
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ कात्तिक । झापाको गौरादहमा तीव्र गतिका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मे९प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीको भनाइ छ । सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका…
झापा, १२ कात्तिक । झापा गाउँपालिका वडा १ र २ का बासिन्दाहरू राहत नपाएको भन्दै आन्दोलित भएका छन् । बाढीपीडित जसले पाउनु पर्ने राहत उसले पाएन, नपाउनु पर्ने घरपरिवारका सबैले पाए भनेर उनीहरू आन्दोलित भएका हुन् । सयौँको सङ्ख्यामा बिहीबार बिहानदेखि आएका मानिसहरू दिनभरि भोक भोकै बसेर वडा अध्यक्षसामु गुनासो पोखिरहेका थिए । ‘हामीहरूलाई पनि राहत उपलब्ध गराइदिनु पर्यो’ भन्दै वडा नं १ र २ का मानिसहरू वडा अध्यक्षको कार्यकक्षमै हुलका हुल प्रवेश गरेका थिए । कति मानिसहरूले भन्दै थिए– सबै राहत काँग्रेसको मान्छे मात्र पाए । फेरि कसैले भन्दै थिए –सबै राहत एमालेका मान्छेले मात्रै पाए । वास्तविकता खास…
बिर्तामोड, १२ कात्तिक । बिर्तामोडको शनिश्चरे रोड देखि बुधबारे हटिया जाने सडकमा गरिएको रिपेयरिङ्ग कालोपत्रे मापदण्ड अनुसार नभएको भन्दै बिर्तामोड नगरपालिकाले भत्काएको छ । नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसहितको टोलीले ग्रेडर लगाएर भत्काएको हो । उपभोक्ता समिति मार्फत निर्माण गरिएको करीब ५० मिटर सडकमा गुणस्तरीय काम नभएपछि भत्काइएको छ । गत असोज २३ गते कालोपत्रे गरिएको यो सडक गुणस्तरीय नभएपछि जोत्न बाध्य भएको नगरप्रमुख शिवाकोटीले बताए । उनले यस नगरपालिका भित्र सडक, पुल, ढल, भवन आदि निर्माणको काम गुणस्तरहिन भेटिएमा यही प्रकारको कार्वाही गर्ने चेतावनी समेत दिए । नगरप्रमुख शिवाकोटले विकास निर्माणका काम गर्दा स्तरीय गर्न सम्बन्धित…
बिर्तामोड, १२ कात्तिक । विद्यार्थीमाथि यौन शोषण गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनिले एक शिक्षकलाई पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधवार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । बिर्तामोडस्थित एक विद्यालयमा अध्ययनरत छात्रालाई बस्नेतले केही समयदेखि फकाइफुलाई यौन शोषण गरेको आरोप लागेको छ । परीक्षामा सहयोग गर्ने भन्दै तत्कालीन शिक्षक बस्नेतले बिर्तामोडका विभिन्न होटेलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको छ । १५ वर्षीया बालिकालाई फेसबुकमा समेत म्यासेज गर्दै बोलेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो ।
झापा, १२ कात्तिक । सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो । त्यसको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनले भने – ‘हालैको बेमौसमी…
काठमाडौँ, १२ कात्तिक । माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमबार ठूलो खाल्डो प(यो । अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सो सडकमा एउटा पूरा लेन नै ढाक्ने गरी पाँच मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करिब पाँच फिट गहिरो खाल्डो परेको देखियो । त्यसैगरी एक वर्षअघि २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडककै बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो प(यो । राजधानीमा सडक भासिने यो दुईवटा घटना उदाहरण मात्र हुन् । राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ । आखिर किन भासिन्छन् राजधानीका सडकहरू…
झापा, १२ कात्तिक । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्ने, अरू न्यायाधीश इजलासमा नबस्ने क्रम चलिरहेको छ। यो सिलसिला चलेको चार दिन भयो। इजलास बहिष्कारको ‘नजिर’ भने आफू न्यायाधीश हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै बसालेका थिए। विगतमा आफूलाई साथ दिएका सहकर्मीसम्मले अहिले प्रधानन्यायाधीश जबराको आदेशको अवज्ञा गरिरहेका छन्। जबराले त्यस बेला अनपाएको उपाय यस बेला अर्को संस्करण बनेर आफूविरुद्ध नै प्रयोग भइरहेको छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके। पराजुलीसँग असन्तुष्ट रहेका तत्कालीन न्यायाधीश जबरा समयमै सर्वोच्च पुगे। तर, इजलासमा बसेनन्। उनीसहित न्यायाधीशले मध्याह्न १२ बजेसम्म मुद्दाको सुनुवाइ गरेनन्। पराजुलीले तत्कालीन न्यायाधीश तेजबहादुर केसीसँगको पूर्ण इजलासमा बसेर…
झापा, १२ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा एमाले १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली नै देखिएका छन् । ओलीकै लागि प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गरिसकिएको छ । नवौं महाधिवेशनबाट पारित विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने थियो । एमालेको महाधिवेशन १० देखि १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ । तर, प्रथम विधान महाधिवेशनबाट विधान संशोधन गर्दै आगामी फागुनमा ७० वर्ष पुग्न लागेका ओलीका लागि सहज बनाइएको छ । ७० वर्ष नपुग्दै कुनै नेता कुनै पनि पदमा निर्वाचित भएपछि बीचमै सक्रिय राजनीतिबाट बिदा नभई पूरा कार्यकाल जिम्मेवारी वहन गर्न पाउनेगरी…
झापा, १२ कात्तिक । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् । दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ। सहमहामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जानसक्ने नेताहरूलाई रोक्न सकिने दुवै नेताहरूको बुझाइ छ। यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणासहित तयारीमा…
बिर्तामोड, ११ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित बुधबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बुद्धशान्ति–३, बुधबारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित पाँचथर फिदिम नगरपालिका–२ का २३ वर्षीय युरास ईवा लिम्बू, पाँचथर याङ्वरक गाउँपालिका–२ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–११ का २५ वर्षीय उमेश बिक र इलाम कोल्बुङ–२ कुटीडाँडाका २३ वर्षीय सुलभ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १० ग्राम २० मिलिग्राम ब्राउनसुगर र ११ ग्राम ५० मिलिग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको…