झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ९ वैशाख । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० प्रतिशत देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो । ‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको हो,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने, ‘यो व्यवस्था पहिले भत्ता खाने सबै निकायका लागि लागू हनेछ ।’ कर्मचारीले भत्ता पाउन कार्यालय समयभन्दा अघि वा पछि, शनिबार अतिरिक्त काम गरी ८०…

Read More

काठमाडौंं, ८ वैशाख । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौं संस्करणको उपाधि रेश्मा प्रसाईले जितेकी छन्। काठमाडौ कीर्तिपुर निवासी २२ वर्षिया प्रसाइ ओम हेल्थ कलेज चाबहिलकी बिएससी नसिङको पास आउट विद्यार्थी हुन्। शीर्ष सहित ब्युटी विथ ब्रेनको उपाधि समेत हात पारेकी प्रसाईले २५ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। उनले नगद रु ५० हजार सहित बिभिन्न उपहार समेत प्राप्त गरेकी छन्। शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेनमा सजाइएको भव्य स्टेज सेटअपमा सम्पन्न प्रतियोगितामा ट्यालेन्ट उपाधि सहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधि सहित आकृति मानन्धर सेकेन्ड रनर अप घोषित भए। दुबैले क्रमश…

Read More

काठमाडौँ, ८ वैशाख । सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षाभत्तामा अनियमितता रहेको पाइएको छ । स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो । महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा लगतमा नाम नभएको, मूल लगतमा सङ्ख्या नमिलेको तथा, मृत्यु भइसकेका र बसाइँसराइ भइसकेकालाई समेत साामाजिक सुरक्षाभत्ता प्रदान गरेको पाइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले समेत सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही गरेको र सम्बन्धित व्यक्ति नजाँदा पनि रकम सेवाग्राहीको खातामा जम्मा नगर्ने गरेको पाइएको छ…

Read More

भद्रपुर, ८ वैशाख । झापामै पहिलो पटक भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। नयाँ वर्ष २०७६ सालको अवसरमा एलेभेन साइनिङ स्टार क्लव भद्रपुरले आयोजना गरेको शनिबार भएको पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टारलाई टाइ ब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै कनकाई फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछि टाइ ब्रेकरमा कनकाईले बाजी मारेको हो। टाइ ब्रेकरमा कनकाईका राहुल लिम्बु, सोनम रिजाल, लक्की मुखिया, रोहन कार्की र एलिन राईले जाली चुमाए। उता एलेभनेका निरज बस्नेत, राजकुमार र उमेश कार्कीले जाली चुमाएपनि विवेक पौडयालले प्रहार गरेको बल बाहिरियो। १८ वर्षमुनिको राष्ट्रिय टिमका ४…

Read More

कोलम्बो, ८ वैशाख । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर ९चर्च०मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ। त्यहाँको प्रहरी र अस्पताल स्रोतको अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १६० जना पुगेको र अरु सयौं व्यक्ति घाइते भएको एशिया टाइम्समा उल्लेख गरिएको छ। पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए। चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्। सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका…

Read More

मञ्जु गौतम काठमाडौं, ८ वैशाख । पोखरा विश्वविद्यालयमा लामो समयदेखि ‘डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा रहेको विवाद टुंगिको छ। पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त ४२ कलेजले कलेजको नियमविपरीत आफूखुसी विद्यार्थी भर्ना गरेको भन्दै लामो समयदेखि विवाद चलिरेहको थियो। विश्वविद्यालयले शनिबार राखेको प्राज्ञिक परिषद्को बैठकमा एक विज्ञप्तिसहित ुसी ग्रेडुभन्दा तल ल्याउने अर्थात् ‘डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको भर्ना रजिष्ट्रेशन नहुने प्रस्‍ट पारेको हो। योसँगै पोखरा विश्वविद्यालय अन्‍तर्गतका ४२ कलेजमा ुडि प्लसु ग्रेड आएका र अध्यनरत ३९१ विद्यार्थीको पनि रजिष्ट्रेशन नहुनेसमेत विश्वविद्यालयले जानकारी दिएको छ। विश्वविद्यालयले प्राज्ञिक परिषद्ले व्यवस्थापन संकायको स्नातक तहको भर्नाका लागि कक्षा ११्१२ मा न्यूनतम ‘सी ग्रेड’ ल्याउने विद्यार्थीलाई मात्र भर्ना…

Read More

काठमाण्डौ, ८ वैशाख । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दाबी गर्नु भएको छ । अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गर्नु भएको हो । पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोलि घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिनुभयो । अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भए…

Read More

यूएई, ८ वैशाख । रोजगारीको शिलशिलामा ७ महिना अघि मात्रै यूएई आएका एक नेपालीको ज्यान गएको छ। मकवानपुरको ईन्द्रसरोवर ४ का स्थायी वासिन्दा रामहरि रुम्बाको गत बुधबार सुतेकै अवस्थामा ज्यान गएको हो। मंगलबार दिउँसो कम्पनीको काम सकेर कोठामा फर्केर साँझ खाना खाई सुतेका रुम्बाको ओछ्यानमै मृत्यु भएको हो। बुधबार बिहान ड्यूटी जान नउठेपछि उठाउन खोज्दा ज्यान गैसकेको भेटेको एउटै कोठामा बस्दै आउनु भएका मृतकका काका समिप रुम्बाले बताएका छन्। अहिले मृतकको शव पोष्ट मार्टमका लागि खुरफकान अस्पतालमा राखिएको र शव नेपाल पठाउनेबारे कम्पनीसँग सँग समन्वय मृतकका काकाले बताएका छन्। ३० वर्षीय रुम्बाको परिवारमा श्रीमती ९ वर्षीय छोरा र ४ वर्षीया…

Read More

काठमाण्डौ, ८ वैशाख । काठमाण्डौ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाण्डौ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमिन मुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्तर्गत अहिले जमिनमुनिको काम भइरहेको छ । जमिनमुनिको ८० प्रतिशत काम सकिएपनि अन्य काम सुरु नै हुन नसकेको कामपा सार्वजनिक निजी साझोदारी एकाइ प्रमुख ध्रुव काफ्ले बताउनुहुन्छ । उहाँका अनुसार आवश्यकता अनुरुप एक वर्षको समय थप गरिएको हो । भूमिगत तलाको काम अन्तिम चरणमा पुगेको छ । प्राइभेट–पब्लिक पार्टनरसीप…

Read More

श्रीलंकामा चर्च र होटलमा आक्रमण भएको छ । ‘ईस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसी सिंहला सेवाका संवाददाता अज्जाम अमीनका अनुसार, यी धमाकामा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् भने २ सय बढी घाइते भएका छन् । घाइतेहरुलाई राजधानी कोलम्बोको विभिन्न अस्पाताल लगिएको छ । कोलम्बोको सेन्ट एन्टोनियो चर्चमा बम विस्फोट भएको हो । इस्टरको प्रार्थनाका लागि मानिसहरु एकत्रित भएको समयमा बम विस्फोट भएको हो । विस्फोटपछि शहरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थलमा राहत र उद्धारको कार्य जारी छ । अहिलेसम्म यो घटनाको कसैले पनि जिम्मा…

Read More