झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ कात्तिक । आजदेखि छठ पर्व सुरु भएको छ । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना…

Read More

झापा, २१ कात्तिक । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। आइतबार बिहान पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानको मौसम सफा रहेको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। दिउँसो गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशमा राति पनि हिउँ पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। काठमाडौं उपत्यकासहित देशभर दिनहुँ चिसो बढ्दै गएको छ। उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान १०…

Read More

हेटौंडा, २१ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएको प्रहरीले जनाएको छ। हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर शनिबार राति ११ बजे देउसी खेलिरहेकाहरूलाई ठक्कर दिँदा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए। घाइते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी…

Read More

संखुवासभा, २१ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नाम पहिचानका आधारमा राखिने बताएका छन्। संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेश १ को नामकरण पहिचानका आधारमा गरिने बताएका हुन्। प्रदेश १ को नाम पहिचान, बहुपहिचानका आधारमा सहमतिमा छलफलबाट टुङ्गो लगाउने उनले बताए। प्रदेशको नाम कोशी, किराँत वा सगरमाथासँग जोडेर राखिने उनले बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल थाल्ने मुख्यमन्त्री राईले बताए। प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरेर टुङ्गो लगाउने उनको भनाइ छ।प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

Read More

फूल भन्ने बित्तिकै बासना र सुन्दरताको संगम भन्ने बुझिन्छ । हाम्रो आसपास समेत कैयन् खालका फूलका विरुवा हुन्छन् जुन सुन्दर हुन्छन् । फूल हेरेपछि आँखालाई अलग्गै खालको शीतलता प्राप्त हुन्छ र थकान पनि भाग्दछ । वास्तवमा फूल केवल मानिसलाई मनपर्ने मात्र होइन अन्य जीवलाई पनि निकै लाभदायी हुन्छ । मौरी, पुतली, भमरा लगायतका किराहरुको लागि त फूल खानाको मूख्य श्रोत नै हो । त्यसैले ढकमक्क फूलेको फूलमा मौरी, पुतली तथा भमराहरु झुम्मिएको देखिन्छ । तर संसारमा एउटा यस्तो फूल छ जसमा कहिल्यै पनि भमरा लगायतका यी किराहरु बस्दैनन् । कहिल्यै पनि भमरा नबस्ने फूल चम्पा हो । यो फूलबाट विशेष…

Read More

झापा, २१ कात्तिक । तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसी(भैलोको सम्झना सबैलाई हुन्छ । तर यसपालि चाडलाई उल्लास थप्ने देउसी–भैलो दुर्लभजस्तै भएको छ । कोरोना महामारीका कारण पहाड र तराई–मधेस सबैतिर देउसी र भैलो खेल्न आउने टोली त्यति देखएनन् । पौराणिक कथा अनुसार बलिराजाले घरघर पुगेर देउसी–भैलो खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन शुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैलमे खेल्न र गोवर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ । संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दशैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन नहुने साहित्य…

Read More

हास्य कलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । जीतु आफैले शो बन्द गर्न लागेका हुन् । एउटै फर्म्याटमा लामो समयदेखि कार्यक्रम चल्दै आएकोले दर्शकलाई मोनोटोनस हुन सक्ने देखेर बन्द गर्न लागेको जीतु नेपालले बताए । प्रत्येक सोमबार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको शोमा करिश्मा मानन्धर, राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहदै आएको छ । ‘मुन्द्रेको कमेडी क्लब’का संचालक तथा निर्माता जीतु नेपाल नै रहेका छन् ।

Read More

झापा, १६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेह्रथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । झापाको अर्जुनधारा, विर्तामोड र दमकमा ६–६, बुद्धशान्ति, कनकाई, गौरीगञ्ज र भद्रपुरमा २–२, मेचीनगर, हल्दिबारी र बाहृदशीमा १–१, मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ६, केराबारीमा २, कटहरी, ग्रामथान र सुनबर्षीमा १–१, सुनसरीको इटहरीमा १३, धरानमा ६,…

Read More

झापा, १६ कात्तिक । स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.ले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगीताका विजेताले उपाधिसंगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी विजेतालाई काठमाडौंका विभिन्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको…

Read More

झापा, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले सबै जिल्लामा सात सदस्यीय समितिमा गठन गरेको छ । ती समितिमा अध्यक्षको नेतृत्वमा दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिवको व्यवस्था गरिएको छ । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ । पार्टीले गत असोजमा २४ बुँदे तत्कालीन कार्ययोजना पारित गरी देशभरका पार्टी कमिटी तथा सङ्गठनलाई अन्तरपार्टी निर्देशन दिएको छ ।…

Read More