
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १८ जेठ । चीनले ताक्लाकोटमा काम गर्न गएका दुई हजार नेपाली नागरिकलाई फिर्ता पठाउने भएको छ । हुम्ला सर्केगार्ड गाउँपालिका–२ का तेजबहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । पुराङ काउन्टीमा भएको सो घटनापछि त्यहाँ रहेका नेपाली नागरिक निगरानीमा रहेका थिए । यसैलाई आधार बनाएर चिनियाँ प्रहरीले ताक्लाकोटमा काम गर्न गएका नेपाली कामदारको पास खोेसेको छ । सीमा पास खोसिएकामध्ये शुक्रबार १५० जना नेपाल फिर्ता भएका छन् । बाँकी एक–दुई दिनमै आउने भएका छन् । कामकै सिलसिलामा हुम्लाका सातवटै गाउँपालिकाबाट दुई हजारभन्दा बढी नेपाली नागरिक चीनको ताक्लाकोट पुगेका छन् ।
काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी आज स्वदेश फिर्ता हुनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उहाँ भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, सांसद, सुरक्षा निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भारत सरकारले शपथ ग्रहण…
काठमाडौँ, १७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ । एकडारा गाउँपालिका–४, महोत्तरीका निर्वाचित वडा सदस्य रामचन्द्र रायले गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिन भनी सेवाग्राहीसँग रु ३६ हजार घुस माग्दै गरेको अवस्थामा आयोगले आज पक्राउ गरेको दाबी गरेको छ । आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले रायलाई जलेश्वर नगरपालिका–१ शैलेशचोकबाट पक्राउ गरेको हो । आरोपी रायको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले चौफा सब–डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम (पश्चिम) मा…
इलाम, १७ जेठ । इलाम नगरपालिका–१ शाखेजुङमा चिया प्रशोधन उद्योग सञ्चालनमा आएको छ । सो उद्योग निर्माण शुरु भएको तीन महीनामा सञ्चालनमा आएको हो । करीब रु पाँच करोडको लागतमा सञ्चालनमा आएको ‘ग्रीनभ्याली टी प्रालि’ले दैनिक सात क्विन्टलसम्म हरियो चियाको पात प्रशोधन गर्न सकिने अध्यक्ष विपीन बस्नेतले जानकारी दिनुभयो । सो उद्योगका लागि इलाम नगरपालिका–१ र देउमाई नगरपालिकाका विभिन्न क्षेत्रबाट चियाको पात सङ्कलन गरिँदै आएको छ । “हाल शुरुको चरण भएकाले एक प्रकारको मात्र चिया प्रशोधन गरिरहेका छौँ”, सञ्चालक गौरव तिम्सिनाले भन्नुभयो, “आगामी दिनमा अन्य प्रकारका चिया उत्पादन गछौँ ।” इलाममा साना ठूला गरी एक सय भन्दा बढी चिया उद्योग…
बिर्तामोड, १७ जेठ । सहारा नेपालको आयोजनामा बिर्तामोड ७ मा शुक्रबार बृहत पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरलाई बिर्तामोड नगरपालिकाले व्यवस्थापन गरेको हो । सहाराका पशु चिकित्सक डा. कमलेश्वर भाटका अनुसार शिविरमा तीन सय घरधुरीका छ हजार पशुपंक्षी लाभान्वित भएका छन् । अधिकांश स्थानीयले शिविरमै आफ्ना घरपालुवा जनावर लिएर आएका थिए । तीनजना पशु चिकित्सकसहित आधा दर्जन पशु प्राविधिकले पशु तथा पंक्षीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा गाई, भैँसी, सँुगुर, बाख्रा, कुकुर, कुखुराको स्वास्थ्य उपचार गरिएको डा. भाटले जानकारी दिए । प्रयोगशाला सेवासहितको शिविरमा पशुको बन्ध्याकरण, गर्भ परीक्षण, बाँझोपन निवारण, परजीवी नियन्त्रण, पिडिपी जाँच, गोबर परीक्षण, साल…
