
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २१ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताउनुभएको छ । उहाँले पार्टीको विशेष महाधिवेशन आव्हान नगर्ने तर उनीहरुले बोलाए सामना गर्न तयार रहेको बताउनुभएको हो । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भन्नुभयो, विशेष महाधिवेशन फेस गर्न तयार छु, पार्टीले बोलाउँदैन, जिल्ला सभापतिहरुले बोलाउँछन् भने बोलाउन्, फेस गर्न तयार छौँ ।’ तर उहाँले पार्टीले भने विशेष महाधिवेशन नबोलाउने दाबी गर्नुभएको छ । पार्टी एक जुट गराएर अगाडि बढ्ने क्रममा रहेकोले भन्दै सभापति देउवाले केही जिल्ला सभापतिहरुको चलखेलले कुनै फरक नपर्ने धारणा राख्नुभयो । सभापति देउवाले संवैधानिक…
आईपीएल क्रिकेटमा बिहीबार नेपाली युवा खेलाडी सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समय अुनसार दिल्लीको फिरोज साह कोट्ला मैदानमा राति सवा ८ बजेदेखि सुरु हुने छ । हैदराबाद जारी प्रतियोगितामा उच्च फर्ममा देखिएको छ । उसले ३ खेलमा जित हात पारिसकेको छ । तर दिल्लीले २ खेलमा जित निकालेको छ भने २ खेलमा पराजित भएको छ । जसले गर्दा पछिल्लो खेलमा मजबुत स्थितिमा रहेको दिल्लीले लगातार गल्ती गर्दा पराजित हुन पुगेको थियो । मोहालीमा भएको खेलमा पञ्जाबसँग जित नजिक पुगेर पनि दिल्ली १४ रनले पराजित भएकाले यो खेलबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्थामा छ…
झापा, २१ चैत । झापामा बुधबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख रुपैयाँ, गाउँपालिकाहरुबाट एक–एक लाख रुपैयाँ सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो । झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् । स्थानीय तहबाट सङ्कलित २३ लाख रुपैयाँ र स्थानीय सङ्घसंस्थाबाट प्राप्त रकम बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पठाइने प्रजिअ दाहालले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहका प्रमुखहरुले सो रकम चार दिनभित्रमा बारा जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने…
गौरादह, २१ चैत । दैवीप्रकोपमा परेकाहरुको उद्धारमा युवाहरू लागिपरे पछि गौरादहमा धमाधम आर्थिक सहयोग जुट्न थालेको छ । दैविक प्रकोप हावाहुन्डरिका कारण बारा र पर्सामा भएको जनधनको क्षतिमा सहयोग पुर्याउन पुगेका गौरादहका युवाहरूको समाचार सञ्चार माध्यममा आए पछि गौरादहमा एकाएक आर्थिक सहायता जुट्न थालेको हो । हाल सम्म राहत सामाग्री खरिद गर्न सहयोग पुर्याउनेहरुमा, अर्जुन वर्देवा १०,०००, भुपाल कटुवाल ५,०००, फर्निचर व्यावसायि सँघ ५,०००, अनिस कार्की ३,०००, प्रकाश वास्कोटा ३,०००, किशोर के शी ३,०००, केदार खड्का ३,०००, संन्जय दाहाल ३,०००, सुरेश शर्मा ३,०००,टँक निरौला ३,०००, रतन शाहा ३,०००, सरन अधिकारी २,०००, कृष्ण ढुंगाना २,०००, सन्तोस सुवेदी २,०००, सुरज खड्का २,०००,…
अमलेखगञ्ज, २१ चैत ।नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत) आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या आउनसक्ने सम्भावना उत्तिकै छ । आजको गोरखापत्र दैनिकमा खबर छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माणाधीन आयोजना अनुसार भारतको मोतिहारीबाट ६९।५ किलोमिटर लम्बाइको ३२।२५ किलोमिटर भारतमा र ३७।५ किलोमिटर पर्दछ तर भारतले नेपाललाई पहिलो चरणमा मोतिहारीबाट नभई पटनाबाट…
भक्तपुर, २० चैत । गृहमन्त्री रामबहादुर थापाले देश विकास र समृद्धिको दिशामा अगाडि बढेको बताएका छन् । चाँगुनारायण नगरपालिकाले आज दुवाकोटमा आयोजना गरेको एकिकृत घुम्ती शिविरको उद्घाटन कार्यक्रममा उनले सरकार तीब्र गतिमा देशको विकास कसरी गर्न सकिन्छ भनेर लागि परेको बताए । गृहमन्त्री थापाले भने, “सरकार देशलाई तीब्र गतिमा विकासलाई अगाडि बढाउन पञ्च वर्षीय योजना बनाउन लागि परेको छ, अबको पाँच वर्षमा देशको विकासलाई कसरी धेरैभन्दा धेरै उचाईमा लैजान सकिन्छ, अबको २५ वर्षमा देशलाई कस्तो बनाउन सकिन्छ भनेर लागि परेको छ ।” यसका लागि एकीकृत प्रयास आवश्यक रहेको आँैल्याउँदै उहाँले नेपालको गौरबलाई स्थापित गर्न र विकासलाई तीब्र गतिमा लैजान शान्ति,…
काठमाडौं, २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ। वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दीपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिबमा महामन्त्री भास्कर भद्रा रहका छन्। नवगठीत जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहेका छन्। आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए। अध्यक्ष थापाले…
टोक्यो ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा एक(एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । तर नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेल बराबरीमा ल्याएको थियो । त्यसअघि ३८औंं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न असफल भएकी थिइन् । ४३ औं मिनेटमा लगातार तीन पटक पोस्ट चार्ज हुँदा पनि गोल हुन सकेन । त्यतिबेला सावित्रा भण्डारी र निरु…
काठमाण्डौ, २० चैत । कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ । उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ । पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले एक हजार ७८५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले एक हजार ४७५ मत प्राप्त गर्नुभएको छ । अहिले उपत्यकाको एक हजार २८९…
पप गायक जस्टिन बिबरले ‘अप्रिल फूल डे’ (मुर्ख दिवस) का दिन सामाजिक सञ्जालमा श्रीमती गर्भवती भएको झुटो खबर सार्वजनिक गरेपछि यतिबेला उनी ट्रोलको शिकार भएका छन् । जस्टिनले अप्रिल १ मा आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत अल्ट्रासाउण्डको एक तस्बिर शेयर गरेका थिए । त्यो तस्बिर सार्वजनिक भएपछि जस्टिनकी श्रीमती गर्भवती रहेको अनुमान लगाइएको थियो । त्यसपछि जस्टिनले त्यस मजाकलाई अझै अगाडि बढाउँदै श्रीमती हेली बाल्डविनले पेटमा हात राखेको तस्बिरहरु पोष्ट गरे । तस्बिरमा हेलीका साथमा २ जना चिकित्सकहरु पनि उभिएका छन् । तस्बिर हेर्दा लाग्छ कि हेली बाल्डविन गर्भवती छिन् । तस्बिरको क्याप्सनमा बिबरले लेखेका छन् ‘यदि तपाईं यो अप्रिल फूल हो…