झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १३ पुस । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शाखा प्रमुखहरुसँगको तीन दिने समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ । संस्थाको कारोबारलाई थप ब्यवस्थित बनाउँदै अत्याधुनिक प्रविधि अवलम्बन गर्न तथा सञ्चालक समितिले बनाएको वार्षिक कार्ययोजनालाई सफल बनाउन शाखा प्रमुखहरुसँग छलफल गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताएका छन् । समीक्षा गोष्ठीको तेस्रो दिन संस्थाका कार्यकारी प्रमुख बस्नेतले सिम्रिक साकोसको रणनीतिक योजनामाथि बिस्तृतमा छलफल गरेका थिए । संस्थाले निर्धारण गरेको वित्तीय लक्ष्य पछ्याउन हरेक कर्मचारीको उत्तिकै योगदान हुनुपर्ने औंल्याउँदै कार्यकारी प्रमुख बस्नेतले यसको नेतृत्व शाखा प्रमुखहरुले लिनु पर्ने निर्देशन गरे । समीक्षा गोष्ठीको दोस्रो दिन हिजो सेवाकेन्द्र स्तरीय कारोबारमाथि विश्लेषण गरिएको…

Read More

हल्दिबारी, १३ पुस । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा सिम्रिक साकोस परिवारले काजकिरिया खर्च एवम् मृत्यु राहतसहित समवेदना अर्पण गरेको हो । सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की एवम् विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख र कर्मचारीहरुले सोमबार बिहान घिमिरे निवासमा गएर कर्मचारी एवम् शेयर सदस्यको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । संस्थाले घिमिरेको मृत्युमा ६० हजार रुपैयाँ मृत्यु राहतसहित समवेदना…

Read More

झापा, १३ पुस । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन संवन्धि निर्णयमा हस्ताक्षर गर्नुभएको छ । मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको हिजै मन्त्रालयले विदाई गरेको थियो ।

Read More

झापा, १३ मंसिर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि उहाँले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गर्नुभएको हो । मन्त्रालयमा पदभार ग्रहणगर्दा १० बर्षभित्रमा झोला र किताव विस्थापित गरि डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पुरा गर्ने क्रममा १ हजार ३१६ बटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरि सूचना प्रविधिको पहुँच पु¥याएको उहाँले बताउनुभयो । ई–एजुकेशन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा…

Read More

झापा, १३ पुस । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ । प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा १७, सुनसरीमा ११, संखुवासभामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २०, बेलबारी र सुन्दरहरैचामा २–२, कानेपोखरी, रंगेली, धनपालथान र ग्रामथानमा १–१, झापाको अर्जुनधारामा ४, दमक, विर्तामोड र कनकाईमा ३–३, भद्रपुरमा…

Read More

विर्तामोड, १३ पुस । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुई जना समाजसेवी तथा व्यवसायी व्यक्तित्वहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् । महेन्दरत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षक निरा प्रधानको ७६ औं जन्मोसत्वको अवसरमा सोमबार भूतपूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा पब्लिक क्याम्पस अनारमनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी राजकुमार पोखरेलले नगद २५ हजार र पत्रकार तथा गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर युवा व्यक्तित्व विरु दर्नालले पाँच हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ प्रदान गरेका हुन् । उनीहरु दुवैले आफूलाई शिक्षाको ज्योति प्रदान गरेर समाजमा स्थापित गराउन सफल गुरुआमाको जन्मोत्सव…

Read More

झापा, १३ पुस । चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ । सर्वोच्च अदालतले कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश गरेको छ, पूर्ण फैसला आएको छैन । यो अवस्थामा नयाँ पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको हो । यो अन्योलको अवस्थामा विद्यालयले आफूखुसी नयाँ वा पुरानो पाठ्यक्रम पढाउने गरेको पाइएको छ । यस पटकदेखि कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा…

Read More

इलाम, १३ पुस । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ । खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । “हामी रेडपाण्डालाई प्रभावित पार्ने…

Read More

झापा, १३ पुस । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आज एकसाथ प्रदर्शन गर्न लागेको हो । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा हुने कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको मध्यपुर थिमीमा आयोजना हुने सभालाई सम्बोधन गर्नुहुनेछ । यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा. शशांक कोइरालाले नवलपुरमा सम्बोधन गर्नुहुनेछ भने पूर्व महामन्त्री प्रकाशमान सिंहले बानेश्वर, प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वर, केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशीले बसन्तपुर र गगन थापाले नेपालगन्जमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ । पार्टी…

Read More

बिर्तामोड, १३ पुस । नागरिकता सम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनीहरुले साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४–०६–७७–००५९१ नम्बरको नागरिकता, दिपिका राईलाई ०४–०६–७७–००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४–०६–७७–००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको प्रवक्ता थापाले बताउनुभयो । “वितरण गरिएको नागरिकताको नागरिकता सम्बन्धी कुनै पनि अभिलेख…

Read More