झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १७ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासङ्घद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्घनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक दुईदिने प्रादेशिक गोष्ठीेको उद्घाटन गर्दै उहाँले प्रदेश सहकारी ऐन प्रदेशसभामा पेश भइसकेको र सहकारी मैत्री आउने विश्वास दिलाउनुभयो । महासङ्घका अध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले प्रदेशमा सहकारी अभियानले गति लिएको यसमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय नारालाई सार्थक बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले…

Read More

भरतपुर, १७ फागुन । चितवनमा आजदेखि १६औँ मेयर्स चितवन च्याम्पियनशिप ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमबीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ब्याटिङ गरी उद्घाटन गर्नुभयो । नारायणगढस्थित क्याम्पाचौरमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र चितवन क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा चितवन क्रिकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गरेको हो । २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुर १५।१ ओभरमा ८६ रनमा अलआउट भयो । ८७ रनको लक्ष्य पछ्याएको चितवनले १६।१ ओभरमा ८६ रनमै अलआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभर पनि…

Read More

ललितपुर, १७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षकले विद्यालयमा शिक्षाका साथसाथै देशभक्तिको भावना जगाउन आवश्यक भएको बताउनुभएको छ । ललितपुर महालक्ष्मी नगरपालिका ज्यामिरकोटस्थित श्री विश्वामित्र गणेश माध्यमिक विद्यालयको ३७औँ वार्षिकोत्सवमा नेता नेपालले विद्यालयमा शिक्षकले शिक्षाका साथै उपयुक्त संस्कार बनाउन ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । “एउटा विद्यार्थी सफल हुन घर, विद्यालय र समाज सबैको उत्तिकै भूमिका आवश्यक रहन्छ”, नेता नेपालले भन्नुभयो, “एउटा असल विद्यार्थीले एउटा गाउँ मात्र होइन पूरै समाजलाई समेत असल बनाउन सहयोग पु¥याउँछ ।” महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले विद्यार्थीको भविष्यलाई मध्यनजर गरी तीन विद्यालयमा प्राविधिक शिक्षाको शुभारम्भ गरेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “थप…

Read More

काठमाडौँ, १७ फागुन । ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनाका तीन अभियुक्तलाई जनही दश वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश धनसिंह महराको इजलासले आज सामूहिक बलात्कारको घटनाका अभियुक्त रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही दश वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–१ गोदामचौरमा २०७४ साल मङ्सिर २ गते सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दाको सुनुवाइपछि सो फैसला सुनाइएको होे । दोषीलाई कैद सजायसहित ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही रु एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको छ । सामूहिक बलात्कारपछि ज्यान मार्ने…

Read More

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्पो २०१९ को आज यहाँ उद्घाटन गर्दै उहाँले सबै मिलेमा देश औषधिमा आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । बुद्धि र प्रविधिको साटासाट स्थलका रुपमा एक्पो पाएको भन्दै उहाँले सरकार औषधि उद्योगको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेकामा प्रतिबद्धता जनाउनुभयो । औषधि निर्यातसमेत भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको भन्दै उहाँले भन्नुभयो, “कहाँ के के गर्नुप¥यो, तपाईंहरुको साथमा सरकार छ ।” सरकार, निजी क्षेत्र र जनता मिल्नै पर्ने भन्दै उहाँले सबै मिलेमा दुनियासँग प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।…

Read More

पशुपतिनगर, १७ फागुन । नेपाली चियाको लिलाम बिक्री केन्द्र ‘अक्सन मार्केट’ बनाउन अध्ययन र अवलोकनमै करीब रु एक करोड खर्च भइसके पनि अहिले काम ठप्प रहेको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको बजेटमा चियाको अक्सन मार्केट निर्माणले प्राथमिकता नपाएपछि काम ठप्प भएको हो । किसान र व्यवसायीले अक्सन मार्केट निर्माणका लागि माग गरेपनि सरकारले बजेटमा चिया र अक्सन मार्केट निर्माणमा चासो नदिएको सूर्योदय टि एशोसिएशनका सचिव गोपाल कट्टेलले बताउनुभयो । “हामीले वर्षौदेखि माग गरेपनि चालु आर्थिक वर्षमा अक्सनका विषयमा कार्यक्रम नै छैन”, उहाँले भन्नुभयो, “चिया तथा कफि विकास बोर्डमार्फत अक्सन मार्केट निर्माणका लागि रु एक करोड रुपियाँ खर्च…

Read More

रुपन्देही, १७ फागुन । पाँचौँ राष्ट्रिय खुला रनिङशिल्ड लोक दोहोरी प्रतियोगिता तथा सांंस्कृतिक महोत्सव बुटवलमा हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना र रुपन्देही शाखाको सह आयोजनामा पहिलोपटक राजधानी बाहिर बुटवलमा प्रतियोगिता हुन लागेको हो । आयोजकले आज बुटवलमा पत्रकार सम्मेलन गरी फागुन १९ देखि २५ गतेसम्म बुटवल मण्डपमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् । प्रतियोगिताका लागि अहिलेसम्म ४८ समूहले नाम दर्ता गरेका छन् । महोत्सवमा १२० स्टलसमेत रहने छन् । प्रतियोगितामा पुरुष÷पुरुष वा महिला÷महिलाले पनि दोहोरीमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । महोत्सवमा प्रवेशको लागि विद्यार्थीलाई रु ३० र…

Read More

नारायण अधिकारी चितवन, १७ फागुन । पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैँ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई छ पटक टेलिफोन गर्नुभयो । मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उहाँको स्वर्गारोहण भयो । मन्त्री अधिकारीको सोे सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफै लागिपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ ।” नगरप्रमुख दाहाल भन्नुहुन्छ, “१५ दिनयता उहाँ स्वयंले मलाई पाँच÷छ पटक टेलिफोन गर्नुभयो । विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग…

Read More

विष्णु नेपाल काठमाडौँ, १७ फागुन । दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्योदय । आजको सूर्योदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातजनालाई अन्तिम श्रद्धाञ्जलि दिन आएका आफन्तजन तथा शुभेच्छुक शोकले डुबेँ । नेपाली सेनाको एक टुकडिको शोकधुनसँगै हजारौँले पार्थिव शरीरमा पुष्पार्पण गरिरहनुभयो । सिर्जनशील, ऊर्जावान् एवं सबैको भरोसाका केन्द्रका रुपमा रहेका मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका…

Read More

उर्लाबारी, १७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताउनुभएको छ । पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गरिनेछ ।” अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै फागुन मसान्तभित्र माग पूरा नभए चैतदेखि देशव्यापी सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो । उहाँले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण…

Read More