
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् । सोमबार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।…
विराटनगर, १५ कात्तिक । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेको छ । विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो । नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका…
बिर्तामोड, १५ कात्तिक । झापाको बिर्तामोडमा आज यामाहाको नयाँ बाइक सार्वजनिक गरिएको छ । यामाहाको ‘एफजेड भी थ्री एक्स कनेटक्ट’ बाइक सार्वजनिक गरिएको हो । बिर्तामोडको भद्रपुरमा रहेको सयपत्री टे«ड लिंक (यामाहा शोरुम)मा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । डिजिटलाइज र गतिशील पुस्तालाई लक्षित गरी उत्पादन गरिएको एफ जेड भी थ्री रातो, नीलो र हरियोको मूल्य ३ लाख ७९ हजार ९०० र कालोको ३ लाख ८४ हजार ९०० रुपैयाँ पर्ने ट्रेड लिंकका सञ्चालक विनोद बस्नेतले बताउनुभयो । ब्लुतुथ सुविधा रहेको बाइक १३५ केजीको हालसम्मकै हल्का वजन…
झापा, १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। उनले आज बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका हुन्। आज दिउँसो बसेको प्रदेशसभामा बैठकमा सम्बोधनपछि मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखकहाँ राजीनामा पत्र बुझाउनेछन् । प्रदेश १ मा अब गठबन्धनबाट भोजपुरबाट निर्वाचित एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्दैछन्। आचार्य अगाडि पनि भोजपुरकै शेरधन राई मुख्यमन्त्री थिए।
बिर्तामोड, १५ कात्तिक । झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसले अतिविपन्न परिवारका छोराछोरीलाई डाक्टर पढाउने भएको छ । २५औं साधारणसभाको पूर्वसन्ध्यामा आज वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले अतिविपन्न (सन्थाल, मुसहर, लेप्चा, किसान) सदस्यका छोराछोरीलाई डाक्टर अध्ययनका लागि सहयोग गरिने बताउनुभयो । “क्षमता भएका आर्थिक तर अभावले डाक्टर पढ्नबाट बञ्चित भएका अतिविपन्न परिवारका सदस्यलाई डाक्टर पढाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यस वर्षदेखि दुई जनाबाट शुरुवात गर्दैछौँ ।” स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संस्थाले त्यस्ता परिवारका १० छोराछोरीलाई डाक्टर अध्ययन गराउने लक्ष्य लिएको छ । त्यस्तै, संस्थाले यस वर्ष दुई सय अतिविपन्न परिवारलाई राशन कार्ड…
झापा, १५ कात्तिक । प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डा लगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय…
झापा, १५ कात्तिक । करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्। वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ। गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्याउँदै आएका छन्। ओलीले…
झापा, १५ कात्तिक । पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको दारी ग्याङ झापाको अध्यक्षमा बुद्धशान्तिका गोकुल पौडेल चयन भएका छन् । ग्याङको विशेष साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा उनलाई चयन गरेको हो । त्यस्तै, संस्थाको उपाध्यक्षमा मनिष दाहाल र चिरञ्जिवी कोइराला, सचिवमा विवेक सुन्दास, सहसचिवमा रोमन चापागाई र विवेक नेपाल र कोषाध्यक्षमा दिनेश खतिवडा चयन भएको बताइएको छ । झापामा यस अघि दारी ग्याङले विभिन्न व्यस्त सडकहरुमा जेब्रा क्रसिङको निमार्ण, शारीरिक अशक्तहरुलाई सहयोग, विद्यालहरुमा शौक्षिक सामग्री वितरण, मठमन्दिरहरुमा डस्बीन सहयोग, महिला हिंशा विरुद्धका कार्यक्रमहरुको आयोजना लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको निवर्तमान अध्यक्ष नुतन ढकालले जानकारी दिएका छन्…
झापा, १५ कात्तिक । संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन नै नगरी अधिवेशन अन्त्य हुनुले नेपालका दसौँ लाख घरपरिवारले एमसीसीबाट पाउने सुविधामा थप ढिलाइ हुन पुग्ने बताएको छ । एमसीसीले सम्झौता अगाडि बढाउने–नबढाउने निर्णय नेपालमै निर्भर रहेको उल्लेख गरेको छ । गत सेप्टेम्बर महिनामा सम्झौता अगाडि बढाउन एमसीसीका उच्च पदस्थ पदाधिकारी नेपाल भ्रमण गरेका थिए । उक्त भ्रमणलाई स्मरण गर्दै एमसीसीले सहयोगबारे थप प्रस्ट्याएको उल्लेख गरेको छ । विज्ञप्तिमा गठबन्धनका नेताहरूले अनुमोदनका…
झापा, १५ कात्तिक । प्रधानन्यायाधीश र अन्य न्यायाधीशबीच दूरी बढ्दा न्यायपालिकाभित्रको समस्या पेचिलो बन्दै गएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगातार इजलास तोकिरहेका छन्। तर न्यायाधीशहरू उनको राजीनामा माग्दै सोमबारदेखि इजलासमा गएका छैनन्। निकासका लागि दुवै तर्फबाट पहल नहुँदा मुद्दा प्रभावित बन्दै गएका छन्। आइतबारका लागि प्रधानन्यायाधीश जबराले संयुक्त र एकल गरी १२ वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशले आफ्नो एकल इजलासमा दुईवटा मुद्दा तोकेका थिए। तिनै मुद्दामा मात्रै सुनुवाइ भयो। न्यायाधीशहरूले दुवै पक्षबीच सोमबार छलफल गर्ने बताएका छन्। प्रधानन्यायाधीश जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव ल्याएको र छलफल गर्न तीनजना न्यायाधीशलाई जिम्मेवारी दिने निर्णय आइतबार भएको बताइएको छ। आइतबार बसेको न्यायाधीश बैठकले प्रधानन्यायाधीश…