
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १८ चैत । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयतअ २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ । राहादानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा…
जनकपुरधाम, १८ चैत । जिन्दगीको मूल्य कति हुन्छ रु भनिन्छ( अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ । वीरगञ्जकी सुनितादेवी यसको पछिल्लो सिकार हुन् । श्रीमानको निर्घात कुटाईबाट उनको अकालमै ज्यान गुमाउनु प¥यो । १५ वर्षसम्मको यातनाको अन्त्य मृत्युबाट भयो । चिकित्सक श्रीमान सतितानन्द यादवको बर्बर यातना अन्ततः उनको शरीरले थेग्न सकेन् । उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ सुनिताको मृत्यु भयो । बाराको परवानीपुर बहुअरीको सुनिताको विवाहका बेला चिकित्सक…
धरान, १८ चैत । भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । धरान विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको हो । क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट अन्याउनु गलत भएको स्थानीयको गुनासो छ । सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन् । विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
तौलिहवा, १८ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । एउटा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनाको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनालगत्तै सीमा क्षेत्रका सबै नाकामा सुरक्षा चेकजाँच कडा बनाई घटनामा संलग्न रहेकाको तीव्ररुपमा खोजी भइरहेको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो ।…
हेटौँडा, १७ चैत । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा बाह्य लगानी प्रचुर मात्रामा भित्र्याउन लगानीकर्तालाई राष्ट्रमा अब भ्रष्टाचार र अनियमित कार्य हुँदैन भन्ने विश्वास जगाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राप्रपा मकवानपुरद्वारा आज यहाँमा आयोजित ‘हिन्दू सनातन धर्मको पहिचान कायम गरौँ’ भन्ने हस्ताक्षर अभियानको शुभारम्भ गर्दै मुलुकमा प्रधानमन्त्रीले जनताको आर्थिक समृद्धि ल्याउनका निम्ति विदेशी लगानी सम्मेलन सम्पन्न गरेकामा खुसी व्यक्त गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्न आग्रह गर्नुभयो । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी र राप्रपा केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राप्रपाले ९४ प्रतिशत हिन्दू सनातन धर्मका अनुनायीहरु भएकाले संविधानमा उल्लेख गरिएको धर्मनिरपेक्षताको कारणबाट विभेद गर्न नहुने…
भद्रपुर, १७ चैत । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदूर सङ्घले संयुक्तरूपमा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि श्रमिकका लागि तोकिएको न्यूनतम ज्याला पाउनुपर्ने माग राखेर आन्दोलन थालेका हुन् । उनीहरुले आज सबै चिया प्रतिष्ठानमा अनिश्चितकालीन तालाबन्दीसहित चन्द्रगढीमा विरोधसभा गरेका थिए । गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडिबाट ‘श्रम ऐन लागू गर, राजपत्रमा उल्लेखित न्यूनतम पारिश्रमिक कार्यान्वयन गर’लगायत नारा लेखिएका ब्यानरसहित निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय हुँदै चन्द्रगढी बजार परिक्रमा गरी…
ओखलडुङ्गामा, १७ चैत । ओखलढुङगा मानेभञ्ज्याङ गाउँपालिका–६ डडुवाखोला स्थित सिद्दिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । आज दिउँसो पौने १२ बजेको समयमा सोलुबाट काठमान्डौं तर्फ जादै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो अचानक बाटो बाट अन्दाजि २०० मिटर तल खस्दा स्कारपियोमा सवार ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोला बस्ने ५५ बर्षिय मिङ्मा शेर्पा, सोही स्थान बस्ने ४५ बर्षिय साङगेल शेर्पा, काठमाण्डौ बौद्ध बस्ने ३५ बर्षिय नुर्बु शेर्पा , बर्ष ३०–३५ को ङवाङ शेर्पा, डोमा शेर्पा , बर्ष ३२–३३ की नुमा शेर्पाको घटनास्थलमानै मृत्यू भएको थियो । घटनाबारे जानकारी पाउनासाथ घटनास्थल तर्फ…
काठमाडौँ, १७ चैत । म्यान्मामा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा महिला फुटबल टोलीलाई सफलताको शुभकामना दिँदै एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले बिदाइ गर्नुभयो । एन्फा अध्यक्ष शेर्पाले छनोट प्रतियोगितामा महिला टोलीले नयाँ इतिहास रच्नेमा आफू आशावादी रहेको बताउनुभयो । दोस्रो चरणको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा आयोजक म्यान्मासहित भारत र इण्डोनेशिया छन् । नेपालले आफ्नो पहिलो खेलमा यही चैत २० गते म्यान्मारसँग खेल्नेछ भने २३ गते दोस्रो खेलमा भारत तथा समूहको अन्तिम खेल चैत २६…
इलाम, १७ चैत । सूर्योदय नगरपालिका–५ शान्तिधाराबाट अवैध रूपमा राखिएका तीन थान भरुवा बन्दुकसहित एकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बन्दुकसहित ४३ वर्षीय हर्कबहादुर लिम्बूलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रूपमा राखिएका हतियार बुझाउन सरकारले ३५ दिने सूचना जारी गरेको छ । सूचना जारी भएपछि प्रहरीले अवैध रूपमा राखिएका हतियारमाथि निगरानी बढाएको छ । यही चैत १ गते सूचना जारी गर्दै सरकारले तोकेको म्यादभित्र अवैध हतियार बुझाए यसअघि अवैध हतियार राखेबापत कुनै कारवाही नहुने उल्लेख छ ।
उर्लाबारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताउनुभएको छ । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उहाँको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जननेता भण्डारीको विचारअनुसारै अहिलेको शासन प्रणाली स्थापित भएको उल्लेख गर्नुभयो । कोही मानिसले नबुझेर र स्वार्थका कारण विरोध गरे पनि जननेता भण्डारीको विचारअनुसारै अब देशको सुशासन र विकास हुने बताउनुभयो ।…