्यहरूलाई राहत सामग्री वितरण गरेको छ। माइ नगरपालिका कार्यक्षेत्र अन्तर्गतको सितली सेवाकेन्द्रका १६ जना सदस्यलाई आज राहत प्रदान गरिएको हो। केही दिनअघिको अविरल वर्षासँगै आएको पहिरोका कारण घरबार विहीन बनेका सदस्यहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्नसहितका सामग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए। माइ नगरपालिका–२ स्थित सितली बजारमा आयोजित संक्षिप्त कार्यक्रमका बीच राहत वितरण गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष उर्द बहादुर राईको उपस्थितिमा कार्यकारी प्रमुख बस्नेत, सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, जनसम्पर्क अधिकारी विजय बस्नेत, आईटी अधिकृत विजय पाण्डे,…
पाँचथर, २७ असोज । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ । सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ । गत वर्ष असोज…
झापा, २७ असोज । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ । हालसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ । फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक…
झापा, २७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४…
झापा, २७ असोज । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, २६ असोज । झापाको भद्रपुर नगरपालिका–३ स्थित भैसाबारी क्षेत्रको मेची नदी किनारमा आज पुरुषको शव फेला परेको छ । पहाडे मूलको जस्तो देखिने अपरिचित पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मेची नदीपारि नेपालतर्फको किनारमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएछि जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतकको पहिचान एवम् घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।