झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३० जेठ । झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरे पनि केही खुकुलो बनाएको हो । बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउने निर्णय गरेको छ । ती पसलहरूले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ । त्यस्तै मल खाद, बिउँ विजन, कुखुराका चल्ला, दाना, पशुपक्षी आहार सम्बन्धी पसल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने, मोटर वर्कसप बिहान ११…

Read More

गायक दिनेश ढुङ्गाना र गायिका रमा निरौँलाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी हाँसे’ बोलको गीत लिरिकल भर्सनमा गायक ढुङ्गानाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । रोमान्टिक गीतमा जीवनसाथीबिचको प्रेमको चर्चा गरिएको छ । राधिका देवी ढुङ्गानाको प्रस्तुति रहेको गीतमा दिनेशकै शब्द तथा संगीत रहेको छ । सञ्जीव बराईलीको संगीत संयोजनमा तयार भएको गीतलाई कृष्णकुमार महर्जनले रेकर्डिङ, मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतमा गोपाल घतानीको बाँसुरी सुन्न सकिन्छ । गीतको लिरिकल भिडियो समिर र मनिशले तयार पारेका हुन् । दिनेश गायन रियालिटी शो ‘नेपाल स्टार’ बाट चर्चामा आएका हुन् । https://www.youtube.com/watch?v=B4bLk1f15z0

Read More

बिर्तामोड, ३० जेठ । झापामा आज ९५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको बिर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, मेचीनगर र बा¥हदशीमा ३–३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १–१ कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा…

Read More

सन्तोष न्यौपानेबिर्तामोड, ३० जेठ । समाजमा विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमण र त्रास कायमै छ । यस्तो बेलामा गाउँ–शहर, छरछिमेकमा पनि मानिसको आउजाउ निकै पातलो देखिन्छ । यसबाट कोभिड–१९ का कारण होस् वा अन्य कारणले होस् — समस्यामा परेका घर–परिवार र मानिसले सहयोग पाउन सकिइरहेका छैनन् । तर, झापा कन्काई निवासी ५७ वर्षीय निर्माण व्यवसायी शेरबहादुर थापा यतिखेर आफूलाई सुरक्षित राख्दै कोभिड–१९ का कारण समस्यामा परेका मानिसको घरदैलोमा पोषिलो खानेकुरा, फलफूल र औषधि लिएर पुगिरहेका छन् । जारी निषेधाज्ञाका कारण धेरै निर्माण व्यवसायीहरु घरमै बसिरहेको बेला थापा भने विहानै उठेर कोभिड–१९ का कारण परिवारका सदस्यले ज्यान गुमाएपछि पीडामा रहेका परिवारसँग…

Read More

झापा, ३० जेठ । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको…

Read More

झापा, २७ जेठ । कोरोना महामारीले पारेको असरलाई मध्यनजर राख्दै स्वास्थ्य क्षेत्र प्राथमिकतामा राख्दै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटेको नीति तथा कार्यक्रम विहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले प्रदेशसभामा पेश गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९)को असर सबैभन्दा बढी स्वास्थ्य, कृषि र रोजगारामा परेकोले ती क्षेत्र महत्वका साथ समेटिने उनले उल्लेख गरे । कृषकलाई दिईने विशेष राहत र त्यसपछि कृषि पेशामा लगानी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोना भाइरस नियन्त्रण र आगामी समय देखिने महामारीसँग जुध्न…

Read More

राकेश कर्णविराटनगर, २७ जेठ । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेशसभा बजेट अधिवेशनको आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । उहाँले आगामी वार्षिक निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता प्रदान गरिएको बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८र०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोेजना तयार पारिएको जानकारी दिनुभयो । गुरुयोजना अनुसार आगामी आर्थिक बर्षमा अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निमार्ण, बिशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा…

Read More

झापा, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफैसँग राखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका छन् । यसैगरी खगराज अधिकारी गृह मन्त्री बनेका छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा…

Read More

झापा, २७ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिएको छ ।

Read More

पोखरा, २७ जेठ । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो । रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए । बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेमोरियलमा​ उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो । कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा…

Read More