
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ८ चैत । पर्सि चैत १० बाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा झापामा चार महिला केन्द्राध्यक्षमा तोकिनुभएको छ । जिल्ला विकास तथा समन्वय इकाइका अनुसार देवी मावि विर्तामोडमा अम्बिकादेवी श्रेष्ठ, जनजागृति मावि हल्दिबारीमा इन्दिरा चुँडाल, भृकुटी मावि कनकाईमा अञ्जना सिटौला र जनता मावि गौरादहमा थानेश्वरी निरौलालाई तोकिएको छ । जिल्ला विकास तथा समन्वय इकाइ प्रमुख योगेन्द्र बरालका अनुसार जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुँदैछन् । हाजिर नपुगेका, राजश्व नबुझाएका, सम्पर्कमा नआएकासमेत गरी जिल्लाबाट १२० विद्यार्थी एसइइ परीक्षा दिनबाट वञ्चित भएका छन् । पन्ध्र स्थानीय तहमा ५३ वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षालाई मर्यादित…
उर्लाबारी, ७ चैत । आफ्नी प्रेमिकाको हत्या गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी बेलबारीका पूर्व अध्यक्ष योगेन्द्र गुरुङविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरिएको छ । बेलबारी–४ का गुरुङले आफ्नी प्रेमिका २६ बर्षिया रमिला राईको हत्या गरी कोशी नदीमा फालेको प्रहरीको दाबी छ । रमिलाको हत्या गरी भागेका गुरुङलाई प्रहरीले दुई साताअघि ईलामबाट पक्राउ गरेको थियो । फागुन १७ गते बेलुका गुरुङसँगै घरबाट निस्किएकी रमिला सोही दिनदेखि बेपत्ता भएकी थिइन् । रमिला बेपत्ता भएको बिषयमा गुरुङले अस्पष्ट जवाफ दिएपछि प्रहरी थप संशकित बनेको थियो । परिवारले रमिलाको खोजी गर्ने क्रममा गुरुङ समेत फरार भएपछि विशेष सुराकीका आधारमा उनलाई पक्राउ…
काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सांसद शान्ता चौधरी दुई साताअघि संसद् सचिवालयमा बिदा फाराम बोकेर पुगिन् । उनी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् । आफ्नो जिम्मेवारी आगामी २० चैतसम्म सम्हाल्न नसक्ने भएकाले उनी बिदा माग्दै सचिवालय पुगेकी हुन् । आजको राजधानी दैनिक लेख्छ– दुई सातादेखि दाङस्थित आफ्नो निवासमा बसेर बाहिरी राजनीतिको विषयमा कुनै ध्यान नदिएर सांसद चौधरी परीक्षामा एकाग्र भएकी छन् । उनी अहिले मुलुकको कानुन बनाउनेभन्दा त्यही कानुनले व्यवस्था गरेको शिक्षाको अधिकार प्रयोग गरिरहेकी छन् । कारण हो, एसईई परीक्षाको तयारी । पाँच दिनपछि एसईई परीक्षा सुरु हुँदै छ । यो वर्ष उनी एसईईको परीक्षामा…
काठमाडौं, ७ चैत । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मका बारेमा जनमत संग्रह गर्नुपर्ने बताएका छन् । होलीका अवसरमा बुधबार आफ्नै निवासमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘धर्म निरपेक्षता मात्रै होइन, संघीयता र गणतन्त्रबारे जनमत संग्रह गरेर जनताको इच्छा बुझ्न आवश्यक छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रका लागि जनमत लिनुपर्छ ।’ कोइरालाले धर्म निरपेक्ष वा सापेक्ष हुन नसक्ने बताए । कांग्रेस नेतृत्वको सरकारले नै संविधान जारी गरेर मुलुक गणतन्त्रमा गई कार्यान्वयन भइरहेको अवस्थामा महामन्त्री कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नु पर्ने धारणा व्यक्त गरेका हुन् । कोइरालाले धर्म निरपेक्षका विषयमा जनमत संहग्र गनुपर्ने संग्रह गर्नुपर्ने धारणा यसअघि…
काठमाडौं, ७ चैत । सरकारले नेपाल कम्युुनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई निर्देशन दिएको छ । प्रहरीले आवश्यक अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो । मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो । ललितपुरको नख्खुमा भएको बम विस्फोथटन र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा…
काठमाडौं, ७ चैत । भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम रूपमा छ्यापछ्याप्ती बिक्री हुने गरेका छन् । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हुँदै आएको छ । जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौं, ७ चैत । विश्वमा सबैभन्दा खुसी देशको सूचीमा यसवर्ष फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् । यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड, स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् । यो सूचीमा नेपाल १०० औं स्थानमा रहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, ७ चैत । पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा अोली र ऊर्जामन्त्री वर्षमान पुनले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खातासमेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युतत् कार्यक्रम संयोजन समितिका सदस्य सचिव एचआइडिसिएल सिइओ छविराज पोखरेलले बताए । ऊर्जामन्त्रीले पनि ग्लोबलमै डिम्याट खाता खोलेको उनले जानकारी दिए । ‘प्रधानमन्त्री र मन्त्री दुवैले बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । प्रधानमन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गर्ने जानकारी पाएकोसमेत उनले बताए ।…
काठमाडौँ, ६ चैत । काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुले एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको…