
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
खगेन्द्र घिमिरे मेचीनगर, ११ चैत । मेचीनगर–१० स्थित आम्दा मेची अस्पतालका चिकित्सकको लापरवाहीका कारण एक बालकको मृत्यु भएको परिवारले दावी गरेको छ । सामान्य वान्ता आएपछि उपचारका लागि अस्पताल ल्याइएका मेचीनगर–९ का १० वर्षीय गोपाल रिजालको चिकित्सकले विरामीको अवस्था बुझ्न नसक्दा सोमबार बिहान मृत्यु भएको हो । उपचारमा संलग्न डाक्टर युवराज रोयको लारपरवाहीका कारण बालकको मृत्यु भएको मृतकका बुवा नकुल रिजालले आरोप लगाए । उनले उपचार गर्न नसक्ने जानकारी डाक्टरले समयमा नगराउँदा आफूले एक्लो छोरो गुमाउनु परेको बताए । नानीलाई अस्पतालमा औषधि र सुई बढी नै दिएका थिए । घटनाक्रम सुनाउँदै उनले भने नानीको अवस्था सामान्य थियो, तर, धेरैवटा सुई…
काठमाडौँ, ११ चैत । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त भएको जानकारी दिनुभयो । “मृतकको सङ्ख्या यकिन हुन सकेको छैन, आयोजनास्थल विकट क्षेत्रमा भएकाले फोन सम्पर्क हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो । विसं २०६९ मा निर्माण…
विराटनगर, ११ चैत । प्रदेश नं १ को भौतिक पूर्वाधार विकास मन्त्रालयलले जनतालाई ठोस् र सुनिश्चित सेवा पाउने उद्देश्यले काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समीक्षा बैठकको समापनका अवसरमा प्रदेशमा निर्माण कार्य गर्दा मन्त्रालयको हित, पारदर्शी र तोकिएको समयमा सम्पन्न हुनेगरी गर्न आग्रह समेत गरिएको छ । सो अवसरमा मन्त्रालयका सचिव सागरकुमार राई र अनुगमन महाशाखा प्रमुख अशोक साहले विकास सम्बन्धी कार्यको उपलब्धि र नजिता प्रत्यक्ष रुपमा देखिनुपर्नेमा जोड दिनुभयो । बैठकमा पूर्वाधार विकास कार्यालय पाँचथर, भापा, मोरङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, ओखलढुङ्गा तथा यातायात पूर्वाधार निर्देशनालय, सुनसरीले दोस्रो…
काठमाडौँ, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय सरकारले आफूमा अधिकार केन्द्रीकृत गरेर राज्यका अन्य निकायलाई कार्यपालिकाको छाँया बनाउन खोजेको आरोप लगाएको छ । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले शक्ति सन्तुलन र नियन्त्रण तथा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत कार्यपालिकामा अधिकार केन्द्रीकृत गर्ने मनसाय राखेको निष्कर्ष निकालेको छ । बैठकका बारेमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले अधिकार केन्द्रीकृत गर्ने कदम विधिको शासनका हिसाबले पनि मान्य नभएको र यसले लोकतन्त्रलाई पनि बलियो नबनाउने बताउनुभयो । संविधानले तीनै तहका सरकारलाई अधिकार प्रदान गरेको भए पनि सरकारले बढी अधिकार केन्द्रित गर्ने उद्देश्यले कतिपय विधेयक ल्याएको उहाँको टिप्पणी…
बनेपा, ११ चैत । काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्ड कप’ फुटबल प्रतियोगितामा अत्तरिया क्लबलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सङ्कटाले अत्तरिया क्लबलाई शून्यका विरुद्ध तीन गोल गरी सेमिफाइनलमा प्रवेश गरेको हो । सङ्कटाका एकने क्रिस्टियनले खेलको ४०औँ, ८३औँ मिनेट र पछिल्लो अतिरिक्त समयमा गरी तीन गोल गरेका थिए । खेलको ‘म्यान आफ दी म्याच’ सङ्कटाका एकने नै घोषणा भए । उनलाई रु पाँच हजार दिइएको छ । अहिलेसम्मको प्रतिस्पर्धाका आधारमा सङ्कटा, काभ्रे जिल्ला फुटबल सङ्घ र जावलाखेल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल खेल आगामी १३ गते हुनेछ । मङ्गलबार नेपाल आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ…
