झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हरेक दिन ब्रम्हाण्डका नयाँ–नयाँ रहस्यहरुको उद्घाटित भैरहेका छन् । तर आजभन्दा सयौं वर्षअघि यस्तो सम्भव थिएन । त्यस समय खगोल वैज्ञानिकहरु तथा खगोल बुझ्ने मानिसहरु त थिए तर प्रविधिको विकास आजको जस्तो थिएन । तथापि उनीहरुले सीमित स्रोत साधनबाटै खगोल विज्ञानलाई बुझ्ने बुझाउने काम गर्दथे । त्यस समयमा धातुका पत्रहरुमा नक्सा बनाएर ग्रह तथा ताराहरुको स्थितिको अध्ययन गरिन्थ्यो । त्यस्तै मध्येको एक बहुमूल्य नक्सा ब्रिटिस संग्राहलयमा प्रदर्शनका लागि राखिँदैछ । विश्वकै सबैभन्दा पुरानो नक्षत्रहरुको यो नक्सा आम मानिसहरुलाई देखाउनका लागि प्रदर्शनमा राखिने भएको छ । यो धातुको नक्साको नाम नेब्रा स्काइ डिस्क हो जुन झण्डै तीन हजार ६०० वर्ष पुरानो…

Read More

झापा, १० कात्तिक । पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ ।

Read More

भद्रपुर, १० कात्तिक । पहिलो चरणको जनगणनाको तथ्याङ्कअनुसार १५ स्थानीय तह रहेको जिल्लामा दुई लाख ४७ हजार २३६ घर परिवार रहेका छन् । जिल्ला जनगणना कार्यालय झापाले १५० जना सुपरिवेक्षक परिचालन गरी सो तथ्याङ्क सङ्कलन गरेको हो । गत भदौ ३० गतेदेखि असोज १९ गतेसम्म पहिलो चरणमा जिल्लाका १३१ वडाबाट कार्यालयले सुपरिवेक्षक परिचालन गरी घर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपन्छीसम्बन्धी विवरण, बैंकिङ पहुँचको विवरण सङ्कलन गरेको कार्यालयका प्रमुख चूडामणि लुइँटेलले बताए ।उनले सुपरिवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्ने कार्य शहर बजारमा भन्दा ग्रामीण क्षेत्रमा सहज भएको बताए । प्रायः शहरबजार क्षेत्रका बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, दमकमा तथ्याङ्क सङ्कलनमा समस्या भएको हो ।…

Read More

झापा, १० कात्तिक । सर्वोच्च अदालतमा मंगलबारका लागि तोकिएका इजलास बस्न नसक्दा सेवाग्राही अलमलमा परे। विभिन्न इजलासमा परेका मुद्दाका पक्ष–विपक्षहरू पुग्दा के भइरहेको छ भन्ने मेसै पाएनन्। मंगलबारका लागि मुद्दाको पेसी तोकिएकाले बराह नगरपालिका सुनसरीबाट आएका माया भुजेललगायत चारजना दिनभर सर्वोच्चमै अल्मलिए। ६७ वर्षीया भुजेल ‘आगो लगाई ज्यान मार्ने उद्योग’ मुद्दामा पेसीको खबर पुगेपछि सोमबार बेलुकी काठमाडौं आएकी थिइन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दा परेको थियो। ‘पाँच नम्बर इजलासमा मुद्दा परेको थियो। हामी इजलासमा गयौं। बेन्च बस्नेरनबस्ने जानकारी गराएनन्। अल्मलाएर राखे’, अदालत परिसरमा रहेकी भुजेलले भनिन्। डाइबिटिजकी बिरामी भुजेलले औषधिको पोको देखाउँदै भनिन्, ‘न्यायाधीशले बन्द गरेको…

Read More

झापा, १० कात्तिक । सरकारले कोभिड प्रभावित विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले तयार गरेको कार्यविधिलाई हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । चालू आर्थिक वर्ष २०७८–७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो । यसका लागि कार्यविधि बनाएर अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्मा पेश गरेका थिए । गरीब घरपरिवार कस्तालाई भन्ने, त्यसको यकिन तथ्यांकबारे कार्यविधिले स्पष्ट पार्न नसक्दा मन्त्रिपरिषद्ले त्यससम्बन्धी कार्यविधिलाई स्वीकृत दिन आनाकानी गरिरहेको थियो । अहिले परिमार्जनसहित कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।…

Read More

झापा, १० कात्तिक । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिए । उनका अनुसार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भएपछि तयारीको काम भइरहेको छ । नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १२ हजार प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा तीन हजार र…

Read More

झापा, १० कात्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्। महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’ न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती…

Read More

झापा, १० कात्तिक । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर, त्यस विपरीत व्यापारी(व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था गरेको उपभोक्ताको मौलिक हकका लागि सरकारको कुनै पनि गम्भीरता देखाएको पाइँदैन । दसैं, तिहार र छठजस्ता चाडपर्वमा बजारमा खाद्य वस्तुलगायतका सामानको खरिदबिक्री र खपत अन्य समयको तुलनामा धेरै हुने गर्छ । यसकै मौका छोपेर व्यापारी तथा व्यवसायीले उपभोक्तालाई ठगी गर्ने गरेका छन् ।…

Read More

झापा, ९ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा ८, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ४–४, भद्रपुर, बाहृदशी र गौरादहमा ३–३, शिवसताक्षी, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २५, उर्लाबारीमा २, बुढीगंगा, रंगेली, रतुवामाई र कटहरीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २ र…

Read More

खोटाङ, ९ कात्तिक । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट तास, नगद सहित ५ जना जुवाडे पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाऊपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाऊपालिका २ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोम बहादुर मगर रहेका छन् । आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु।…

Read More