झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, २३ असोज । गत असोज १८ गतेको बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अन्तर्गत इलाम–माईखोला–राजदुवाली सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार बिहीबार बिहानदेखि तीन वटा स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको छ। बासको बार लगाएर माटो फिलिङ गर्न श्रमदानमार्फत दिनभर प्रयास गरिएको भए पनि केही स्थानमा भल निस्किएपछि पाइप बिछ्याएर स्काभेटरद्वारा माटो हटाउने काम गर्दा पनि ट्याक खुल्न सकेको छैन। पानीको भल नियन्त्रणमा नआउँदा सडक सुचारु गर्ने समय अझै अनिश्चित रहेको बताइएको छ। बिहीबार रातभर पनि सडक सञ्चालनको प्रयास जारी रहने जनाइएको छ। इलाम सदरमुकामतर्फ जान माईखोला पुलसम्म…

Read More

झापा, २३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्धको जाहेरी आज प्रहरीमै फिर्ता पठाइएको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले जानकारी गराएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न सरकारद्वारा गठित आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रमा नपरेकाले जिल्ला प्रहरी परिसर काठमाडौँमै फिर्ता गरिएको जानकारी दिनुभयो । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको उक्त जाहेरी प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो । आज आयोगले एक विज्ञप्ति जारी गरी फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत…

Read More

झापा, २३ असोज । सरकारले इलाम जिल्लालाई तीन महिना अवधिको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । यस्तै मन्त्री खरेलले प्रहरी नायव महानिरीक्षकहरू शुसिलसिंह राठोर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्वरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो । मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिजाको सम्बन्धमा समस्या समाधान गर्न…

Read More

झापा, २३ असोज । झापामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । हिजो २४ घण्टामा जिल्लामा तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो बिहान हल्दिबारी–२ बस्ने २६ वर्षीय राजेश राजवंशीले आफ्नै घरको सुत्ने कोठाको बाँसको बलोमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरे । त्यस्तै हिजो राति भद्रपुर–६ तेलिभिट्टा बस्ने ४० वर्षीय चन्द्रसिंह राजवंशीले घरदेखि ७०० मिटर उत्तर बरको रुखमा प्लाष्टिकको पासो लगाई आत्महत्या गरेका छन् । यसैगरी, हिजो नै हल्दिबारी–३ आँपगाछी बस्ने ६८ वर्षीय मोहनलाल गिरीले छिमेकी मानबहादुर थानथुङको बारीमा रहेको लिचिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका छन् । त्यसको अघिल्लो दिन…

Read More

झापा, २३ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार गरेका भेटघाट तीन वटा निर्देशन दिएका छन् । बिहीबार बिहान उनले समाजिक सञ्जालमा लेख्दै बुधबार आफूले गरेका काम बुँदागत रूपमा जानकारी गराएका हुन् । म मन्त्रीले हिजो गरेको भेटघाट र दिएको मुख्य–मुख्य निर्देशनहरू१. नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो। ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ताभित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्याबहरू उच्च कोटिका छन्। भवन र ल्याबअनुसारको उच्चकोटिको काम हुनुपर्ने कुरामा…

Read More

झापा, २३ असोज । असोज १७ गतेदेखि सुरु भएको मनसुनी विपद्ले हालसम्म ५३ जनाको ज्यान लिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, बाढी र चट्याङका कारण जनधनको ठूलो क्षति भएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोबाट ४० जनाको मृत्यु भएको छ, जसमा इलाममा मात्रै ३८ जना रहेका छन्। पाँचथर र काभ्रेमा एक–एक जनाले ज्यान गुमाएका छन्। बाढीबाट ११ जनाको मृत्यु भएको छ। उदयपुर र धनुषामा दुई–दुई जना, इलाम, पाँचथर, खोटाङ, भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक–एक जनाको मृत्यु भएको छ। चट्याङबाट दुई जनाको मृत्यु भएको छ। बाढीका कारण रसुवामा चार र इलाममा एक जना गरी…

Read More

झापा, २३ असोज । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछाएको कुवेत १८ दशमलव एक ओभरमा सबै ‘विकेट’ गुमाउँदै ८३ रनमा समेटियो । कुवेतका लागि ‘ओपनर’ क्लिन्टो आन्टोले २६ तथा यासिन पटेलले १९ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रोहित पौडेलले समान दुई –दुई विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले समान एक–एक…

Read More

इलाम, २३ असोज । असोज १८ गते राति आएको विनाशकारी बाढी–पहिरोपछि इलाममा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ । मेची राजमार्ग अझै पूर्ण रूपमा खुलेको छैन, तर झापाको सिमाना जोरकलशदेखि राजदुवालीसम्म र पाँचथर सिमाना रांकेदेखि इलाम बजारसम्म सवारीसाधन चल्न थालेका छन् । राजदुवाली खण्डमा करिब डेढ किलोमिटर सडक अझै अवरुद्ध छ, जसलाई खुलाउन अझै १–२ दिन लाग्ने इलाम सडक डिभिजनका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । सूर्योदय र इलाम नगरपालिकाले यात्रुका लागि निःशुल्क सवारी सुविधा सञ्चालन गरेका छन् । बीचको अवरुद्ध खण्डमा यात्रुले पैदल यात्रा गर्नुपर्ने अवस्था छ। राजमार्ग क्रमशः सुचारु हुँदै गएसँगै खाद्यान्न र राहत सामग्री ढुवानीमा सहजता आउने…

Read More

झापा, २३ असोज । कन्काई माई नदीमा बाढीले झापाको शिवसताक्षी नगरपालिकामा करिब रू एक करोड २० लाख रुपैयाँ बढीको क्षति भएको छ । नगर क्षेत्रमा बाढीका कारण भएको डुबान र कटानबाट करिब रू एक करोड २० लाखभन्दा बढीको क्षति भएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनुभयो । बाढीले नगर क्षेत्रमा दुई सय २० घरमा क्षति पु¥याएको उहाँले बताउनुभयो । शिवसताक्षीको वडा नं. ४ विश्वडुब्बामा चार घर, वडा न. ५ भेलामुनीमा ४५ घर, वडा न. ६ शिवगञ्जमा ३१ घर र वडा नं. ७ लालपानीमा १४३ घर बाढील डुबानमा परेको नगरपालिकाले जनाएको छ । शिवसताक्षी–१० स्थित पर्यटकीयस्थल दोमुखामा मात्रै करिब रू ३१ लाख…

Read More

झापा, २३ असोज । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही…

Read More