झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा २–२, बेलबारी, बुढीगंगा र केराबारीमा १–१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जु र बराहक्षेत्रमा १–१, झापाको दमक र मेचीनगरमा २–२, कनकाई, भद्रपुर,…

Read More

छठ पर्वका पूर्व सन्ध्या मा पहिलो दिन बुधबार साँझ विरिङ नदीमा श्रद्धालुहरु अस्ताउँदो सूर्यको उपसना गर्दै भक्तजनहरु । तस्वीरहरु : नवेश गुरुङ/ झापा अनलाइन

Read More

सन्तोष शर्माभद्रपुर, २४ कात्तिक । राष्ट्रिय जनगणना २०७८ का लागि झापामा भोलिदेखि (बिहीबार) गणक र सुपरीवेक्षण परिचालन हुने भएका छन् । कात्तिक २५ देखि मंसीर ९ गतेसम्म हुने जनगणनाका लागि एक हजार ४५२ जना गणक र सुपरिवेक्षण परिचालन हुने भएका हुन् । जनगणनाका लागि झापामा बिरीङ नदी पश्चिम दमक र बिरीङ नदी पूर्व भद्रपुरमा गरी दुई वटा कार्यालय स्थापना गरिएको छ । जनगणना कार्यालय भद्रपुरका प्रमुख चुणामणि लुइँटेलले दमक कार्यालय अन्तरगत ११४ सुपरीवेक्षक र ५०५ गणक गरी ६१९ जना परिचालन हुने जानकारी दिनुभयो । त्यस्तै, भद्रपुर कार्यालय अन्तरगत १५१ सुपरीवेक्षक र ६८२ जना गणक परिचालन हुने उहाँले बताउनुभयो । अक्सर…

Read More

मोरङ, २४ कात्तिक । मोरङ रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । आज दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटुकुमार साह र १८ बर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा बिटु कुमार साह फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो…

Read More

मोरङ, २४ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारे धिमाल टोल स्थितबाट एक जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सबिन लिम्बु रहेका छन् । हिजो बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ४३० मिलीग्राम र नगद रु ५० हजार ४ सय सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २४ कात्तिक । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदारको संख्या बढाउन सकारात्मक रहेको दक्षिण कोरियाले जनाएको छ। परराष्ट्र मन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित नेपाल—दक्षिण कोरिया संयुक्त परामर्श संयन्त्रको पाँचौ बैठकमा नेपाली पक्षले ईपीएसअन्तर्गत नेपाली कामदारको संख्या बढाउन आग्रह गरेको थियो। बैठकमा ईपीएस सम्बन्धी सम्झौतापत्र सक्दो चाँडो नवीकरण गर्ने सहमति पनि भएको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताए। ‘नेपाली कामदारको कोटा बढाउन दक्षिण कोरियालाई आग्रह गरेका छौँ, यसमा उनीहरु सकारात्मक छन्,’ थापाले भने। ईपीएस परीक्षा पास गरिसकेका नेपालीको कोरिया प्रवेशको व्यवस्था चाँडै मिलाउन समेत कोरियालाई आग्रह गरिएको उनले बताए। ईपीएस अन्र्तगत वार्षिक हजारौं नेपाली कामदार…

Read More

हल्दिबारी, २४ कात्तिक । नेपाल गौं–संरक्षण समिति झापाद्वारा निर्मित नेपालको राष्ट्रिय जनावर गाईको शालिक अनावरण गरिएको छ । हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुडीमा निर्माण गरिएको गाईको शालिक अनावरण गरिएको हो । जगत् गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजले शालिकको अनावरण गरेका हुन् । नेपालको गौरब नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्यले गाईको शालिक निर्माण गरिएको नेपाल गौ–संरक्षण समिति झापाका अध्यक्ष दुर्गाप्रसाद पाठकले बताए । उनले संस्थाको उद्धेश्य अनुसार गौ–संरक्षण गर्न प्रचारप्रसार तथा चेतना फैलाउनका लागि खुत्रुके बचतबाट अभियान थालेको बताए । उनका अनुसार गाउँपालिका, समितिका सदस्य तथा स्थानीय दाताहरुबाट संकलित ११ लाख ४६ हजार ८…

Read More

भद्रपुर, २४ कात्तिक । जबरजस्ती करणीका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–५ का ४२ वर्षीय कुमार माझी भन्ने लालबहादुर माझी रहेका छन् । उनलाई झापा जिल्ला अदालतले २०७२ जेठ २७ गते जबरजस्ती करणी उद्योग मुद्दामा ४ वर्ष कैदको सजाय सुनाएको थियो ।सजाय ठहरिएर हालसम्म फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मङ्गलवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत उपस्थित गराएको थियो । उनलाई कैद भुक्तानको लागि कारागार चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

झापा, २४ कात्तिक । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन। अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०, घिरौंला ९०,काँक्रो एक…

Read More

झापा, २४ कात्तिक । ग​र्मी ​ मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका बिरामी देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अन्य जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाका अनुसार गत साउनयता काठमाडौँमा ३२ जना डेङ्गुका बिरामी देखिएका छन् । म्याग्दीमा २७, कैलालीमा २२, सङ्खुवासभामा ४९ जना डेङ्गुका बिरामी देखिएका छन् । महाशाखाको तथ्याङ्कअनुसार गत साउनदेखि २९० जनामा डेङ्गु पुष्टि भएको छ । वरिष्ठ सरुवा…

Read More