झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ वैशाख । प्रदेश १ मा शनिबार ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा…

Read More

ओखलढुंगा, २६ बैशाख । मादक पदार्थ सेवन गरी झैझगाडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका–१ आरुबोटका ६० वर्षीय महेसकुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्का बीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, २५ बैशाख । सुरूवाती कोठा नेपालको सहजिकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा रगत दान अभियान सुरू गरिएको छ । कोरोनाबाट गम्भीर अवस्थाका बिरामीको उपचारमा कोरोना भाइरसबाट प्रभावित भइ निको भएका व्यक्तिको प्लाज्मा रगत बिशेष हुने भएकोले यो अभियान सुरू गरिएको साथै विभिन्न प्रकारका बिरामीका लागि रगत खोजि,औषधि उद्घार कार्य लगायतका क्षेत्रमा सहजिकरण गरिने संस्थाका संयोजक दिपक दासले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसबाट प्रभावित बिरामीका लागि प्लाज्मा रगत रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने हुनाले प्रदेश १ का बढी प्रभावित जिल्लालाई लक्षित गरि अभियान सुरू गरिएको बताउनुभयो । संस्थाले रगत तथा प्लाज्मा दान गर्नुहुने दाताहरुका लागि स्वास्थ सुरक्षाको मापदण्ड…

Read More

विराटनगर, २५ बैशाख । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन । कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को१झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको मेयर पराजुलले बताएका छन । शुक्रबार विज्ञप्ति प्रकासित गरी मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको जनाएका छन । “तोकिएका सवारी साधन प्रयोग गर्न महानगर कार्यालय अथवा…

Read More

बुधबारे, २१ बैशाख । बुधबारे जेसीजले सोमबारदेखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आमसर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो । दोस्रो लहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अवस्था असामान्य बन्दै गएको सन्दर्भमा सचेतना र जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । ‘भौतिक रुपमा उपस्थिति जनाएर सचेतना फैलाउने अवस्था छैन, अधिकांश मानिसले सामाजिक सञ्जालको प्रयोग गर्छन्, त्यहि सामाजिक सञ्जालको प्रयोग गरेर हामीले १५ दिने अभियान सञ्चालन गरेका हौं।’– बुधबारे जेसीजका अध्यक्ष वाग्लेले भने ‘कोरोना भाइरसको संक्रमणबाट बच्न, बचाउन, संक्रमण हुननदिन केकस्ता…

Read More

फिदिम, २१ बैशाख । मालपोत कार्यालय– पाँचथरले हालै जिल्लाकादुर्गम भेगमा पुगेर सञ्चालन गरेको जग्गा प्रशासनसम्बन्धी घुम्ती सेवाबाट त्यहाँका नागरिक लाभान्वित भएका छन् । सो पहाडी जिल्लामा त्यस्तो सेवा एउटा नौलो प्रयोग रहेको हाम्रा सहयोगीले जनाएका छन् । कार्यालयले गतचैत २४ गतेदेखि एक सातासम्म तुम्बेवा गाउँपालिकामाघुम्ती सेवा प्रदान गरेको हो । घुम्ती सेवाको शुरुवात नै तुम्बेवा गाउँपालिकाबाट गरिएको थियो । तुम्बेवा गाउँपालिकाबाट १ वर्षमा१०–१२ जना सेवाग्राही बाहेक मालपोत कार्यालय पुग्ने गरेका थिएनन् । तर, यसपटक उक्त गाउँपालिकामामालपोतको टोलीले प्रत्यक्ष रूपमा १ सयभन्दा बढी नागरिकलाई जग्गा सम्बन्धी सेवा प्रदान गरेको जनाइएको छ । सदरमुकाम टाढा भएकाले पनि जग्गाको लिखत कारोबार कम भएको…

Read More

झापा, २१ बैशाख । झापामा आज १६६ जनामा कोरोना संक्रमित थपिएका छन् । झापाको भद्रपुरमा ३६, बिर्तामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश १ मा आज ६११ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९० महिला र…

Read More

झापा, १३ बैशाख । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन् । खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरुबाट अरुलाई सार्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा श्यामराज उप्रेतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले…

Read More

झापा, १३ बैशाख । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए । ‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले…

Read More

झापा, १३ बैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ । एमाले स्रोतका अनुसार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको छ । यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरूलाई स्पष्टीकरण सोधिएको थियो । ती सांसदले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको खण्डमा फ्लोर क्रस गर्ने भन्ने अनुमानसहित केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गर्दै कारबाहीको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो । कारबाही गरिने सांसदको नाम र सूची…

Read More