झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काबुल ३ चैत । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ सेनाको सवारी साधनलक्षित भएको विस्फोटमा परी तीन अफगान प्रहरीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता हरिफ नुरिमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । यस शक्तिशाली विस्फोटमा परी सेनाको सवारी साधन पनि ध्वस्त भएको जनाइएको छ । शान्तीका दुश्मन तालिबान लडाकू समूहले नै…

Read More

विराटनगर, ३ चैत । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताउनुभयो । उहाँले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पार्नुभयो । उपप्रधानमन्त्री…

Read More

सागर आलेको स्वरमा समवोश ‘पल्लाघरे काका’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा टिका दाहालको संगीत, राम्बो अधिकारीको शब्द छ । यो गीतको भिडियोमा नायिका बर्षा राउत, कलाकार सुरविर पण्डिट र राम्बो अधिकारीलाई देखाइएको छ । गम्भिर बिष्टले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । यो भिडियोमा गाउँका अल्लारे यूवा र गाउँका गफाडी काकाको संवाद पनि समावेश गरिएको छ । जसले भिडियोलाई अझै रोचक बनाएको छ ।

Read More

विर्तामोड, ३ चैत । विर्तामोडको मिडलपोइन्ट इलेमेन्ट्री स्कूलले थ्रिडिआई स्कूल न्यजिलेण्डमा विकास गरिएको पाठ्यक्रम पठनपाठन गराउने विषयमा अभिभावक भेला गरी छलफल गरेको छ । अत्याधुनिक प्रविधिबाट पठनपाठन गराउने उद्देश्यले आयोजना गरिएको भेलामा विद्यालयका सम्पूर्ण अभिभावकहरुको उपस्थिति थियो । समयसापेक्ष अत्याधुनिक प्रविधियुक्त प्रयोगात्मक प्रविधिबाट पठनपाठन गराउने उद्येश्यले थ्रिडिआई स्कूल न्यूजिलेण्डमा विकास गरिएको कम्प्युटर सप्टवेयरका बारेमा छलफल गरिएको विद्यालयका शैक्षिक प्रमुख केशव सापकोटाले जानकारी दिए । अत्याधुनिक कम्प्युटर ल्यावमा थ्रिडिआई सप्टवेयर मार्फत अडियो भिजुवलको माध्यमद्धारा विद्यार्थीहरुलाई पठनपाठन गराउने योजना अन्तर्गत अभिभावक भेलाको आयोजना गरिएको सापकोटाले बताए । भेलामा प्रशिक्षणका लागि आएकी थ्रिडिआई स्कूल नेपालकी प्रमुख (कन्ट्री डाइरेक्टर) सृजना प्रधानले शिक्षामा नयाँ प्रविधि…

Read More

बिर्तामोड, ३ चैत । झापाको बिर्तामोडमा सञ्चालनमा आएको चिकन स्टेशनले नयाँ रेसिपी पस्केको छ ।‘फ्रेन्चाइज आइटम’को स्वाद पस्किँदै आएको चिकन स्टेशनले राइस बोइल, एनिमल फ्राइस्, चिज बल्स, चिकेन पिज्जा लगायतका नयाँ परिकार ग्राहक माझ ल्याइएको सञ्चालक मदन राईले बताउनुभयो ।

Read More

बिर्तामोड, ३ चैत । झापा भद्रपुर नगरपालिका–२ स्थित किच्चकवधको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का राम लिम्बूको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका–४ लोकेन्द्र लिम्बूका छोरा १३ वर्षीय इदम लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । शनिबार करिब ३ः४५ बजे साथीहरुसँग खेल्न गएका लिम्बूको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

Read More

बनियानी, ३ चैत । झापाको कचनकवल गाउँपालिकाबाट गोरु काट्दा–काट्दै गरेको अवस्थामा शनिबार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–४ खुट्टामुनीका ४५ वर्षीय फत्ते मोहमद मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मियालाई प्रहरीको गस्ती टोलीले गोरु काट्दै गरेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका मियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

पोखरा, ३ चैत । स्टार्स स्टुडियो प्रालिको पर्दामा निर्मित तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ । जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । रोशन गुरुङको कथा एवं माओत्से गुरुङको पटकथा र मुख्य अभिनय रहेको चलचित्रमा रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय रहेको निर्देशक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख ७ गते पोखरास्थित विन्दवासिनी चलचित्र मन्दिरमा १२ः०० बजे र ३ः०० बजे गरी दुई सो प्रदर्शन गरिने छ । यसअघि चलचित्रको पहिलो प्रिमियर सो…

Read More

गलेश्वर, ३ चैत । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई)मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो । सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो । मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई रु १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण…

Read More

मेचीनगर, ३ चैत । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ६१ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ५५ हजार मूल्य बराबरको बिभिन्न थान कपडा, ईलोक्ट्रोनिक्स सामान र भाडावर्तन बरामद गरेको थियो । त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ६ हजार मूल्य बराबरको ४ बोरा मटर बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Read More