
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
‘नेपालीजनको… बोल’को नरेन्द्र दंगालको देउसी गीत सार्वजनिक गरिएको छ । तिहारको पूर्वसन्ध्यमा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले तयार गरिएको गायक, रचनाकार तथा संगीतकार दंगालले बताए । पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय रहेको छ भने हाँस्य अभिनयमार्फत बालकुमार थेवेले गीतमा सुन्दरमा थपेका छन् । आदर्श बाल क्लव सुन्दरहरैंचा मोरङका कलाकारहरुको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै, संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायाँकन पारस चौधरीले गरेका छन् । हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट…
झापा, १६ कात्तिक । झापाको कनकाई नगरपालिका–१ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए । माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
झापा, १६ कात्तिक । एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको समर्थनसहित आफ्नो दावी पेश गरेका थिए । उक्त समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगतै प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी…
झापा, १६ कात्तिक । गृह मन्त्रालयले केही महिनादेखि लगातार गर्दै आइरहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा अन्य कर्मचारीको सरुवामा चरम बेथिति देखिएको छ । गृहले यसअघि सीडीओ तथा मातहतका कर्मचारी सरुवामा बनाएका वैज्ञानिक नियम, मापदण्ड र विधिहरू यसपटक एकैपटक मिचिएको गृहकै अधिकारीको भनाइ छ । गृह मन्त्रालयले विगत साढे तीन महिनाको अवधिमा सय बढी कर्मचारीको सरुवा गरिसकेको छ । यस अवधिमा अधिकांश जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० फेरिएका छन् । गृहमा लामो समय बसेर अनुभव हासिल गरेका काविल सीडीओहरूलाई हटाएर गृहको अनुभव नै नभएकालाई महत्वपूर्ण जिल्लामा पठाइएको पाइएको छ । गृहस्रोतका अनुसार झन्डै एक दर्जन जिल्लामा सहसचिव दरबन्दी हुने स्थानमा…
झापा, १६ कात्तिक । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो । तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू। १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब…
झापा, १६ कात्तिक । कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो। जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङंक देखाएको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ। अमेरिकामा कारोना भाइरसका कारण ७ लाख ४५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। विश्व स्वस्थ्य संगठनका अनुशार कारोनाबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको वास्तविक तथ्याङ्भन्दा दोब्बर वा तेब्बर हुन सक्ने छ।आजको…
झापा, १६ कात्तिक । एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ । ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त रु जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ । यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् । सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ । यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात…
झापा, १६ कात्तिक । पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो । एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ । तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा…
झापा, १६ कात्तिक । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ । कांग्रेसले २०७४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए । ‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरूसमेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो ।…
झापा, १५ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । झापाको अर्जुनधारामा ९, विर्तामोडमा ७, कनकाईमा ६, दमकमा ४, बुद्धशान्तिमा ३, मेचीनगर, भद्रपुर, शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २३, उर्लाबारीमा ४, सुन्दरहरैचा र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २, बराहक्षेत्र र इनरुवामा १–१, इलामको…