
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काभ्रेपलाञ्चोक, ६ चैत । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले मङ्गलबार साँझ साढे ६ बजे काफ्लडाँडामा प्रहरीसँग जम्काभेट हुँदा निजहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबाट फायर भई आक्रमण गर्दा आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड फायर गरेको र फायरपछि समूह भाग्ने क्रममा झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौँको थानकोट ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई गिरफ्तार गरिएको आज जानकारी दिनुभयो । गत…
कास्की, ६ चैत । मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । पदयात्रामा आएका जापानका ६४ वर्षीय नाजासावा माजासीको आज माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने क्रममा लडेर मृत्यु भएको हो । यही चैत १ गते काठमाडौँको हिमालयन शेर्पा एडभेञ्चर कम्पनीबाट चार जापानी र दुई नेपाली पथप्रदर्शक सो क्षेत्रमा पदयात्रामा गएका थिए । माजासीको लडेर मृत्यु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुर्पा शेर्पाले जानकारी दिनुभयो । उनी बाटोबाट चिप्लिई करीब ७०० मिटर तल खसेको पथप्रदर्शक पासाङ दावा शेर्पालाई उद्धृत गर्दैै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।…
काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति तथा समुदायका फरक परम्परा तथा संस्कृतिको संरक्षण र संवद्र्धनबाट देश सम्पन्न हुने बताउनुभएको छ । बल्खु तराई समाजले फागु पर्वका अवसरमा आज आयोजना गरेको सांस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै नेता श्रेष्ठले मुलुकमा रहेको विविधतालाई एकताबद्ध गरी एकापसमा सद्भाव कायम गर्ने यस पर्वले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्राचीन समयदेखि कुनै न कुनै मान्यता र विश्वासका आधारमा परम्परा, रीतिरिवाजका अभ्यास गरिएका छन्, तिनका वैज्ञानिक आधार छन्, तिनको गहिरो अध्ययन अनुसन्धानको खाँचो छ ।” “हाम्रा वेशभूषा, भाषा, कलासंस्कृति पहिचान हुन्, यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्छ,” उहाँले…
विर्तामोड, ६ चैत । स्थानीय स्तरमै महिलालाई उद्यमशील र स्वावलम्वी बनाउने उदेश्यले विर्तामोडमा आजदेखि उद्यमशीलता तालिम शुरु भएको छ । विर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा १० दिने उद्यमशीलता लालिम शुरु भएको हो । स्थानीय नवदुर्गा युवा क्लव र विर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा विर्तामोड नगरपालिका वडा नं ९ का ५० जना महिलाको सहभागिता रहेको छ । विर्तामोड नगरउप–प्रमुख पवित्रा महतरा प्रसाईले तालिम प्रशिक्षक प्रनिता भण्डारीलाई सामाग्री प्रदान गरेर तालिमको उद्घाटन गरेकी थिइन् । तालिमको उद्घाटन गर्दै उप–प्रमुख प्रसाईले महिलाहरुलाई हिनताबोध त्यागेर अघि बढ्न आग्रह गरिन् । महिलाले चाहेको खण्डमा पुरुषसरह जे पनि गर्नसक्छन् भन्दै…
नयाँ दिल्ली, ६ चैत । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयाँै उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन्…
सान नेपाल गौरादह, ६ चैत । गौरादह खानेपानी तथा सरसफाई समितिको नयाँ कार्यसमितिको लागि आगामि चैत्र १६ गते निर्वाचन सभा हुने भएको छ । निर्वाचनको लागि उम्मेद्धारी घोषणा गरेकाहरु मध्ये केही पुराना तथा केही नयाँ अनुहारहरु देखा परेका छन् । अध्यक्षको प्रतिस्पर्धामा दुर्गा गौतम र बाबुराम भण्डारी आम्नेसाम्ने देखापरेका छन् भने सचिव पदमा डण्डिराज घिमिरे र देवेन्द्र खड्का प्रतिस्पर्धामा देखिएका छन् । गौतम युवा संघका केन्द्रिय सदस्य हुन् भनें भण्डारी शिक्षक महासंघ गौरादह नगर समितिका अध्यक्ष तथा स्कूलचौन मा.वि.का प्रधानाध्यापक हुन् । लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारी विगत १ दशक देखि गौरादह खानेपानीको पदाधिकारीको रुपमा कार्य गरिसकेका छन् ।…
विराटनगर, ६ चैत । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई ४–० पराजित गरी फाइनलमा प्रवेश गरेको छ । यहाँस्थित शहीद रङ्गशालामा भएको खेलमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालकी जर्घामगरले खेलको ४२ औँ मिनेटमा पहिलो गोल गरिन भने ७३ औँ मिनेटमा बस्नेतले गोल गर्दै नेपालको अग्रता २–० अगाडि बढाइन् । यसैगरी खेलको ८२ औँ मिनेटमा भण्डारीले हेडिङमार्फत् तेस्रो गरेकी थिइन् भने ८६ औँ मिनेटमा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले विजयी बनाई फाइनलमा पु¥याएकी थिइन् । पौडेल ६४ औँ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा…
झापा, ६ चैत्र । झापाको कन्काई नगरपालिका–९ घैलाडुब्बामा बुधवार मोटरसाईकल दुर्घटना हुँदा १ जना भारतीय नागरिक घाइते भएका छन् । बिहान साढे ११ बजे भित्री सडक खण्डमा घैलाडुब्बाबाट बिर्तामोड आउँदै गरेको मे ७ प ९५९५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक भारत घर भई हाल बिर्तामोड नगरपालिका–२ मा अम्बे प्लाई फ्याक्ट्रिमा काम गर्दै आएका २५ वर्षका बादल नाम गरेका युवक घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।
काठमाडौँ, ६ चैत । प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हँुदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ । दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ, ६ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिनुभएको छ । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बन्नुभएको हो । राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९, ३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । विसं २०७४ वैशाख ७ गते विभिन्न मधेश केन्द्रीत राजनीतिक दल एकीकृत भई गठन भएको राजपामा अध्यक्ष मण्डलका सदस्य ६ जना छन् । उनीहरुमध्ये पालैपालो संयोजक बन्ने गरेका छन् । पार्टीका महाधिवशेनले नेतृत्व चयन गर्नेछ । आगामी वैशाख ७, ८ र…