
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिराटनगर, २३ चैत्र । उदयपुर र मोरङका २ छुट्टाछुटै स्थानबाट लागुऔषधसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ । शुक्रवार राती ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–२ बाट २ वटा मोटरसाईकल सहित ४ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आऊँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा बेलवारी नगरपालिका–९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका–३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्लेको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको…
सुनसरी, २३ चैत्र । सुनसरीको रामधुनी नगरपालिका–६ बाट १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २३ चैत्र । झापाका २ छुट्टाछुट्टै स्थानबाट प्रहरीले शुक्रवार १ लाख ५४ हजार बराबरको अवैध समान बरामद गेको छ । शुक्रवार दिऊँसो ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१० बाट भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको ३२ हजार रुपयाँ बराबरको कपडा बरामद गरेको छ भने ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट १ लाख २२ हजार बराबरको अबैध लत्ता कपडा तथा खाद्यान्न बरामद गरेको हो । बरामद समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौं, २३ चैत । नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ । यससँगै शनिबार कार्यसम्पादन समिति गठनको सम्भावना बढेर गएको छ । कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । त्यसको अघिल्लो दिन शीर्ष नेताहरुको बैठकमा भागवण्डा मिलेको स्रोतको दाबी छ । एक नेताका अनुसार पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने भए । अब बाँकी २१ जनामा भागवण्डा भएको छ । पार्टी सभापति देउवाले ६०–४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८…
यूएई, २३ चैत । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जानकारी दिए । जोतीलालका अनुसार, उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए। अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन्…
काठमाडौं, २३ चैत । नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उनले बताए । ‘कैयन कूटनीतिक वार्ताभन्दा नेपाल भ्रमण वर्ष २०२० को लागि यो काइदा उपयोगी हुने मेरो विश्वास छ,’ उनले भने, ‘मलाई नेपाल मन पर्छ, त्यसैले म आइरहन्छु । मेरो परिवार पनि नेपालको कुरा सुन्दा उत्साहित हुन्छ ।’ आजको अन्नपूर्णमा खबर छ ।
काठमाडौं, २३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ । दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरिसकेका छन् भने केही निष्कृय छन् । महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच अन्तरविरोध बड्दो छ । विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि चार नेता प्रहरी हिरासतमा छन् । ६१ बाट ४१ केन्द्रीय समिति २०७३ फागुनमा रोल्पामा भएको आठौँ महाधिवेशनले पार्टीको नाम फेरेर नेकपा मात्रै राखेन, ६१ सदस्यीय केन्द्रीय समिति पनि बनायो । तर दुई वर्ष नबित्दै केन्द्रीय समितिमा ४१ जना मा आइपुगेको छ ।…
बैतडी, २३ चैत । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल भारत सुरक्ष बैठकले उक्त निर्णय गरेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाण्डौ, २२ चैत । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ भोलि शनिबार त्रिवि मैदान कीर्तिपुरमा हुने मातृभूमि कपको सम्पूर्ण तयारी सकिएको छ । मातृभूमि कपका लागि राष्ट्रिय कलाकारहरुको टिमसमेत फाइनल भएको फाउण्डेशनले जानकारी दिएको छ । मातृभूमि कपका लागि कलाकार समूहको तर्फबाट सम्पूर्ण कलाकारहरु खेल खेल्न पूर्ण तयारीका साथ बसिरहेका छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए । ‘खेलाडीहरुको खेलका लागि पूरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले भने ‘भोलिको प्रतियोगिता रोमाञ्चक मात्र नभइ एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज…
काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन्। उनले भने, ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ। यो अत्यन्तै गम्भिर र गलत कुरा हो। तत्काल खारेज गर्नुपर्छ ।’ संसदबाट विधेयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भिर…