
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बेइजिङ, १८ चैत । चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउसोसम्म सम्पर्कमा नआएका बताइएको छ । अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो । घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि…
धनकुटा, १८ चैत्र । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० घोप्टे भीरमा सोमवार माथिबाट खसेको ढुंगाले लागेर १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ आउँदै गरेको अवस्थामा भोजपुर आमचोक गाउँपालिका–६ बस्ने ४५ वर्षकी कबिता राईलाई माथिबाट ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा सँगै अन्दाजी १ सय ५० मिटर तल खसेर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिनगई कानूनी कारवाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, १८ चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको भिषण हावाहुरीका कारण मृत्यु पुष्टि भएका २७ मध्ये २५ जनाको सनाखत भएको छ । गृह मन्त्रालयका अनुसार उद्धारको क्रम चलिरहेकाले यकिन विवरण आइनसके पनि अहिलेसम्म २५ जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ । मृत्यु भएकामा १२ पुरुष, १० महिला र पाँच बालबालिका छन् । गृहमन्त्रालयका प्रवक्ता रामृष्ण सुवेदीले गम्भीर घाइतेमध्ये सात जनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म मृत्यु पुष्टि भएर २७ जनाको विवरण मन्त्रालयमा आइपुगेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । मृत्यु भएका नौ…
भक्तपुर, १८ चैत । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुन ः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताउनुभयो । अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते…
दमक, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र व्यक्तिगत कुण्ठा पोख्ने र गुटबन्दी गर्नेबाट होशियार हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । यहाँ आयोजित दमक नगर तथा वडा समितिलाई शपथग्रहण गराउने क्रममा आज प्रधानमन्त्री ओलीले कसैका कुण्ठा भए पार्टी कमिटीमा छलफल गरेर समाधान खोज्न आग्रह गर्नुभयो । पार्टीभित्रका समस्या पार्टीमा बसेर समाधान निकाल्न सकिने भन्दै उहाँले पार्टी निर्देशन सबैले पालना गर्नुपर्ने सुझाव दिनुभयो । सार्वजनिक रुपमा जथाभावी बोल्दै नहिँड्न आग्रह प्रधानमन्त्री ओलीले अब पार्टी एकतालाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरुमा जिम्मेवारी आएको धारणा राख्नुभयो । “केही मान्छे उहिल्यैदेखि पार्टी बिग्रियो, सकियो मात्र भनेर…
काठमाडौँ, १८ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । बारको कार्यालयमा आज साँझ पाँच बजेदेखि मतगणना शुरु भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको छ । देशभरिबाट मतपेटिका काठमाडौँ ल्याइसकेपछि मतगणना शुरु गरिएको हो । उहाँले तीन ठाउँको मतगणना सकिएपछि भोलि बिहान ९ बजेदेखि १० वटा स्थानमा मतगणना गर्ने जानकारी गराउनुभयो । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान…
भद्रपुर १८ चैत्र । राष्ट्रसेवक सहकारी संस्था लिमिटेड.भद्रपुर १० को २० औं स्थापना दिवस चन्द्रगढीमा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । सस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको सभापतित्व तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाको प्रमुख आतिथ्यतामा संस्था स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने संस्थापक सदस्य तथा जेष्ठ सदस्य, बाल बचत कर्ता र उत्कृष्ट कारोवार गर्ने सदस्यलाई सम्मान गरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहकारी स्थापना गर्ने संस्थापक २४ जना, उत्कृष्ट बाल बचत कर्ता ६ जना, जेष्ठ सदस्य २ जना र ५ जना उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो । कर्यक्रममा निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल ,जिल्ला समन्वयन समिति…
विष्णु नेपाल काठमाडौँ, १८ चैत । आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार गर्न सरकारले उच्च प्राथमिता दिएको छ । विशेष गरी ती दुई जिल्लामा हावाहुरीले पु¥याएको क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहन पुगिसक्नुभएको छ । मन्त्रालयले सहसचिवद्वय चिकित्सक रमेश खरेल र चिकित्सा महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली परिचालन समेत गरेको छ । साथै उहाँहरुले ती जिल्लामा घाइतेको उपचार तथा अन्य कार्यको समन्वय समेत गर्नुहुनेछ । हालसम्म…
रमेश लम्साल÷सिबी अधिकारी काठमाडौँ, १८ चैत । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्दाले एकै क्षणमा घरबास नै उडाउने गरी हावाहुरी आउला र आफूहरुको सर्वनास गर्ला भन्ने कल्पनासमेत गरेका थिएनन् । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो र आखिर त्यही भयो । खाना पकाइरहेका गृहणी, दुधे बालक, वृद्धवृद्धा भगवान्को पुकार गर्दै ज्यान जोगाउन लागे । कोही ज्यान जोगाउन…
मोरङ, १८ चैत्र। मोरङको जहदा गाउँपालिका–४ मा आइतवार सर्पदंशबाट १ जनाको मृत्यु भएको छ । राती सवा ९ बजे घर नजिकै सडकमा हिडीरहेको अवस्थामा सर्पले डसेर सोही स्थान बस्ने ४० वर्षकी भुवनदेवी मण्डल घाइते भएकी थिईन । सर्पले डसेर घाइते भएकी मण्डललाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।