
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १९ फागुन । विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् । सन् २०११ मा अमेरिकामा चीनभन्दा दोब्बरले विद्युतीय सवारीसाधन गुड्ने गर्थे तर सन् २०१४ पछि चीनमा प्रयोगको दर विश्वमै बढी रहेको पाइएको छ । सन् २०१८ सम्ममा अमेरिकामा ३ लाख ६१ हजार ३ सय सात र चीनमा १२ लाख ५५ हजार विद्युतीय सवारी गड्दै आएका छन् । प्राथमिकताविहीन विद्युतीय…
दमौली, १९ फागुन । तनहुँको भिमाद नगरपालिका–५ मा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सात घर दलित र ५२ घर आदिवासी जनजातिको बसोबास रहेको यस ठाउँका १७० महिला र १७३ पुरुष आयोजनाबाट लाभान्वित भएका छन् । स्थानीयवासीलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ विसं २०७४ मङ्सिर २९ गतेबाट निर्माण शुरु भएको आमडाँडा खानेपानी आयोजना रु ८४ लाख ४७ हजार २७१ को लागतमा सम्पन्न भएको हो । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना निर्माण गरिएको परियोजना सल्लाहकार बासुदेव पाण्डेले जानकारी दिनुभयो । खानेपानी आयोजनाका लागि नेपाल सरकारले रु ३० लाख २८ हजार २६२,…
काठमाडौँ, १९ फागुन । नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी मेदेखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि बढाउने सम्झौतामा सहभागी विभागका उपमहानिर्देशक सुधिर रजौरेले जानकारी दिए । सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जियोलोजिकल सर्भेका तर्फबाट भाइस प्रेसिडेन्ड वाङ् कुनले हस्ताक्षर गरेको हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । सम्झौता अनुसार दुई महिनापछि काम थाल्ने चिनियाँ टोलीले दैलेख, सुर्खेत, बुटवल, पाल्पा र बराह चतरा क्षेत्रमा विस्तृत अन्वेषण अध्ययन गर्नेछ…
चिप्लेढुङ्गा, १९ फागुन । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उहाँको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ । विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हु“दै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाउनुभएको र पछिल्लो समय…
काठमाडौ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको आज राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको आज राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो । नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उहाँको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तत्कालिन नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँजस्ता लोकप्रिय…
काठमाडौँ, १८ फागुन । सत्तारुढ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्वर्गीय अधिकारीको सम्झनामा रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपाका नेता रुपनारायण श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताका लागि उहाँ ‘रोल–मोडल’ भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको विद्यार्थी आन्दोलनलाई अधिकारीले मूल प्रवाहमा ल्याउनुभएको हो । उहाँ सबै पार्टीका युवा नेताका लागि ‘रोल–मोडल’का रुपमा स्थापित हुनुहुन्थ्यो ।” नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू र स्वर्गीय अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको बताउँदै मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको बताउनुभयो । अधिकारीमा…
दमक, १८ फागुन । झापा गौरादहको सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका स्वर्गीय नरबहादुर बस्नेतको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । आधुनिक गौरादहका परिकल्पनाकार स्व डिठ्ठा बस्नेतको आज १०१ औँ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठान उद्घाटन गरिएको हो । सामाजिक क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको सो प्रतिष्ठानको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज उद्घाटन गर्नुभयो । उहाँले गौरादहको विकासका लागि स्व बस्नेतको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यसमा प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विभिन्न सामाजिक काममा सक्रिय पाँच जना अगुवालाई सम्मानसमेत गरिएको थियो । यसैबीच, मन्त्री…
सुरुङ्गा १८ फागुन । झापाको बाह्रदशी गाउँपालिका–५ मा आज ढिस्को भत्किँदा एक किशोरको पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षीय मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार घर नजिकैको मकै बारीमा खेल्ने क्रममा जेसिवीले माटो काटेर बनाएको ढिस्को भत्कँदा उनी पुरिएका थिए । ढिस्कोले पुरिएलगत्तै उद्धार गरी उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड, १८ फागनु । मगमग झापा गोल्डकपको चौथो संस्करणमा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले क्वाटरफाइनलमा हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने । खेलको ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बुलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्काे गोल आफैले गरेका थिए । खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए । डि एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोष्टको दिसा…
काठमाडौँ, १८ फागुन । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उहाँको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीर महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन् । बितेका २४ घन्टादेखि पिसाब बन्द भएको छ । पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उहाँको स्वस्थ्यमा सुधार नभएको बताउनुभयो ।