झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मियामी, १६ चैत । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए । अमेरिकी हलिउडका कलाकारहरुले गभर्नरको उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रुप लिएको छ । केही अमेरिकी राज्यहरुले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ । जर्जियाको तल्लो संसदले “मुटुको चालसम्बन्धी विधेयक” पारित गरेको थियो । यो कानुन अनुसार भ्रुणको…

Read More

काठमाडौँ, १६ चैत । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताउनुभयो । “मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,” उहाँले भन्नुभयो । पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताउनुभयो । काङ्ग्रेसले इतिहासले मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको उहाँको भनाइ छ । उहाँले विदेशी लगानी…

Read More

काठमाडौँ, १६ चैत । प्रदेश नम्बर ५ मा आयोजना आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको धरैजसो खेल बाँकेमा हुने भएको छ ।शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना गरिनेछ । वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल,…

Read More

इङल्याण्डमा एक महिलाले आफ्ना धोकेबाज पतिलाई तर्साउनको लागि आफैंमाथि पेट्रोल खन्याइन् । उनले केवल तर्साउनको लागि यस्तो गरेकी थिइन् तर एक्कासी उनको शरीरमा आगो लाग्यो । पतिले छिमेकीको सहयोगमा उनलाई अस्पताल लिएर गए । उपचारको क्रममा ४ दिनपछि शरीरका अंगहरु फेल भएका कारण उनको मृत्यु भयो । घटना १३ नोभेम्बरमा टिसाइड शहरमा भएको डेलीमेलको समाचारमा उल्लेख छ । ३५ वर्षकी अमरिनको आफ्ना पतिसँग झगडा भएपछि उनले गार्डेनका बच्चाको स्कुटरको लागि राखिएको पेट्रोल आफ्नो शरीरमा खन्याएकी थिइन् । उनका पति मुबिनका अनुसार उनले आफैंलाई आगो लगाउँछिन् जस्तो उनको कुराले लागेको थिएन । केवल पतिलाई तर्साउनको लागि मात्र उनले यस्तो गरेको हुनसक्ने…

Read More

काठमाडौं, १६ चैत । आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी कलाकार सरिता लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । कलाकार संघका साधारण सदस्य सुरज आरडीले उनी विरुद्ध उजुरी दिएका हुन् । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै उनले लामिछानेविरुद्ध उजुरी दिएका हुन् । आरडीले कलाकार लामिछानेमाथि २ फिल्ममात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । कलाकार विधानमा भने ५ वटा फिल्म अभियन गर्नुपर्ने प्रावधान राखिको छ । थोरै फिल्म खेलेर पनि कलाकार संघमा बढी चलखेल गर्नेले गर्दा धेरै फिल्म खेलेका कलाकारहरु पछि परेको अरोप आरडीले…

Read More

विराटनगर, १६ चैत । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिनुभयो । उहाँले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भइसकेका अवस्थामा आगामी असारसम्ममा आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरी विकासका कार्यलाई तीव्रगति…

Read More

बिर्तामोड, १६ चैत । जूम ब्युटी एकेडेमी विथ मेकअप स्टुडियो काठमाडौंले पूर्वका ब्यूटिसियनहरुलाई नयाँ सिप सिकाउने भएको छ । बिर्तामोडमा चैत १८ गते वृहत सेमिनारको आयोजना गरी जूम ग्राण्ड ब्युटीले ब्यूटिसियनहरुलाई नयाँ कला सिकाउन लागेको हो । जूम ब्युटी एकेडेमीले प्रदेश १ लाई लक्षित गरी यस्तो सेमिनार गर्न लागिएको म्यानेजर निरम बस्नेतले बताइन् । यसैगरी सौन्दर्य व्यवसाय सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने, रोजगारी प्रदान गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने, बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले जूम ब्युटी एकेडेमी विथ मेकअप स्टुडियोले विभिन्न समयमा देशका विभिन्न स्थानमा आएर तालिम तथा सेमिनारहरु सञ्चालन गर्ने गरेको छ । जूम ग्राण्ड ब्युटी सेमिनारमा मेकअपको आधुनिक प्रविधि…

Read More

बिर्तामोड, १६ चैत । जापानी कम्पनी इसुजुको आधिकारिक बिक्रेता एब्सोल्युट मोटर्सले बिर्तामोडमा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडीको बिक्री सुरु गरेको छ । एब्सोल्युट मोटर्सको बिर्तामोडमा रहेको सोरुले गाडीको बिक्री शुरु गरेको हो । गाडी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सार्वजनिक गरेका छन् । जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै इञ्जिन उत्पादन र बाँकी सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको छ । डी म्याक्स २५ सय सिसी क्षमताको इञ्जिन भएकाले नेपालको पहाडी र कच्ची बाटोको लागि समेत निकै उपयोगी मानिएको छ । ‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी’ थिम लिएर नेपालको बजारमा…

Read More

भद्रपुर, १६ चैत्र । झापाको हल्दिवारीमा राजनीतिक पहुँच र शक्तिको आडमा जवरजस्ती करणी जस्ता जघन्य अपराध लुकाउन आर्थिक चलखेल गर्नेहरू सकृय देखिन थालेका छन् । पछिल्लो पटक १४ बर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा प्रहरीले पक्राउ गरेको व्यक्तिबाट ७ लाख रकम लिएर घटना लुकाउन जनप्रतिनिधि नै लागेको रहस्य खुलेको छ । बलात्कारको घटना मिलाउने आर्थिक चलखेल गरेका जनप्रतिनिधिसहित अन्य तीन जना फरार भएका छन् । झापा प्रहरीका अनुसार पक्राउ पर्नेमा हल्दिवारी गाउँपालिका २ बस्ने ६५ बर्षीय राजेन्द्र अधिकारी रहेका छन् भने उनीबाट ७ लाख लिएर घटना मिलाउन भूमिका खेल्ने हल्दिवारी वडा नम्बर २ का वडा सदस्य खगेन्द्र राजवंशी,…

Read More

पाल्पा, १६ चैत । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन् । समचार सङ्कलनका लागि खटिएका सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात गरेको खबर पाएपछि तानसेन नगरपालिकामा पुगेका बेला आन्दोलनकर्मीले अर्यालमाथि आक्रमण गरेका हुन् । पत्रकार बौडेलमाथि यसअघि नै लेखेको समाचार तथा लेखका विषयमा आक्रोशित भीडले कुटपिट गरेको हो । तानसेन सडक फराकिलो बनाउन हुँदैन भन्दै आन्दोलनमा रहेका लक्ष्मण रेग्मी, बाबुराम विष्ट, शैलेन्द्र भट्टराईलगायतका व्यक्तिले पत्रकारमाथि हातपात गरेको महासङ्घको विज्ञप्तिमा उल्लेख छ । पत्रकारमाथि दुव्र्यवहार गरेको सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीले आफूमाथि हातपात गरेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो…

Read More