
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, २२ चैत । गौरादह खानेपानी सरसफाई उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ । गत चैत्र १६ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएका पदाधिकारीहरुलाई छैटौं पद सपथ ग्रहण, प्रमाण–पत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रमको आयोजना गरि विधिवत रुपमा पद हस्तान्तरण गरिएको हो । निवर्तमान उपाध्यक्ष दुर्गा गौतम र सचिव जिवन कार्कीले नवनिर्वाचित अध्यक्ष बाबुराम भण्डारी र सचिव डण्डीराज घिमिरेलाई निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए । त्यस अवसरमा पदाधिकारीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । निर्वाचन समितिका संयोजक डिल्लीराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका का मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा उपमेयर गीता भेट्वाल, नेकपा नगर…
सान नेपालगौरादह, २२ चैत । गौरादह नगरपालिका वडा नं. १ स्थित वडा कार्यालय सभाहलमा जैविक मल उत्पादन सम्बन्धि दुई दिने तालिम सुरु भएको छ । गौरादह सामुदायिक कृषि सहकारी संस्थाले आयोजना गरेको तालिममा संस्थाका शेयर सदस्यहरुमध्ये ७० जना अगुवा कृषकहरु सहभागी भएका छन् । तालिमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेले कार्यक्रमको औचित्य बारे बताएका थिए । तालीम लिए पश्चात किसानहरुले घरैमा जैविक मल उत्पादन गर्न सक्ने र करेसाबारीमा जैविक मलको प्रयोग गरी अग्र्यानिक साग सब्जी उत्पादन गर्न सक्ने बनाउनु तालिमको मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे । कृषि प्राविधिक तथा तालीमका सहजकर्ता मुक्तिनाथ बरालले सहभागी किसानहरुलाई जैविक मल बनाउने…
राजेन्द्र गौतमझापा, २२ चैत ।सहकारीलाई उद्यमसँग जोड्ने योजना बिस्तारै फराकिलो बन्दै गएको छ । थुप्रै सहकारीले उद्यम चलाएका छन् । तर,त्यो त्यति प्रचार हुन सकेको छैन । सहकारीले पैसा लिने र पैसा बेच्ने कामलाई प्रमुख बनाउँदा उद्यमको पाटो ओझेलमा परेको हो । सहकारीले पैसा लिन्छन् र पैसा बेच्छन् भन्ने आलोचना बढे पछि सहकारीमा आबद्धहरु व्यवसाय सञ्चालनमा अग्रसर भएका हुन् । ६२ औँ राष्ट्रिय सहकारी दिवसका दिन दुधेमा राखिएका विभिन्न २०स्टलले सहकारी व्यवसाय उद्यम उन्मुख बन्दै गएको प्रष्ट हुन्थ्यो । झापामा पहिलो पटक स्टल राख्ने काम गरिएको हो । त्यहाँ हिलिहाँङ–१ पाँचथरको दोरुम्बा कृषि संकलन तथा विक्री केन्द्र सहकारीले समेत स्टल…
काठमाडौं, २२ चैत । कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ । केन्द्रीय समितिले बहुमतका आधारमा कन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरु असन्तुष्ट छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
काठमाडौं, २२ चैत । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले वेग्लै सूची बनाएको हो । साबिक माओवादीसँगको भागबन्डामा एमालेले लिने भनिएका जिल्ला अध्यक्ष र सचिवहरूको सूची तयार गरेको नेपालनिकट एक नेताले बताए । स्रोतका अनुसार प्रचण्डसँगको सहमतिमा जिल्ला नेतृत्वको सूची अध्यक्ष ओलीले पनि बनाइसकेका छन् । त्यसलाई छिट्टै सर्कुलरमार्फत सार्वजनिक गर्ने ओलीको तयारी थाहा पाएपछि नेपाल आक्रोशित भएका थिए । त्यसपछि उनले निकट नेताहरूसँग परामर्श गरी…
सप्तरी, २१ चैत । प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र परीक्षाअगाडि नै सामाजिक सञ्जालबाट सार्बजनिक गरे गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। प्रदेश २ मा चैत १४ गते अनिवार्य विज्ञान र १५ गते अनिवार्य एसइई परीक्षाको प्रश्नपत्र परीक्षा अगाडि नै बाहिरिएको थियो। बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रदेश–२ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा संयुक्त पत्रकार सम्मेलन गरेर आरोपित दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्ने प्रहरी अधिकारीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दीपेन्द्रकुमार मण्डल छन्। उनीहरू सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत जवान थिए। पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक…
कास्की, २१ चैत । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेशको विकास र समृद्धि नभएसम्म आफूलाई आनन्दको अनुभूति नहुने बताएका छन्। जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा बिहीबार भएको विशेष सत्संग कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण भएर संविधान कार्यान्वयनका लागि आफू प्रदेश प्रमुख भए पनि मनमा भने आनन्द नभएको बताए। उनले भने, ुम अहिले जुन पद प्रतिष्ठामा छु, जे प्राप्ति भएको छ, त्यसमा अहिले मलाई आनन्दको अनुभूति छैन, एउटा प्रदेश प्रमुखले प्रदेश समृद्ध नभएसम्म कसरी आनन्द लिन सक्छरुु मानिसले प्रवचनबाट सुनेका कुरालाई ग्रहण गरेर जीवनशैली बनाउन सकेमा मात्र ज्ञान प्राप्त हुने हुँदा जीवन विज्ञानबाट जिउने कला प्राप्त हुने र मृत्युलाई पनि…
विराटनगर, २१ चैत । प्रदेश १ को सातवटा संसदीय समितिको सभापतिका लागि मनोनयन दर्ता भएको छ । दलहरुबीच भएको पूर्वसहमति अनुसार नै सातवटा समितिमध्ये सत्तापक्ष नेकपाको तर्फबाट सभापतिका लागि छ जनाले मनोनयन दर्ता गराएका छन । प्रतिपक्ष नेपाली काग्रेसका तर्फबाट लेखा समितिको सभापतिका लागि शिवराम गनगाईले मनोनयन दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ । बाँकी छ मध्ये पूर्वएमालेले चार, पूर्व माओवादीले दुई वटामा मनोनय दर्ता भएको हो । जसअनुसार एमालेभित्र नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका तीन जना र माधव नेपाल समूहका एक जना परेका छन् । प्रमुख निर्वाचन अधिकृत तथा संसद सचिवालयका सचिव अम्बिकाप्रसाद चौंलागाईंले सातवटै समितिको सभापति…
काठमाडौं, २१ चैत । संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बारा र पर्साका आँधी–हुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गरेका छन्। मन्त्री बास्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधिउपचार गर्नेलगायतका व्यवस्था गरिएको पनि बताए। बिहीबार गत चैत्र १४ गते बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आँधी–हुरी पीडितको उद्धार तथा राहतमा कमी हुन नदिन संघीय सरकारले प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न सामाजिक संघ, संस्थाहरूलाई परिचालन गरिरहेको पनि बताए। मन्त्री बास्कोटाले आँधी–हुरी पीडितको धनमालको क्षतिको एकीन विवरण आएपछि पुनस्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने पनि स्पष्ट पाए। प्रधानमन्त्री केपी ओली आफैँले…
काठमाडौं, २१ चैत । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएका हुन् । मतगणना सकिए पनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन । अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् । प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले मतगणना सकिए पनि अहिले मत जोड्ने काम भइरहेको बताए ।