भद्रपुर, १७ जेठ । विकासमा कमिशनको खेल तथा राजनीतिक पहुँचको बल रहँदा गुणस्तरहीन कामले प्रोत्साहन पाइरहेको हडिया पुल काण्डले पुष्टि गरेको छ । झापाको मेचीनगर नगरपालिका १२ स्थित हडियाँ खोलामा ९ वर्ष अघिबाट निर्मण सुरु भएको पुल निर्माणकै चरणमा भत्किएपछि पहुँचवाला ठेकेदार कम्पनीको कर्तुत बाहिर आउन थालेको हो । ५ करोड ८७ लाख ५३ हजारको लागतमा मैनाचुली र लामा निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरिरहेको सो पुल ९ वर्ष बितिसक्दा निर्माण सम्पन्न हुनुको साटो निर्माणाधीन अवस्थामा नै भत्किएको छ । वि.सं २०६७ सालमा २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएपनि ४ पटकको म्याद थप हुँदा समेत निर्माण…
भद्रपुर, १७ जेठ । नेपाली कांग्रेस भद्रपुर ८ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट सन्तुलित कार्य नभएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । वडामा रकम कम पठाइदा सयौ योजना अलपत्र परेको भन्दै निरन्तर काम अगाडि बढाउन दबाव दिने उद्देश्यले वडा कार्यालय मार्फत नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो । वडाध्यक्ष गौरव सुब्बा मनोज मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई वडाको विकासमा विभेद नगर्न अनुरोध गर्दै ज्ञापन पत्र पठाइएको छ । ८ नम्बर वडा समन्वय समितिका संयोजक रत्नप्रसाद खतिवडाको नेतृत्वमा गएको टोलीले वडाध्यक्ष मार्फत ज्ञापन पत्र नगर कार्यपालिकामा पठाएको हो । ज्ञापनपत्रमा स्थानीय नागरिकका समस्यामा नगर नेतृत्व लिने जनप्रतिनिधिले बेवास्ता गरेकोले सडक,…
झापा, १७ जेठ । आफ्नै भान्जी बलात्कार गरेको अभियोगमा झापाको शिवसताक्षी—११ स्थित दुधेबाट एक व्यक्ति पक्राउ परेका छन् । तर यसरी आफ्नै सहोदर मामाले जबरजस्तीकरणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ । दुधेका ४१ वर्षिय एक अधवैशें मामाले आफ्नै घरमा बस्ने १६ वर्षिय बालिका भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको हो । गत बिहीबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको बालिकाले बताईन् । ‘घरमा कोही पनि हुनुहुन्थ्यो, माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’ ती बालिकाले भनिन् । स्थानीय एक विद्यालयमा अध्ययनरत…
भद्रपुर, १७ जेठ । झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो । केही दिनयता बाहुनडाँगीको बस्ती नजिकैको चिया बगान र अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित किसानका उखुबारीमा बच्चासहित आधा दर्जन हात्ती दिउँसै पसेर गाउँलेलाई आतङ्कित पारेपछि वन कार्यालयले जङ्गली हात्तीको आक्रमणबाट जोगिन आवश्यक पर्ने कुराहरु लेखेर पोस्टर टाँस्न थालेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । पोस्टरमा सानो बच्चासहित…
काठमाडौं, १७ जेठ । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुन भएकाले लगातार झरी नहुने र तुलनात्मक पूर्व र मध्य क्षेत्रका पहाडी भूभागमा बढी वर्षा हुने देखिएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए । पश्चिम क्षेत्रमध्ये पोखरामा मौसम बदली हुनेछ । पश्चिमी वायुको प्रभावसँगै केही पूर्वी वायुको पनि मिश्रण रहेकाले बुधबारदेखि मुलुकका विभिन्न स्थानमा बढी वर्षा भएको जानकारी दिँदै उनले पश्चिम तराईमा झण्डै…