झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

नयाँदिल्ली, १३ चैत । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गर्नुभयो । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।” भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र…

Read More

काठमाडौँ, १३ चैत । नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ । महासङ्घका महासचिव रमेश विष्टले विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गराउनुभयो । उहाँका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मीसमेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ । पत्रकार विश्वकर्मालाई यही चैत ७ गते पक्राउ…

Read More

गोविन्द लामिछाने मङ्गलबारे, १३ चैत । लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्य रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बनाएर नै सङ्ग्रहालय बनाउने छ । सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा आवश्यक पर्ने भएकाले जग्गा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । यसैक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले भारतको कालिम्पोङमा रहेको माइलल्याङ लेप्चा डेभलपमेन्ट बोर्डका पदाधिकारीसँग अन्तक्र्रिया गर्नाका साथै लेप्चा सङ्ग्रहालय र लेप्चा घरबासको अवलोकन तथा अध्ययन भ्रमण सम्पन्न गरेको छ । गाउँपालिकाले पेश गरेको गुरूयोजना कार्यान्वयन गर्दै लैजान सङ्घीय सरकारबाट रु एक करोड ८० लाख बजेट प्राप्त भएको छ । बजेट…

Read More

बिर्तामोड, १३ चैत । झापाको कमल गाउँपालिकास्थित समयगढ भन्ने स्थानबाट प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । करणी गरेको आरोपमा प्रहरीले मंगलबार राति ८ बजे सोही स्थानका ४२ वर्षीय शम्शेर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङले २० वर्षीय युवतीलाई घर नजिकै रहेको मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै युवतीको बाबुले उजरी दिएका छन् । उक्त उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Read More

काठमाडौँ, १३ चैत । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घका पदाधिकारीलाई साथमा नै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो, “सम्मेलन सबै नेपालीको…

Read More

भद्रपुर, १३ चैत । डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो । सो काठ सवडिभिजन वन कार्यालय सुरुङ्गामा राखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उद्योगका प्रमुख सोमबहादुर तामाङ भने फरार रहेको कार्यालयले जनाएको छ । उनको खोजी कार्य गरिरहेको…

Read More

काठमाडौं, १३ चैत । बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा छ । केन्द्रका अनुसार सबैभन्दा बढी आयात र निर्यात छिमेकी मुलुक भारतसँग हुने गरेको छ । भने दोस्रोमा उत्तरी छिमेकी चीन रहेको छ । २९ वटा मुलुकमध्ये अमेरिका, अष्ट्रिय, स्लोभाकिया, अफगानिस्तानलगायतका मुलुक नाफामा रहेको केन्द्रको तथ्यांक छ । आजको कारोबार दैनिकमा खबर छ…

Read More

काठमाडौँ, १३ चैत । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट सोमबार राति र मंगलबार उनीहरु पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ । रामारोशन गाउँपालिकाको बाटुलसैन झातामा चन्द समूह र प्रहरीबीच मंगलबार दिउँसो गोली हानाहान भएको छ । रामारोशनमा चन्द समूहका कार्यकर्ता भएको जानकारी पाएपछि प्रहरी गएको थियो । ‘प्रहरी टोलीले देखेपछि चन्दका कार्यकर्ताले फायर खोले । त्यसपछि प्रहरीले पनि जवाफ फर्काएको हो । विस्तृत विवरण आउन बाही छ,…

Read More

राजविराज, १३ चैत । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ पुर्‍याएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ । मजदुरीमा जाने गरेकी आमाले छोरी बलात्कृत भइरहेको ढिलो मात्र थाहा पाएकी थिइन् । बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । गर्भ बसेको ३४ साता पुगेको चिकित्सकले बताएका छन् । ‘बालिकाले आफूसँग के भयो र परिणाम के हुन्छ भन्ने थाहा पाइनन्’, अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिंखडाले भनिन्, ‘गर्भवती भएको कुरा धेरैपछि मात्र थाहा भयो ।’…

Read More

उर्लाबारी, १३ चैत । दैनिक मजदुुरी गरेर परिवारको गुजारा चलाउँदै आएका वुुवाको मृत्युु भएपछि मोरङ धनपालथान गाउँपालिका वडा नं. ३ का चारजना वालिकाको विचल्ली भएको छ । खोलाको किनारमा सुुकुुम्वासी भएर जीवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरनको ट्युवेल गाड्ने क्रममा केहि दिन अघि मृत्युु भएको थियो । हेमरनको मृत्युु भएपछि सो परिवारलाई विहान वेलुुका छाक टार्न समस्या परेको छ । हेमरनको मृत्युु पछि चारजना छोरीको विचल्ली भएको हो । मृतक हेमरनका १३ वर्ष १० वर्ष, ८ वर्ष र ७ वर्षका छोरीहरु छन । कक्षा ८ मा पढ्दैगरेकी १३ वर्षिया कविता हेमरनलाई वुुवाको मृत्युभएपछि आफुुलाई कसले पढाउने भन्ने चिन्ता छ…

Read More