झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, ९ कात्तिक । इलाम देउमाई नगरपालिका–५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, ८ कात्तिक । झापामा आज ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै बिर्तामोडमा १३ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार जिल्लाको दमकमा १०, भद्रपुरमा ७, कनकाईमा ६, कमल गाउँपालिकामा ५, शिवसताक्षी र अर्जुनधारामा २–२, मेचीनगर, बाहृदशी, कचनकवल, गौरादह, हल्दिबारी, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ जना रहेका छन् । त्यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना संक्रमण भएको छ । ९६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ र १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, झापामा ५२, सुनसरीमा…

Read More

पाँचथर, ८ कात्तिक । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सो दुर्घटनाबाट…

Read More

उदयपुर, ८ कात्तिक । उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगल स्थितबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अवस्थामा फेला परेको थियो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

Read More

लजालु स्वभावका साउथ अभिनेता प्रभासको जीवनशैली शानदार छ । ४२ वर्षीय प्रभासले दक्षिणी भारतीय फिल्म क्षेत्रलाई अगाडि बढाउन गरेको योगदान सह्रानिय छ । उनले ५ वर्ष लगाएर खेलेको फिल्म ‘बाहुबली’ ले प्रभासलाई मात्रै होइन दक्षिणी भारतीय फिल्मलाई पनि निकै अगाडि ल्यायो । यो फिल्मपछि प्रभासको कुल सम्पत्ति पनि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक रिपोर्टका अनुसार बाहुबलीका लागि प्रभासले २५ करोड (भारतीय रुपिँया) लिएका थिए । दक्षिणी भारतका दर्शकले उनलाई ‘डार्लिङ’ भनेर बोलाउने गर्छन् । किनकी उनले २०१० मा रोमान्टिक कमेडी फिल्म ‘डार्लिङ’ मा काम गरेका थिए । उनले सन् २०१२ मा ‘रेबेल’ मा काम गरे । त्यसपछि उनी…

Read More

इटहरी, ८ कात्तिक । इटहरी उपमहानगरपालिका वडा नम्वर १४ का वडाअध्यक्ष रमेश चौधरीले पचास लाख भन्दा वढिको साढे २१ धुर जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गर्नुभएको छ । स्वर्गीय पिता उमालाल चौधरीको स्मृति र आमा चेपरी देवी थरुनीको नाममा वडाध्यक्ष चौधरीले सो जग्गा प्रदान गर्नुभएको हो । सोही जग्गामा उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडाकार्यालय भवन शिलान्यास गर्नुभएको छ । १ करोड २२ लाख,५२ हजार २सय ३१ रुपियाँको लागन अनुमान रहेको वडाकार्यालय भवन निर्माण कम्पनीले ७८ लाख ८३ हजार २सय २३ रुपियाँमा सकार गरेर निर्माण सुरु गरिएको उपमहानगरपालिकाका इन्जिनियर अरुण राजलवजले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख…

Read More

चोरहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अभियोगमा उत्तर प्रदेशको फिरोजाबादमा चार प्रहरी पक्राउ परेका छन् । फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता गलत हर्कतले समाजमा निकै गलत सन्देश जाने बताए । ‘यस्ता प्रहरीलाई कडा कारबाहीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी माफियासँग घुस लिएको आरोपमा चारजना पुलिसकर्मीलाई निलम्बित गरेका थियौं र उनीहरुविरुद्ध मुद्दा पनि चलाएका थियौं ।’ १५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोबाट १० हजार रुपैयाँ चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए । पीडित गौरव जब घर पुगे, तब उनले आफ्नो पैसा चोरी भएको पत्तो पाए ।…

Read More

झापा, ८ कात्तिक । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत आइतबार बजारमा प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत सोमबार तोलामा ३०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

झापा, ८ कात्तिक । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । ​फ्लोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली फूल​को मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो । केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक…

Read More

झापा, ८ कात्तिक । धान भित्र्याउने बेलाको वर्षा र बाढीपहिरोले मुलुकभर धानबालीमा सवा आठ अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। गत साताको वर्षाले काटेर सुकाएको धान डुबेर नष्ट हुनुका साथै काट्न तयारी अवस्थामा रहेको धानमा समेत क्षति पुगेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ। लुम्बिनी एक्लैमा ४ अर्ब ५१ करोड बराबरको धान नष्ट भएको छ। यो कुल क्षतिको आधाभन्दा धेरै हो। लुम्बिनीपछि सबैभन्दा बढी क्षति सुदूरपश्चिम क्षेत्रमा एक अर्ब ९१…

Read More