झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भीमदत्तनगर, १० चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु १० लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । पाँच दिनअघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक विष्टको गत शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई आज धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा रु छ लाख र…

Read More

चन्द्रकला भण्डारी भद्रपुर, १० चैत । झापाको सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’लाई जनआन्दोलनका बेला नाम फेरेर ‘शहीद पार्क’ घोषणा गरिएको १२ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा नयाँ नामकरण सार्थक बन्न सकेको छैन । भद्रपुर नगरपालिका वडा नं ८ चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको पूर्व, मेची रङ्गशालाको उत्तर, जिल्ला प्रहरी कार्यालयको पश्चिम र जिल्ला अदालतको दक्षिण मोहडामा एक बिघा दुई कठ्ठा दश धुर जग्गामा फैलिएको महेन्द्र पार्क विसं २०४६ साल अघिसम्म झापाकै सबैभन्दा पर्यटक ओइरिने पार्कको रुपमा चिनिन्थ्यो । तर, २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाको नाममा रहेको कारण जनाउँदै यो पार्कलाई बन्द गरियो । प्रवेशद्वारमा लगाइएको ताला वर्षौंसम्म खुलेन ।…

Read More

काठमाडौँ, १० चैत । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । उहाँ उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाइएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरालाद्वारा जारी विज्ञप्तिमा उहाँको अवस्थामा क्रमिक सुधार भइरहेको उल्लेख छ । उहाँलाई अहिले पनि सघन उपचार कक्ष ९आइसियु०मै राखेर उपचार गराइएको विज्ञप्तिमा जनाइएको छ । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि नेता सिटौला अस्पताल भर्ना हुनुभएको थियो । उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेकाले समस्या उत्पन्न भएको चिकित्सकहरुले जानकारी…

Read More

बिर्तामोड, १० चैत । आजदेखि शुरु भएको माध्यमिक तहको परीक्षा ९एसइई०मा झापाबाट चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्ति सामेल भएका छन् । कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगेन्द्र बरालले बताउनुभयो । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधारगृह सानोठिमीबाट परीक्षा दिइरहेका छन् । कारागारभित्र रहेका बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएका थिए । डिल्लीराज मावि कचनकवल र अनारमनी माविबाट एक–एक न्यून दृष्टियुक्त व्यक्ति तथा बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएको प्रमुख बरालले बताउनुभयो । त्यसैगरी सरस्वती मावि जामुनखाडी परीक्षा…

Read More

काठमाडौँ, १० चैत । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिई गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल प्रेस काउन्सिलको सहकार्यमा आयोजित पत्रकारिता प्रशिक्षणको ३५औँ समूहको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै भन्नुभयो, “अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर हिंसा गर्न पाउनुपर्छ वा हिंसा गरेको ठीक छ भनेर लेखिनु स्वतन्त्रतामा पर्छ कि पर्दैन ? रेडियोमा बसेर बन्द र हिंसा गर्न पाइन्छ भन्ने अनि पत्रकार पक्राउ परेमा नेपाल पत्रकार महासङ्घले विरोध गर्ने ? यो कस्तो संस्कार हो ?” नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई लक्ष्य गर्दै उहाँले बम र बन्दूक…

Read More

मोरङ, १० चैत्र । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर–हरैचा नगरपालिका–८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा हायसमा सवार सुनसरी धरान बस्ने १३ वर्षका सबिन मंग्रातीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । त्यसैगरी हायसका चालक पथरी–शनिश्चारे नगरपालिका–९ बस्ने २९ वर्षका रमेश बस्नेत हायसमा सवार सुन्दर–हरैचा नगरपालिका–८ बस्ने १४ वर्षका सुमन रम्तेल र उर्लाबारी बस्ने २१ वर्षका सचिन भित्रिकोटी घाइते भएका हुन् । दुर्घटनाका…

Read More

बैङ्कक, १० चैत । सन् २०१४ मा भएको सैन्य कु पछि थाइल्याण्डमा आइतबार पहिलो पटक निर्वाचन भएको छ । विद्यालय, मन्दीर, सरकारीकार्यालयलगायतका ठाउँमा विहानै देखि मतदान गर्नेहरुको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बहुप्रतिक्षित यस निर्वाचनप्रति थाइल्याण्डका धेरै जनता उत्साहित देखिएका छन् भने राजाले पनि आफ्नो असल नेता छान्न आह्वान गर्नु भएको छ । थाइ नरेश माहा वाजिरालोङकोर्नको आह्वानलाई स्थानीय सवै टेलिभिजनहरुले पटक पटक प्रसारण गरिरहेका छन् । राजाको सो आह्वान दुर्लव भएको उनीहरुको भनाई छ । थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ भने राजाले राजनीतिमा कुनै भुमिका खोज्ने गरेको पाइएको छैन । राजपरिवारलाई नकारात्मक असर पर्नेगरी टिका टिप्पणी तथा…

Read More

चितवन, १० चैत । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भन्नुभयो । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उहाँले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताउनुभयो । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य…

Read More

विराटनगर, १० चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गर्नुभएको हो । यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले रु एक लाख तथा विराटनगर महानगरपालिकाले रु ५० हजार प्रदान गर्ने निर्णय गरिसकेको छ । यसैगरी एन्फाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २३ करोड ७४ लाख ५० हजारको अनुमानित वार्षिक बजेटसमेत स्वीकृत गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ फुटबल सफलतापूर्वक…

Read More

झापा, १० चैत्र । झापाको भद्रपुर नगरपालिका–४ ठण्डा बस्तीबाट प्रहरीले अन्दाजी २ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । शनिवार राती ११ बजेको समयमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवैध ५ पोका लत्ता कपडा बरामद गरेको हो । बरामद भएको उक्त समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाईने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More