झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १६ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको लागि आज देशभरि नै निर्वाचन हुँदैछ । बारको २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन् । आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ । नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बन्नुभएको छ । बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ । तीन वर्षेका लागि हुने कार्यसमितिमा…

Read More

विराटनगर, १६ चैत । मोरङको धनपालथानमा एक ट्युसन सेन्टरले एसईई परीक्षा उतीर्ण गराइदिने भन्दै जनही २५ हजार रुपैया लिएको पाइएको छ । धनपालथान गाउँपालिका– ६ दादरबेरियाको सरस्वती माध्यमिक विद्यालयमा परीक्षा दिने विद्यार्थीले पास गराउने ग्यारेन्टीसहित २५ हजार रुपैया बुझाएर खुला तर्फको एसईई दिएको बताए । मोरङबाट शिवशक्ति माध्यमिक विद्यालयले खुला एसएलसी गराउदै आएको छ । सोही स्कुलको परीक्षा केन्द्र सरस्वती माविमा पर्छ । जहाँ ३६२ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन् । परीक्षा केन्द्रमा खुल्ला तर्फबाट मात्र ३०५ विद्यार्थी सहभागी छन् । मोरङ, सुनसरी र झापका विभिन्न स्थानका ३०५ विद्यार्थी विभिन्न ट्यूसन सेन्टर मार्फत शिवशक्तिमा जोडिएका हुन् । उतीर्ण हुने सर्तमा…

Read More

विराटनगर, १६ चैत । ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छाडेको हो । उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारे गाउँकी ३० वर्षीया शारदा बराइलीलाई ५ चैतमा गाउँकै चौतारोमा लगेर मोसो दल्दै कुटपिट गरेका थिए । ऋण लिएको दुई लाख रुपैयाँ माग्दा छिमेकी पारस लिम्बूको समूहले शारदालाई चरित्रहीनको आरोप लगाउँदै कुटपिट गरेको थियो । घटनामा संलग्न ओमनाथ बराइली, यशोदा थापा…

Read More

रवीन्द्र काफ्ले फिदिम, १६ चैत । सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महीना राताम्य अकबरे खुर्सानी । मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्राङ्गारिक सागसब्जी । ललीपप, छुर्पी, घिउलगायत प्याकेटमा राखिएका स्थानीय दुग्ध उत्पादनहरु । विभिन्न प्रकारका प्रारङ्गारिक चिया । चिमफिङ, टिम्बुर, खनक्पालगायत स्थानीय जडीबुटी । पूर्वीपहाडमा उत्पादन हुने मौसमअनुसारका किबी, सुन्तला, स्याउलगायत फलफूल । सबै वस्तु सजाएर राखिएका छन् । इलामबाट पाँचथर र ताप्लेजुङ जाने सबैलाई आकर्षित गर्छ यी सबै कुरा पाइने स्थानीय उत्पादनको राँके बजारले । मेची राजमार्गमा प्रायः साना सवारीसाधन गुड्छन् र ती सबै रोकिन्छन् यही आकर्षक बजारमा । पाँचथर र इलाम जिल्लाको…

Read More

वीरगञ्ज, चैत १६ । चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा. यादवले तैत्र ६ गते सुनितालाई घरमै निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट अचेत अवस्थामा पुगेकी उनलाई गण्डकी अस्पताल पु¥याएको थियो । त्यहाँ उनलाई सघन कक्षमा राखिएको थियो । तर, अवस्थामा सुधार नआएपछि चिकित्सककै सल्लाहमा उनलाई काठमाडौं लगिएको थियो । आजको नागरिकमा खबर छ ।

Read More

काठमाडौं, चैत १६ । कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, नेता प्रकाशमान सिंहसहितका नेताहरू पछिल्लो तीन सातायता विभिन्न जिल्ला पुगिसकेका छन् । केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न निर्वाचित हुन नपर्ने गरी विधानलाई अन्तिम रूप दिएपछि शीर्ष नेताहरूले जिल्ला भ्रमणलाई प्राथमिकतामा राखेको देखिन्छ । नेताहरूले जिल्लामा सामान्य…

Read More

काठमाडौं, चैत १६ । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो । शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकास हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न ती शिक्षकलाई पुनः नियुक्ति दिइने हल्ला चलेको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, १५ चैत । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आज बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो । यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । पछिल्लो समय राखेप सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आउनुभएको थियो । नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण आज नयाँ मिति तय…

Read More

काठमाडौँ, १५ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को बाँकी विषयका परीक्षाका प्रश्नपत्रका सम्बन्धमा सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा विज्ञान र सामाजिक अध्ययन विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले उक्त निर्देशन दिएको हो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अप्रिय घटनालाई आपराधिक घटनाका रुपमा लिएर थप जिम्मेवार र संवेदनशील भई आगामी दिनको परीक्षाको तयारीमा जुटिराख्न सम्पूर्ण परीक्षार्थीलाई अनुरोध गर्नुभयो । मन्त्री पोखरेलले प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी सङ्गठन,…

Read More

काठमाडौँ, १५ चैत । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रियता बलियो बनाउन दलहरुबीच एकता आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा सनातन परम्पराको संरक्षणका लागि हिन्दू राष्ट्र र राष्ट्रिय अखण्डताका लागि राजसंस्थासहितको प्रजातन्त्र कायम गर्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय राष्ट्रियता कमजोर हुँदै गएकाले सबै राजनीतिक शक्तिहरुबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रियताको संरक्षण र समृद्धिका लागि सबै राजनीतिक दलबीच सहकार्य र एकता हुनुपर्नेमा जोड दिनुभयो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने भने पनि वाइड बडी प्रकरणको छानबिन नगरेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र…

Read More