बिर्तामोड, ११ चैत । हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले आफूलाई बद्नाम बनाउने उद्देश्यले भ्रमपूर्ण समाचार सञ्चारमाध्यममा आएको बताउनुभएको छ । ‘बलात्कारको मुद्दा मिलाउछु भन्दै ७ लाखलिएर गाउँपालिका प्रमुख फरार’विषयक समाचार सञ्चारमाध्यममा आएपछि उक्त घटनामा आफ्नै कुनै संलग्नता नरहेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले आज एक प्रेस विज्ञप्ति समेत जारी गर्दै घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । हल्दीबारी गाउँपालिका वडा नम्बर २ मा बलात्कार मुद्धाको विषयमा प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानवीन गर्नका लागि अभियोग लागेको व्यक्तिलाई हिरासतमालिई अनुसन्धान प्रकृया अघि बढाएको जानकारी समेत सञ्चारमाध्यममै प्रकाशित समाचारबाट मैले थाहा पाएको हुँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको विषयमा म आफैँ…
अशोक घिमिरे काठमाडौँ, ११ चैत । निकै आकर्षक गन्तव्यका रुपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज यहाँ भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानूनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरेको छ । नेपाली श्रमिकले प्राप्त गर्ने पारिश्रमिक जापानी नगारिकले सोही कामका लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सोभन्दा बढी हुनेछ । प्रत्येक कामदारलाई सहायता योजनाअन्तर्गत जापानमा दैनिक जीवनयापनसम्बन्धी अभिमुखीकरण गरिनेछ । दैनिक रुपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिकको बसाइँ र कार्यस्थलको…
भारतीय चलचित्र क्षेत्र विश्वमा निकै अगाडि बढिसकेको छ । जसले कयौँ पटक हलिउड चलचित्र क्षेत्रलाई पनि जितिसकेको छ । विश्वमै अगाडि बढ्न र नम्बर ‘वान’ हुनका लागि अभिनेत्रीहरुले धेरैपटक ‘बोल्डनेस’ को हद पार गर्नुपरेको थुप्रै उदाहरण भेटिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार कतिपय चलचित्रमा अभिनेत्री तथा अभिनेताले ‘रियल सेक्स’ गरेका छन् । ती चलचित्रहरु हलिउडका भएको भएपनि बलिउडमा पनि यस्ता हर्कतहरु नहुने भने होइनन् । केही यस्ता चलचित्र बलिउडमा पनि बनेका छन् जसमा अभिनेत्रीहरुले पर्दामा आफ्नौ सम्पूर्ण कपडा फुकालेर नाङगिएका थिए । सिमी ग्रेवालः चलचित्र ‘मेरा नाम जोकर’ मा ग्रेवालले पूरै नाङगो सीन दिएकी छिन् । उनलाई बलिउडमा ‘बोल्ड सीन’…
वासिङटन, ११ चैत । उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि तयार पारेका सारांशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरिएको बताइएको छ । गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कङ्ग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर निष्कर्ष निकालिएको छैन ।अर्थात् सो आरोपमा ट्रम्पलाई सफाइ भने मिलेको छैन । दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइयो । केहीलाई जेल पनि पठाइएको थियो । यसैबीच प्रतिवेदनबारे ट्रम्पले ट्विटरमा आफूले सफाइ पाएको दाबी गर्नुभएको छ । उहाँले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो,…
जियाङ्सु, ११ चैत । पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु हुने व्यक्तिको सङ्ख्यामा सोमबारसम्म ७८ पुगेको छ । स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जियाङसु प्रान्तको याङचेङ शहरमा अवस्थित उक्त रसायन कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट निकै शक्तिशाली थियो । यस विस्फोटमा परी अझै पनि कैयाँै व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई जीवितै उद्धार गरिएको उद्धार कार्यमा संलग्न अधिकारीले जानकारी दिएका छन् । जियाङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ शहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । विस्फोटमा परी घाइते भएका…