
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ३० फागुन । सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताउनुभयो । विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज राजधानीमा आयोजित सचेतनामूलक कार्यक्रममा डा बस्नेतले विश्वमा मृत्युको प्रमुख कारणको छैटौँ स्थानमा रहेका मिर्गौला रोग नेपालमा हरेक वर्ष बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार विश्वमा हरेक वर्ष २४ लाख मानिसको मिर्गौला रोगका कारण ज्यान जाने गरेको छ । “मधुमेह र उच्च रक्तचाप नै मिर्गौला फेल…
काठमाडौँ, ३० फागुन । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक विकासको चरणमा अगाडि बढ्दै गर्दा भएको बन्दले उद्योगी व्यवसायी मारमा परेको बताउनुभयो । “सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न अगाडि बढेको अवस्थामा फेरि बन्द तथा हडतालजस्ता क्रियाकलाप हुनु दुःखद् कुरा हो”, विज्ञप्तिमा भनिएको छ । मुलुकमा राजनीतिक आन्दोलन र सशस्त्र क्रान्तिका कारण विकास हुन नसकेको बताउँदै महासङ्घले विकासका लागि सरकारले असन्तुष्ट पक्षलाई वार्ता र छलफलबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।…
काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताउनुभएको छ । वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै पनि आन्दोलनलाई सफल बनाउन त्यो समय, अवस्था तथा आवश्यकताअनुसारको सक्कलताबाट मात्रै सफल हुन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिनुभयो । पार्टी एकीकरणबाट बलिदानको कृतिमानीलाई स्थापना गर्न सफल भएको बताउँदै उहाँले जनताको काम गर्दै जाँदा जनताले प्रचण्ड बनाएको हो, प्रचण्डको नक्कल गरेर वास्तविक प्रचण्ड हुन…
काठमाडौँ, ३० फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याउनुभयो । शुक्रबार देशको पश्चिमी भूभागमा…
पाँचथर, ३० फागुन । जिल्लाको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश भाषा इन्स्टिच्युट स्थानीय तहको अनुमतिबिनै सञ्चालनमा छन् । स्थानीय तहमा दर्ता अनुमति लिनेबारेमा न कुनै इन्स्टिच्युट सञ्चालकलाई थाहा छ न त स्थानीय तहले यसबारेमा जानकारी नै गराएको छ । शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने यहाँका अधिकांश इन्स्टिच्युट स्थानीय तहको अनुमति बिनानै सञ्चालनमा आएको पाइएको छ । भाषा इन्स्टिच्युट करकै दायरामासमेत छैनन् । विद्यार्थी, अभिभावक र राज्यको आँखा छलेर च्याउजस्तै उमे्रका ती भाषा कक्षामा दक्ष र अनुमति पाएका प्रशिक्षकसमेत छैनन् । पाँचथरको सदरमुकाम फिदिममा सञ्चालनमा आएका एक दर्जन बढी कोरियाली र जापानी भाषाका इन्स्टिच्युटमा त्यस्तो पाइएको…
सन्तोष शर्मा बनियानी, ३० फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत गर्ने प्रहरीले अब उन्मुक्ति नपाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा ‘सडक दुर्घटना न्यूनीकरण महाअभियान’ अन्तरगतको दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्दै महानिरीक्षक खनालले प्रहरीमा अब राम्रो जनशक्ति मात्र रहने बताउनुभयो । ‘प्रहरीले लिने–दिने काम छाड्नु पर्छ’, उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी विगतका त्रुटी सच्याएर अगाडि बढेको छ, अब प्रहरीमाथि शंका नगर्न म आग्रह गर्छु ।’ भएको स्रोत र साधनको उच्चतम् प्रयोग गरेर नेपाल प्रहरीले काम गरिरहेको उहाँले बताउनुभयो । प्रविधि र जनशक्ति अभावका कारण चाहेजस्तो काम गर्न नसकिएको बताउँदै उहाँले भएकै स्रोत–साधनको उच्चतम् प्रयोग गरेर नतिजामुखी काम गर्न मातहतका प्रहरीलाई निर्देशनसमेत…
सुर्खेत, ३० फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे । आजको नागरिक दैनिकमा खबर छ । लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं, ’ उनले भने ‘त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’ उनले विप्लव…
काठमाडौँ, ३० फागुन । सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले प्रधानमन्त्रीलाई अयोजना कार्यान्वयनको सबै जिम्मेवारी दिएको छ । उर्जा, सडक जस्ता मुख्य भौतिक पूर्वाधार आयोजनाका अधिकांश परियोजना प्रधानमन्त्रीको मातहतमा जाने भएका छन् । विधेयकको व्यवस्था अनुसार प्रधानमन्त्री आयोजना छनोट गर्नेदेखि कार्यान्वयनमा नीतिगत निर्देशन दिने निर्देशक समितिको अध्यक्ष हुनेछन् । अर्कोतर्फ, आयोजनाको कार्यकारी निर्देशक छनोट गर्ने समितिमा प्रधानमन्त्री मातहत रहने राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिने प्रस्ताव विधेयकमा छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा…
काठमाडौं, ३० फागुन । सिभिल ग्रुपले प्रवर्द्धधन गरेको सिभिल सेभिङ एन्ड को–अपरेटिभले ९१ प्रतिशत कर्जा आफ्नै स्वामित्वका अन्य तीनवटा व्यवसायमा लगानी गरेको पाइएको छ । सहकारीको आर्थिक वर्ष २०७४–७५ को अन्तिम लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाले आठ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कर्जामध्ये सिभिल होम्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि, सिभिल इस्टेट प्रालिमा गरी सात अर्ब ४३ करोड रुपैयाँ लगानी गरेको छ। यी तीनवटै कम्पनी सिभिल ग्रुपबाट प्रवर्द्धधित छन् । सहकारीमा २ हजार ६ सय ९० सदस्य बचतकर्ता छन्। सिभिल सेभिङ एन्ड कोअपरेटिभ सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रवर्द्धधन गरेका हुन् । पेसाले इन्जिनियर तामाङ पछिल्लो समय रियलस्टेट व्यवसायमा छन् ।…
काठमाडौं, ३० फागुन । पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए । महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टीका विभाग र निकायलाई अझै पूर्णता दिन नसकेका देउवाले तीन वर्ष कहिले सहमतिबाट त कहिले विधानको आडमा अघि बढ्ने प्रयत्नमै गुजारेका छन् । विधानले दिएको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने आगामी फागुनमा देउवाको चार वर्षे कार्यकाल सकिनेछ। विधानले दिएको अतिरिक्त सुविधा…