झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १७ चैत । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक–फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक–फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पत्ति आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकार हुने बित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । आजको कारोबार दैनिकमा खबर छ…

Read More

काठमाडौं, १७ चैत । गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ । पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएर बनेको पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको थियो । राणा र लोहनीको निर्णयका आधारमा मात्र एकता भएको र पार्टी्भित्र प्रशस्त छलफल नभएको भन्दै त्यति बेला नै दुवै पार्टीमा असन्तुष्टि रहँदै आएको थियो । राप्रपा (संयुक्त) ले…

Read More

भद्रपुर, १७ चैत । झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ । मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको सम्पत्तिको रुपमा पुस्तकालयहरुलाई संरक्षण र सञ्चालन गरिने बताउनुभयो । नगरका प्रमुख, उपप्रमुख र १५ वटै वडाका अध्यक्षहरुको उपस्थितिमा पुस्तकालयको सञ्चालन कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो । रु। ५ करोडको अचल सम्पत्ति भएको क्रिफला पुस्तकालयमा करीव ४० हजार पुस्तकहरु राखिएका छन् । तर आर्थिक कठिनाई र प्राविधिक दक्षताको अभावमा पुस्तकालयलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकिएको पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी बताउनु हुन्छ । उहाँले भिक्षा सङ्कलन…

Read More

काठमाडौं, १७ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ । वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ । अन्य खर्च पनि अत्याधिक हुन्छ । निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउनदेखि पुससम्म एक अर्ब ६६…

Read More

काठमाडौं, १७ चैत । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ । ‘हामी नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेका छौं– एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भन्नुभयो । उहाँले प्रदेश नम्बर २ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए । पनिकाले सबै विषयमा झन्डै…

Read More

वीरगन्ज, १७ चैत । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन ।’ सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची डाक्टर खोजेर बिहे गरिदिएको सुनाए । ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’, उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्‍यो ।’ बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको…

Read More

बिर्तामोड, १७ चैत । रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले प्रदान गर्दै आएको विभिन्न चार विधाका पुरस्कृति व्यक्तिको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी पुरस्कृत व्यक्तित्वको नाम सार्वनिक गरेको हो । प्रतिष्ठानले विगत २०६७ सालदेखि चार विधामा ठूलो राशीको पुरस्कार प्रदान गर्दै आएको छ । प्रतिष्ठानले ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’बाट नख्खु ललितपुरका डा. केदार वुढाथोकीलाई प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो । यो पुरस्कारको राशी नगद रू एक लाख एक हजार १११ रहेको छ । बुढाथोकीलाई कृषि क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।…

Read More

सुनसरी, १६ फाल्गुन । सुनसरीको गढि गाउँपालिका–४ चर्माई टोलमा नहरको पानीले बगाउँदा २ बर्षिय नाबालिकाको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजेको समयमा स्थानिय ललित रामको छोरी करिस्मा राम घरमा कोही नभएको अवस्थामा खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा पर्न गई बगाई लैजादै गरेको अवस्थामा स्थानियले फेला पारेका थिए । पानीमा डुबेर बेहोस भएकी उनलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

बिर्तामोड, १६ चैत । झापाको कनकाई नगरपालिकामा कोरियन प्रविधि र लगानी भित्र्याउन चार जना झापाली युवाको टोली आज दक्षिण कोरिया जाने भएको छ । कनकाईमा फिनेल, पन्जा, प्लास्टिकको सामग्री लगायत उत्पादन गर्ने उद्योग स्थापनार्थ दुई कोरियाली कम्पनीसँग सम्झौता गर्न यहाँका चार ऊर्जाशील युवा व्यवसायीहरुको टोली दक्षिण कोरिया जान लागेको हो । कनकाईस्थित भरोषा बिजनेश ग्रुपका अध्यक्ष दीपक चपागाईं, सदस्यत्रय जीवन तिम्सिना, देवेन्द्र केसी काफ्ले र सुशिल मैनालीको टोली दुई कोरियन कम्पनी ‘कोरियन प्लास्टिक प्याकेजिङ’ र ‘बीसीजे टेक कोरिया’सँग उद्योग स्थापनाका लागि सम्झौता गर्न दक्षिण कोरिया जान लागेको हो । ‘कोरियन व्यवसायीहरुले कनकाई आएको बेला उद्योग स्थापनाका लागि साचो दिएका थिए’,…

Read More

बुधबारे, १६ चैत । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता पछि गाउँ तथा नगर कमिटिहरुको सपथ ग्रहण सुरु हुन थालेको छ । झापाको मेचीनगर नगरपालिकाबाट शुरु भएको सपथ ग्रहण कार्यक्रम बुद्धशान्ति गाउँपालिकामा पनि शनिबार सम्पन्न भएको छ । ७ वटा वडा रहेको बुद्धशान्तिमा वडा कमिटि सहित गाउँ कार्यसमितिको पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । बुद्धशान्ति एकता सहजिकरण संयन्त्र कार्यदलका लक्ष्मी राईको सभापतित्व तथा नेकपाका केन्द्रीय सदस्य नरेश खरेलको प्रमुख आतिथ्यमा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवगठित पदाधिकारीलाई प्रमुख अतिथि खरेलले सपथ खुवाए । नेकपाको बुद्धशान्ति कमिटिको अध्यक्षमा टिका पाठक तथा सचिवमा प्रेम नेम्बाङ…

Read More