झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ कात्तिक । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै शुक्रबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

Read More

भद्रपुर, २४ कात्तिक । झापामा छठ पर्वको रौनक छाएको छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । झापाको मेची, बिरीङ, निन्दा, कमल, मावा, रतुवा लगायतका नदी तथा तलाउ शिङ्गारिएका छन् । यसअघि बर्तालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । बर्तालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य…

Read More

झापा, २३ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २–२, उर्लाबारी, कटहरी र ग्रामथानमा १–१, झापाको मेचीनगरमा ५, दमकमा ४, विर्तामोडमा ३, हल्दिबारी र भद्रपुरमा २–२, अर्जुनधारामा १, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहवीमा २ र रामधुनीमा १, इलामको चुलाचुली…

Read More

झापा, २३ कात्तिक । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले यही कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका अध्यक्ष तथा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय गरेको छ । वर्षा र त्यसपछिको डुबान, कटान तथा पहिरोबाट भएको क्षतिका विषयमा समग्र समीक्षा गर्दै पाँचथरको मिक्लाजुङ जोड्ने सडक सञ्चालन गर्न समन्वय गर्ने निर्णय भएको छ । सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकाले सङ्घीय भौतिक पूर्वाधार मन्त्रालय…

Read More

ताप्लेजुङ, २३ कात्तिक । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको ठूलो कुरा हो ।”…

Read More

मोरङ, २३ कात्तिक । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । चौकीदार गुरूङ समूहको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति भएको बताइएको छ । गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप…

Read More

भद्रपुर, २३ कात्तिक । नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रको झापा जिल्ला शाखाले २२ औं साधारणसभाको उद्घाटन सत्र सम्पन्न गरेको छ । शाखाको भद्रपुर, झापा चोकस्थित अपांगता नागरिक ग्राम परिसरमा यही कार्तिक २२ गते वार्षिक सभा भएको हो । संघका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो सभामा सचिव बालध्वज कार्कीले आ.व. २०७७–’७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा गत वर्षबाट १ नं प्रदेशस्तरीय अपांगता नागरिक ग्रामको सञ्चालन शुरु गरिएको, सोही अवधिमा उपचारात्मक सेवा, पुनस्र्थापना कार्य, अपांगता सम्बन्धी नीतिको कार्यान्वयनका लागि स्थानीय तहहरू र प्रदेश सरकारसम्म समन्वय, ४ वटा ह्वील चियर, २ वटा वाकर र २ जोर बैसाखीको व्यवस्था…

Read More

झापा, २३ कात्तिक । छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई…

Read More

झापा, २३ कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ । मन्त्री श्रेष्ठले भने, “म सङ्घीयतासँगै कर्मचारीमैत्री भएकाले मेरो कार्यकालमा कर्मचारीमैत्री नीति बनाउने पहल गरिरहन्छु ।” सङ्घ, प्रदेश र स्थानीय…

Read More

झापा, २३ कात्तिक । देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’दयगतमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा। रमेशकुमार आचार्यले जानकारी दिए । उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । डा. आचार्यले पुनः संक्रमण…

Read More