
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुशील दर्नाल काठमाण्डौ, २३ चैत । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन (पेसोल) अनिवार्य आवश्यक पर्ने–नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाएपश्चात मात्र सरकारीस्तरबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन सूचना विभागलाई निर्देशन दिएसँगै पक्ष र विपक्षमा बहस भइरहेको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले न्यूनतम पारिश्रमिकको प्रभावकारी कार्यान्वयन गराउन सरकारले दिने प्रेस पासका लागि पेसोल अनिवार्य गरिएको जानकारी दिनुभयो । ‘हामीले पत्रकारको न्यूनतम पारिश्रमिक सुनिश्चितताका लागि तलब बैंकमा पठाएको…
अर्जुनधारा, २३ चैत । अर्जुनधारा नगरपालिकाका र पूर्वाध कृषि सहकारी संस्था बीच ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रमको समूह, समितिमा उत्पादित दूध खरिद गर्ने कार्य गर्नेको लागि पूर्वाध कृषि सहकारी संस्था लि. बाट संचालित पूर्वाध डेरी उद्योगसँग शुक्रबार सम्झौता भएको हो । सम्झौतामा उल्लेख गरिए अनुसार अर्जुनधारा नगरपालिकाद्धारा संचालित पशु पकेट प्याकेज कार्यक्रम अन्तर्गत खुदुनाबारी कृषक समितिले उत्पादन गरेको दूध पूर्वाधार डेरी उद्योगले खरिद गर्ने त्यसको दूधको मुल्य नेपाल सरकारले तोकेको दूधको गुणस्तर अनुसार एस.एन.एफ र फयटको आधारमा मूल्य निर्धारण गरी दिइने छ । त्यस्तै, पूर्वाधार डेरी उद्योगले खुदुनाबारी कृषक समूहको कृषकहरुलाई शेयर प्रदान…
भद्रपुर, २३ चैत्र । झापा सदरमुकाम दक्षिणका अधिकाम्स नाका तस्करमैत्री बन्दै जाँदा भन्सार राजश्व संकलन कमजोर बन्दै गइरहेको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै मिलिभगतमा तस्करीको वातावरण बन्दा भद्रपुर भन्सारको राजश्व संकलन गिरावट हुँने क्रम बढ्दै गइरहेको छ । यस भन्सारबाट लत्ताकपडा, मेसिनरी पार्टपूर्जा, किटनासक औषधी लगायतका सामग्री आउने भए पनि प्रहरी प्रशासनले अन्यत्रै बाटो खुलाइदिँदा भन्सार महशुल बुझाएर सामान ल्याउने व्यापारी कम हुँदै गएका हुन् । पछिल्लो पटक कचनकवल नाकाबाट भारततिर गाईगोरुको तथा काठलतस्करी मौलाइरहेको रहस्य खुलेको छ । नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा गत हप्ता सात वटा गाईसहित एउटा पिकअप भ्यान प्रहरीले नियन्त्रणमा आएपछि यस्तो…
काठमाण्डौ, २३ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका नराम्रो कामको आलोचना गर्न लेखकलाई आग्रह गर्नुभएको छ । शुक्रबार प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको यहाँ उद्घाटन गर्दै उहाँले लेखकलाई सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न आग्रह गर्नुभयो । ुपार्टी र सरकारभित्रका कमजोर कुरालाई कलम तिखारेर लेख्नुहोस्ु, उहाँले भन्नुभयो, ुहामी लेखकले लेखेका कुरालाई आत्मसात् गर्दै भएका कमजोरी हटाउने छौँ ।ु दल नजिक हुनु वा नहुनु लेखकको कुनै सम्बन्ध नभएको स्पष्ट पार्दै उहाँले प्रगतिशील लेखकले सरकारलाई सही दृष्टिकोण दिने खालका लेख लेख्नुपर्ने बताउनुभयो । मन्त्री ज्ञवालीले देशमा राजनीतिक रुपान्तरण गर्न लेखकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अब सांस्कृतिक…
