
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ असोज । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका-६ की २० बर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा निजहरुको साथबाट लुकाईछीपाई राखेको १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
दमक, २४ असोज । झापाको दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रको एक टहरामा अन्दाजी ५०–५५ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्। आज टिनको छानो भएको गाईवस्तु राख्ने टहराको पानी खाने नालीभित्र एक पुरुषको शव रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीका अनुसार मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा मृतकको दाहिने गालामा धारिलो हतियारको प्रहार भएको जस्तो देखिएको छ । घटनास्थलमा कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २४ झापा । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिर्तामोड नगरपालिका–८ किसनभिट्टामा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । असोज २३ गते राति १० बजे ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । छापाको क्रममा घरधनीसहित ११ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट एक बुक तास, नगद रु. २,१५,५५० र ९ थान मोबाइल फोन बरामद गरिएको छ । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
झापा, २४ असोज । झापाको मेचीनगर नगरपालिकास्थित बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै जंगली हात्ती खेदाउन गोस्ती परिचालन गरिएको छ । भारतीय सीमावर्ती जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने उनले जानकारी दिएका छन् । विगतका वर्षमा भारतबाट आउने हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए । विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने…
खोटाङ, २४ असोज । चाडपर्वको अवसरमा सञ्चालन गरिएको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत खोटाङका ४३६ छोरीचेलीले निःशुल्क यातायात सेवा प्राप्त गरेका छन्। नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको नेतृत्वमा जिल्लाका दशवटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकल र एक जीपमार्फत सेवा प्रदान गरेका हुन्। असोज १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको अभियानमा ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई घर, माइतीघर र मावली आवतजावत गराइएको थियो। दिक्तेल बजारमा सचिवालय स्थापना गरी सेवाग्राहीको विवरण सङ्कलन गरिएको थियो। गत वर्ष ४१५ जनालाई सेवा दिइएको अभियानले यस वर्ष तिहारमा पनि कात्तिक ५–७ गतेसम्म सञ्चालन गर्ने योजना बनाएको छ। अभियानमार्फत करिब एक हजार छोरीचेलीलाई सेवा दिने लक्ष्य राखिएको संयोजक…
झापा, २४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९० रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर…
झापा, २४ असोज । गत असोज १७ र १८ गते आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको यो राजमार्गमा डाइभर्सन निर्माणको अन्तिम चरण पूरा भएपछि यातायात पुनः सञ्चालन हुन लागेको हो । सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ। उहाँका अनुसार, बाढीले गत वर्ष बनाइएको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण अवरुद्ध भएको थियो । यस राजमार्गमा चाडपर्वको समयमा दैनिक १५ हजारसम्म सवारीसाधन चल्ने गरेका छन्। हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै साढे तीन…
झापा, २४ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान आमनेसामने हुँदैछन्। खेल ओमान क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल र जापान दुवै टोली समूह चरणको एक खेल बाँकी रहँदै सुपर सिक्समा प्रवेश गरिसकेका छन्। समूह बीमा लगातार दोस्रो हार बेहोरेको कतार प्रतियोगिताबाट बाहिरिसकेको छ। कतारको हारले नेपाल र जापानलाई सुपर सिक्समा स्थान सुनिश्चित भएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले पराजित गरेको थियो भने जापानले कतारमाथि ५ विकेटको जित निकालेको थियो। समूह बीमा नेपाल, जापान र कुवेत छन्। समूह…
झापा, २४ असोज । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।…
इलाम, २३ असोज । गत असोज १८ गतेको बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अन्तर्गत इलाम–माईखोला–राजदुवाली सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार बिहीबार बिहानदेखि तीन वटा स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको छ। बासको बार लगाएर माटो फिलिङ गर्न श्रमदानमार्फत दिनभर प्रयास गरिएको भए पनि केही स्थानमा भल निस्किएपछि पाइप बिछ्याएर स्काभेटरद्वारा माटो हटाउने काम गर्दा पनि ट्याक खुल्न सकेको छैन। पानीको भल नियन्त्रणमा नआउँदा सडक सुचारु गर्ने समय अझै अनिश्चित रहेको बताइएको छ। बिहीबार रातभर पनि सडक सञ्चालनको प्रयास जारी रहने जनाइएको छ। इलाम सदरमुकामतर्फ जान माईखोला पुलसम्म…