झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

राजविराज, ६ चैत । कोठामा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका ९ की ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बलात्कारपछि अरुले घटना थाहा नपाऊन् भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ । बलात्कारपछि बालिकाका हत्या गर्ने अरु कोही नभएर उनैको दाजु हुन् । बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन् । घटनाअनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन् । घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ वर्षे राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ कुकृत्य गरे । उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरुले…

Read More

काठमाडौं, ६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तल्लो तहको एकता प्रक्रिया केही दिन लम्बिने भएको छ । यसै सातादेखि एकता विषयमा छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जानु भएपछि एकता प्रक्रियामा एकसाताका लागि लम्बिएको हो । उहाँको भ्रमण सातदेखि १० दिनसम्म रहेको छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ । सचिवालयका सदस्य वामदेव गौतमले भन्नुभयो, ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन । कार्यदलले हालसम्म प्रतिवेदन पनि बुझाएको छैन । अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला ।’ तत्कालीन नेकपा (एमाले) र…

Read More

काठमाडौँ, ५ चैत । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता यसै महीना हुने भएको छ । यही चैत २३ गते हुने उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मलित नेपाल ‘ए’ र नेपाल ‘बी’ टोलीबीच प्रतिस्पर्धा गराउने फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुुस०ले जानकारी दिनुभयो । भरतपुर नगरपालिका–१५ रामपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सो कपमा कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले नेपाल ‘बी’ बाट खेल्नेछन् । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा…

Read More

भद्रपुर, ५ चैत्र । झापा जिल्लामै पहिलोपटक भद्रपुरमा नमूना युवा संसद स्थापना संसदीय व्यवस्था सञ्चालन गरिएको छ । नगर शिक्षा कार्यालयको आयोजनामा अभ्यासका लागि नेतृत्व विकास तथा नमूना संसद सञ्चालन गरिएको हो । १० वटा वडा रहेको भद्रपुर नगरबाट प्रति वडा ४ जनाका दरले ४० जना र नगर प्रमुखबाट मनोनित ७ जना गरी ४७ जना १६ वर्षदेखि २४ वर्षसम्म उमेर समूहका युवा युवतीले संसदीय अभ्यासमा भाग लिइरहेका छन् । चैत्र ३ गतेबाट कार्यशाला मार्फत प्रशिक्षण लिइरहेका युवा युवतीहरूले वर्तमान संविधान अनुसार संसदको सफत ग्रहण गर्ने, सत्ता पक्षीय भूमिका खेल्ने, प्रतिपक्षीय भूमिकामा रहने तथा संसद सञ्चालनका सवै प्रकृयामा सहभागी बन्ने गरी…

Read More

बिर्तामोड, ५ चैत । नेपाल दशनामी समाजको पाँचौ महाधिवेशनले खोटाङका रुद्र गिरीलाई अध्यक्षमा चयन गरेको छ । समाजको विराटनगरमा फागुन ३ गते भएको केन्द्रीय अधिवेशनलले गिरीलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा गोविन्द बिक्रम गिरी (झापा), उपाध्यक्ष मणिराम गिरी (सुनसरी), सचिव अशोक गिरी (ओखलढुंगा), सहकोषाध्यक्ष डम्बर वन (झापा), महिला सदस्य मेनुका गिरी (सुनसरी) बाट चयन गरेको प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए । त्यसैगरी सदस्यमा लवकुश गिरी (झापा), अभिनन्द गिरी (ईलाम), राम कुमार पुरी (मोरङ), नबिन गिरी (सुनसरी), दुर्गा पुरी (धनकुटा), हिमाल गिरी (सोलुखुम्बु) बाट चयन भएका छन् । नेपाल दशनामी समाजका अध्यक्ष रञ्जनकुमार गिरीको…

Read More

काठमाडौँ, ५ चैत । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताउनुभयो । उहाँका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्को ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ । बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि…

Read More

मोरङ, ५ चैत्र । मोरङको ग्रामथान गाउँपालिका–२ भृकुटी चोक बस्ने जानुका दाहालको गाईगोठ र छिमेकीको घरमा आगलागी हुँदा अन्दाजी ३० लाख मूल्य बराबरको क्षति भएको छ । बिहान साढे ८ बजे दाहालको गाई गोठमा खोले पकाउने क्रममा अचानक गोठमा आगलागी भएको थियो । आगलागीबाट दाहालको टिनको छानो भएको गोठ जलेर नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार रुपँया बराबरको क्षति भएको हो । त्यसैगरी छिमेकी दामोदर बरालको फुसको छानो भएको घर र घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात, नगद ५ लाख जलेर पूर्णरुपमा नष्ट हुँदा अन्दाजी २७ लाख ५० हजार रुपँया बराबरको क्षति भएको हो । सो आगलागी प्रहरी,…

Read More

विराटनगर, ५ चैत्र । ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत ३ जना प्रहरी कर्मचारी फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मूल्य(मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कर्तव्यपथमा तल्लीन रही कार्य सम्पादन गर्ने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं– १० स्थित सिस्ने भिरमा मिति २०७५।११।१५ गते अं. १३ः३० बजेको समयमा तत्कालिन माननीय पर्यटन मन्त्रीज्यू समेत सवार…

Read More

काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अहिले काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११० तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ छ । निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन । निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा…

Read More

काठमाडौँ, ५ चैत । रङ्गको पर्व होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ । काठमाडौँ उपत्यकामा विगत तीन दिनदेखि नै हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचारप्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक ¥यालीसहित माइकिङ, मोबाइलगस्ती गरेर सचेतना जगाइएको छ । तर उच्छृङखल देखियो भने कारवाही हुने उहाँले चेतावनी दिनुभयो । यो वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइन्छ । भित्री मधेशका कतिपय जिल्लामा भने होली…

Read More