
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ कात्तिक । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली ९ईपीएस०अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग ९एचआरडी०सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए । अबको परीक्षा कम्प्युटर प्रणालीबाट हुने र यसका लागि ईपीएस कार्यालयमा पर्याप्त कम्प्युटर नभएकाले यस पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा…
सुनसरी, २२ कात्तिक । सुनसरीको कोशी गाउँपालिका–२ लौकहीमा मोटरसाइकलले ठक्कर दिंदा २ वर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेको समयमा लौकही भित्री सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ आउदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जादै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको थियो । अनियन्त्रित भएको मोटरसाइकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका–७ की १६ वर्षीया बर्षा साह र उनीसँगै रहेकी २ वर्षीया बालिका दिक्षा साहलाई ठक्कर दिंदा दुबै जना घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको…
मोरङ, २२ कात्तिक । मोरङको विराटनगर महानगरपालिका–१६ बाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ३ बजेको समयमा भारतिय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका मादी गाउँपालिका(९ संखुवासभाका ३९ बर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा निजको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रकाश सिलवालकाठमाडौँ, २२ कात्तिक (रासस) । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडा स्तरसम्मका समन्वय संरचना तयार गरिएको छ । यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समावेश गरिएको छ । विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ…
ब्राजिलकी एक महिलाले आफ्ना श्रीमानलाई कुकुरलाई झैं सडकमा घुमाइरहेको देखिइन् । यस्तो गरिरहेको तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरु चकित परे । महिलाले आफ्ना श्रीमानको घाँटीमा एउटा चेन लगाएकी थिइन् । यस्तो गर्नुको पछाडि उनले जे कारण दिइन् त्यो निकै रोचक छ । ‘डेली स्टार’ को रिपोर्ट अनुसार महिलाको नाम लुआना कजाकी र उनका श्रीमानको नाम आर्थर ओउर्सो हो । यी दुईलाई ब्राजिलको एक भीडभाडयुक्त रेलवे स्टेशन र सडकमा फोटो खिचाइरहेको देखिए । फोटोमा देखिए अनुसार लुआनाले आफ्ना श्रीमान् आर्थरलाई कुकुरलाई झैं व्यवहार गरिरहेकी छिन् । आर्थरको घाँटीमा एउटा चेन थियो जसलाई लुआनाले समातिरहेकी थिइन् । उनले आफ्ना श्रीमानलाई चेनको…
झापा, २२ कात्तिक । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन् । व्रतालुहरु आज नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरु छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउनमा व्यस्त छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नरिवललगायतका फलफुल पर्छ । फलफूल मण्डीमा केरालगायका सामग्री किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसाद रहेको केरा किन्नेहरुको जनकपुरधामका मुख्य बजारहरुमा केही दिनदेखि निकै भीड लागेको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि केराको विक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको छ । अन्य वर्ष हरुभन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा…
डा सन्तोष शर्मा भुषाल मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसममा देखिने रोगहरु र जाडो मौसममा देखिने रोग केही फरक हुने गर्दछ। गर्मी मौसममा बिशेषत ज्वरो (भाइरल ज्वरो, टाइफाइड, डेंगु आदि ), छालाको रोगहरु, आँखाका संक्रमण, मौसमी फ्लूका बिरामी बढी मात्रामा देखिने गर्दथ्यो। तर अब चिसो मौसम बढ्दै जाँदा चिसो मौसममा देखिने र पहिले भएका दीर्घकालिन बिरामीमा संक्रमणको जोखिम बढ्दै जाने…
सुनसरी, २२ कात्तिक । सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने बलिन्द्र अधिकारीको ४ वर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ । हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाइते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
सुनसरी, २२ कात्तिक । सुनसरी कोशी गाउँपालिका–८ भण्टाबारी चोकस्थित पुर्व–पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० बर्षीय अल्ताप मिया र पछाडी सवार ३० बर्षीय गियासुदिन मिया रहेका छन् । उनिहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३५३० नम्बरको बसले विपरीत दिशा तर्फबाट आउँदै गरेको प्र२–०१–००१प ०७६३ मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको थियो । बस र बस चालक झापा कनकाई नगरपालिका–३ सुरुङ्गाका ५५ बर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको…
झापा, २२ कात्तिक । दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर) मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् । कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्ड स्टोरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए । “किसानले बीउका लागि भनेर राखेको आलु नै कुहिएपछि उनीहरुमा चिन्ता थपिनु स्वाभाविक हो”, उनले भने, “ठूलो मारमा किसान पर्नुभयो । सरोकारवाला निकाय र बीमा कम्पनीसँग समन्वय गरेर तत्काल राहत दिलाउन पहल गरिरहेका छौँ ।” उनका अनुसार चिस्यान…