
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ३० चैत । गत १९ चैत मंगलबार राति चार मिनेट समय थप नदिँदा नेपाल वायुसेवा निगमको जहाज उड्न नपाएको घटनामा ६ जनालाई विभागीय कारबाही सिफारिस गरिएको छ । घटनाबारे छानबिन गर्न गठित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको चार सदस्यीय समितिले शुक्रबार प्रतिवेदन बुझाउँदै घटनामा दोषी देखिएकालाई कारबाही गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ । त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि…
भद्रपुर, २९ चैत । झापाको भद्रपुर नगरपालिका–८ मा १५ दिनअघि बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुले आज वैधानिक संरक्षक पाएको छ । यही चैत १३ गते राति सगरमाथा चोकस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले मेची अञ्चल अस्पताल भद्रपुरमा बुझाएका थिए । अस्पतालको संरक्षणमा रहेको शिशुलाई आज जिल्ला बालकल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मेचीनगर–७ सतिगठ्ठाका ४३ वर्षीय कमलप्रसाद खनाल र ४० वर्षीया हरिमाया दम्पतीलाई हस्तान्तरण गरेका हुन् । सो शिशु धर्मपुत्रका रुपमा पाऊँ भनी खनाल दम्पतीले चैत १४ गते नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराई अस्पतालमा शिशुको स्याहारसुसार…
घोराही, २९ चैत । दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा आज सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य जितेको छ । प्रतियोगिताको आज तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन । आज सम्पन्न खेलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको बर्चस्व रहेको छ । महिला समुहगत स्पर्धामा नेपाल प्रहरीले स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले रजत तथा नेपाली सेनाको त्रिभुवन…
काठमाडौँ, २९ चैत। सरकारले मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३४३ जनालाई मानपदवी प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार विभिन्न क्षेत्रबाट विभूषित हुन लागेका ५१७ मध्ये ३४३ जनालाई मानपदवी प्रदान गर्न लागिएको गृह मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ । विसं २०७६ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनिहरुलाई मानपदवी प्रदान गरिने मन्त्रालयले जनाएको छ । यस्तै विभिन्न मुलुकबाट १४४ राष्ट्रसेवक तथा नेपाली नागरिकलाई विभिन्न प्रकृतिका विभूषण ग्रहणका लागि स्वीकृति दिनसमेत विभूषण समितिले मन्त्रिपरिषद्मा सिफारिश गरेको जनाइएको छ । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकामध्ये एक जनालाई नेपाल रत्न, चार जनालाई महाउज्ज्वल राष्ट्रदीप, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, दुई जनालाई उज्ज्वल कीर्तिमय…
हेटौँडा, २९ चैत । नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटाँैडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो । ‘‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौंँ’’ उनले भने । यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
सुनसरी, २९ चैत्र। सुनसरीको रामधुनी नगरपालिका–३ जाल्पा पेट्रोल पम्प अगाडी आज हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ नम्बरको मोटरसाईकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । ठक्करवाट मोटरसाईकल चालक ईनरुवा नगरपालिका–६ मधेसा बस्ने ३५ वर्षका गजेन्द्र खवास चौधरी र मोटरसाईकलको पछाडी सवार ईटहरी उप–महानगरपालिका–१६ बस्ने ५५ वर्षका अशोक साह घाइते भएका थिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला…
काठमाडौँ, २९ चैत । दुई नेपाली फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ को शुत्रबार प्रदर्शनीसँगै यस वर्ष बिट मार्दै छन् । वर्षमा झन्डै एक सय नेपाली फिल्म प्रदर्शनीमा आए । नेपाली फिल्मका लागि खासै सुखद् हुन नसकेको यस वर्षलाई अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ र सलिनमान बानियाँ स्टारर ‘यात्रा’ ले राहत दिन सक्ने अनुमान गरिएको छ । झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोलको कोएक्टरको रूपमा सुहाना थापाले डेब्यु गरेकी छन् भने सम्राट शाक्यको डेब्यु निर्देशन रहेको ‘यात्रा’ मा पनि सलिनको जोडीका रूपमा मलिका महतले ब्रेक पाएकी छन् । दुवै फिल्ममा संगीतले महत्व पाएका छन् । म्युजिकल भ्लग भनिएको ‘यात्रा’…
पोखरा, २९ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षको शुभकामना व्यक्त गरे । उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिए । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मङ्गलमय होस् भनी कामना व्यक्त गरे । आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित…
काठमाडौं, २९ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले शुक्रबार निःशुल्क शिक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् । ८ बुँदे ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न माग गरेका छन् । निजी क्षेत्रमा चालु शैक्षिकसत्रमा मनोमानी रुपमा शैक्षिक शुल्क वृद्धि गरेको भन्दै सत्तारुढ विद्यार्थीले शिक्षाको निजीकरण र व्यापारीकरण रोक्नुपर्नेमा जोड दिएका छन् । ज्ञापनपत्रमा निजि शैक्षिक संस्थाले शुल्क बढाएर लिइएको भन्दै बढाइएको शुल्क फिर्ता गराउन समेत माग गरेका छन् ।
काठमाडौं, २९ चैत । नयाँ वर्ष २०७६ को अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत ग्राहकले एकदमै सस्तो दरमा भ्याइस, डाटा र एसएमएस प्याक लिन पाउने छन् । नयाँ वर्षको अफर अन्तर्गत ग्राहकले २ सय रुपैयाँको प्याक लिंदा ३ जीबी डाटा र २ सय मिनेट भ्वाइस प्याक पाउनेछन् । सोही प्याक अन्तर्गत २ सय वटा एसएमएस समेत पठाउन सकिने छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिनं) सम्म खरिद गर्न सकिने जनाइएको छ । ग्राहकले *1415#…