
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ११ कात्तिक । झापाको भद्रपुर–गलगलिया सीमा नाका करिब २० महिनापछि आजदेखि सहज भएको छ । कोरोना भाइरसको महामारीले लामो समयदेखि बन्द राखिएको भद्रपुर–गलगलिया सीमा नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरेको थियो । तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमा नाका बन्द राखेका थिए । भारतीय एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाका सहज गरेको हो । भारतीय एसएसबीले डबल खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ ।
मोरङ, ११ कात्तिक । मोरङ बिराटनगर मनपा १४ जतुवा चोक स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेममा मोरङ पथरी नगरपालिका ९ का १९ बर्षीय आशिष महतो रहेका छन् । हिजो दिउसो साढे २ बजे CRV पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, ११ कात्तिक । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ । ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले प्रतिकिलो ९५ रुपैयाँका दरले ३ किलो चिनी किनिन् । उनकै घरनजिकै रहेकी प्रेमकला महर्जनले घर छेवैको पसलमा प्रतिकिलो १ सय रुपैयाँ किलोका दरले ५ किलो चिनी किनेको…
झापा, ११ कात्तिक । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल दर घटाएको हो । नेपाल विद्युत् प्राधिकरणले गत भदौ १५ गते नयाँ विद्युत् महसुल दरको मस्यौदा पेश गरेको थियो । आयोगले सरोकारवालाहरूको राय सुझावसहित सार्वजनिक सुनुवाइ नै गरेर प्रस्तावित महसुल दरलाई गत सोमवार अन्तिम रूप दिएको हो । नयाँ विद्युत् महसुल दर भने बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ, जुन मङ्सिर १ गतेबाट लागू हुने आयोगको भनाइ छ । आयोगले ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न…
झापा, ११ कात्तिक । डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गर्ने काम अघि बढाएको हो। मट्टीतेल ट्यांकलाई डिजेलमा कन्भर्जिङ गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल आयल निगम प्रदेश १ का प्रादेशिक प्रमुख अशोक शाहले बताए। ‘मट्टीतेलको खपत घटेपछि दुईवटा ट्यांक प्रयोगविहीन थिए,’ शाहले भने, ‘तिनै ट्यांकलाई डिजेलमा परिणत गरेका छौं।’ कात्तिकको तेस्रो सातासम्म कन्भर्जिङ गर्ने काम सम्पन्न हुने प्रमुख शाहले बताए। डिजेलको पर्याप्त भण्डारण नहुँदा इन्डियन आयल…
झापा, ११ कात्तिक । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लाई प्राथमिकतामा राखे । सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ‘दमक भ्यू टावर’ निर्माण सुरु ग¥यो । सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरका अनुसार २०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार २०७८ पुस २७ मा उक्त टावर निर्माणको समयावधि सकिँदै छ । २०७८ कात्तिक पहिलो सातासम्म ४७ प्रतिशत काम मात्र सम्पन्न भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए । १ सय मिटर अग्लो र…
काठमाडौँ, ११ कात्तिक । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने…
ताप्लेजुङ, १० कात्तिक । ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका थिए । तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार…
मोरङ, १० कात्तिक । कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो । “व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरेका छौँ”, डङ्गोलले भन्नुभयो । संस्थाले समाजमा कुष्ठरोगीप्रतिको विभेद अन्त्यका लागि जनचेतना जगाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सामाग्री वितरण गर्नेलगायत काम…
मोरङ, १० कात्तिक । मोरङ रतुवामाई नगरपालिका–३ छालगाछी स्थितबाट प्रहरीले ९४ तोला चाँदिसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् । हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।