पर्सा, २३ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार चाँडै २० हजार कर्मचारी भर्नाका लागि लोकसेवा आयोग खुला गर्ने तयारीमा रहेको बताउनुभएको छ । उहाँले कर्मचारी समायोजन समाप्त भएपछि मुलुकमा कर्मचारीको ठूलो अभाव देखिएकाले पहिलो चरणमा लोक सेवामार्फत त्यो परिमाणमा कर्मचारी भर्ना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । नेपाल प्रजापति (कुम्भकार) सङ्घको शुक्रबार वीरगञ्जमा आयोजित सातौँ राष्ट्रिय महाधिवेशको उद्घाटन गर्दै मन्त्री पण्डितले सरकारले कर्मचारी भर्नाका लागि खुला गर्न लागेको लोक सेवा आयोग परीक्षाको तयारीमा जुट्न युवालाई आह्वान गर्नुभयो । उहाँले देशमा रहेको गरीबी, अशिक्षा र पछौटेपना अन्त्य गर्न सरकार प्रयासरत रहेको र यसका लागि विभिन्न योजना सञ्चालनमा…
अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सीका संसारभरी करोडौं प्रशंसक छन् । मेस्सीलाई उनीहरुले भगवानकै सम्मान दिन्छन् । तर उनलाई भगवान भनिएकोमा भ्याटिकन सिटीको क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसलाई चित्त बुझेको छैन । पोप फ्रान्सिसले मेस्सी एक शानदार खेलाडी हुन् तर उनलाई भगवान भन्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘यसो गर्नु भनेको भगवानको अपमान गर्नु हो । ’ मेस्सी १० नम्बरको जर्सी लगाउँछन् त्यसकारण प्रशंसकले उनलाई डायोस (स्प्यानिशमा भगवान) भनेर सम्बोधित गर्छन् । एक स्प्यानिश टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा फ्रान्सिसले भनेका छन्, ‘मेस्सी ग्राउन्डमा फुटबलका भगवान हुन्, यो भावनालाई प्रदर्शित गर्ने तरिका हुनसक्ला । यो ‘म तपाईंमाथि श्रद्धा राख्छु’ भन्ने एउटा…
झापा, २३ चैत । चट्याङ लागेर मेचीनगर नगरपालिका वडा नम्बर १५ का ४० वर्षीय प्रकाश राउतको ज्यान गएको छ । उहाँकी श्रीमती सुनिता राउत र मञ्जु राउत भने घाइते भएका प्रहरीले जनाएको छ । बिहान ८ बजेतिर खेतमा काम गरिरहेका बेला परेको चट्याङ लागेर रावतको ज्यान गएको हो । घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं, २३ चैत । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा शनिबार बिहानैदेखि हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबारदेखि नै वर्षा भइरहेको बताउँछन् । काठमाडौं उपत्यकामा शनिबार बिहान केहीबेर मेघ गर्जनसहित वर्षा भए पनि अहिले यहाँको आकाश बादलले धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको यो अवस्था दिउँसो केहीबेर सुध्रिएर घाम लाग्ने छ । तर, अन्य स्थानको मौसममा भने तत्काल सुधार आउने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी…
काठमाडौं, २३ चैत । भारतबाट आएर विराटनगरमा चोरी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारत अररीया घर भई चोरीकै लागि विराटनगरसम्म आउने गरेका मो. सैयादसहित पाँच जनालाई मोरङ प्रहरीले रोडशेष चोकबाट पक्रेको हो । प्रहरीले भारत अररिया जिल्ला जोकिमतियारी ग्राम–१३ बस्ने २५ वर्षीय मोहम्मद सैयुबलाई रत्नप्रसाद आचार्यको घरमा चोरी गरेको आरोपमा पक्राउ गरेको हो । सैयुबले सोमबार विराटनगर–४, राधाकृष्ण टोलस्थित आचार्यको घरको छतको सिढीमा रहेको ढोका फोडेर ल्यापटप, मोबाइल, क्यामेरा, पर्स, साइकललगायत चोरी गरेका थिए । उनी पहिलेदेखि नै चोरीका घटनामा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । भारतबाट नियमित विराटनगर आएर चोरी गरी पुनः भारतनै फर्कने गरेको…
महोत्तरी, २३ चैत । जिल्लाको जलेश्वरमा आज बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्दै आएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको हो । सो आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित रु ३० लाखको सरसामान जलेर नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६ः३० बजे नियन्त्रणमा लिइएको जिल्ला…