झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तेह्रथुम, २१ असोज । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्ग तथा तमोर करिडोरका एक दर्जन स्थानमा सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट पूर्वी तराई झर्ने यात्रुहरू फिदिम–म्याङ्लुङ–धनकुटा–धरान मार्ग अपनाइरहेका छन् । पाँचथरको फिदिमबाट म्याङ्लुङ हुँदै झापा पुग्ने वा तमोर करिडोर भएर धरान जाने मुख्य मार्ग अवरुद्ध भएपछि यात्रुहरू लामो दूरीको वैकल्पिक रुटमा महँगो भाडा तिरेर यात्रा गरिरहेका छन्। काठमाडौँकी कमला पाठकले म्याङ्लुङबाट बसन्तपुर–हिले–धनकुटा–धरान हुँदै फर्किने बताइन् भने याङवरकका राजकुमार सेलिङ झापाको बिर्तामोडतर्फ यही मार्ग प्रयोग गरेर गएका छन्। पाथीभरा देवीको दर्शन, उपचारका लागि तराई झर्ने सेवाग्राही…

Read More

झापा, २१ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानगरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने…

Read More

झापा, २१ असोज । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए । त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् । गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई…

Read More

बनियानी, २१ असोज । झापामा बाढीका कारण पूर्ण प्रभावित भएका परिवारलाई तत्काल राहत उपलब्ध गराइने भएको छ । बाढी पीडितलाई राहत तथा सहयोग गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा सोमबार बसेको बैठकले बाढीका कारण पूर्ण प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराउने निर्णय गरिएको हो। गत असोज १८ र १९ गते आएको अविरल वर्ष पछि आएको बाढीबाट अति प्रभावित र विस्थापित भएका परिवारलाई तत्काल राहत प्याकेज उपलब्ध गराइने झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । तत्काल पूर्ण प्रभावित परिवारलाई खाद्यान्नतर्फ २५ केजी चामल, दुई केजी नुन, २ केजी दाल। एक लिटर तेल र पाँच…

Read More

शिवसताक्षी, २१ असोज । झापा जिल्लाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ । गत असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई र माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका थिए । प्रारम्भिक चरणमा शिवसताक्षी–७ लालपानीका ७२ घरपरिवारको क्षति विवरण संकलन गरिएको नगरपालिकाले जनाएको छ । उक्त क्षेत्रमा अझै केही घरको विवरण संकलन गर्न बाँकी रहेको छ । बाढीबाट विस्थापित नागरिकहरू हाल लालपानी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । लालपानी क्षेत्रमा मुख्यतया राजवंशी समुदायका परिवारहरूको बसोबास रहेको छ । नगरपालिकाका अनुसार, बाढीबाट ४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको…

Read More

झापा, २१ असोज । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको…

Read More

झापा, २० असोज । बाढीका कारण अवरुद्ध भएको झापाको शिवसताक्षी नगरपालिका–१० स्थित पूर्वपश्चिम लोकमार्ग सुचारु भएको छ । यहाँस्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप ड्राइभर्सनको साइडको माटो कटान गरेपछि पानी पसेको कारण सवारी आवागमन ठप्प भएको थियो । सडक विभागले उक्त स्थानमा ह्युमपाइप प्रयोग गरी अस्थायी ड्राइभर्सन निर्माण गरेको थियो । तर खोलाको पानीको चापले माटो कटान गर्दा ड्राइभर्सन भत्किएको थियो । मर्मत कार्य तीव्र रूपमा अघि बढाइएपछि दुबैतर्फको सवारी आवागमन पुनः पूर्ण रूपमा सुचारू भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।

Read More

झापा, २० असोज । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कनकाई माई खोलाको डिलमा फेला परेको अज्ञात पुरुषको शवको पहिचान खुलेको छ। असोज १९ गते खोलाको बीच भागमा अन्दाजी ६०–६५ वर्षको पहाडी मूलका जस्तो देखिने पुरुष घोप्टो अवस्थामा मृत फेला परेका थियो । मृतक इलाम नगरपालिका–१० गोदक निवासी अन्दाजी ७० वर्षीय गर्जमान तामाङ रहेको उनका छोरा दावा तामाङले पुष्टि गरेको झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। शव हाल भद्रपुर स्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सुनसरी, २० असोज । सुनसरीको कोशी गाउँपालिका-७ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धान बारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार-पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको छ ।

Read More

पाँचथर, २० असोज । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो। फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ। उनी थलीबहादुर नेम्बाङका छोरा हुन्। मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन्। फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पनि पहिरोमा परी घाइते भएका छन्।…

Read More