
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधानको भावनाअनुसार सहकारी तीनखम्बे अर्थनीति भएकाले यसलाई सबल बनाउन सरकार तयार रहेको उल्लेख गर्नुभयो । “वर्तमान सरकार पूरै सहकारीमैत्री छ, सहकारीले पनि सहकारी दर्शन, सिद्धान्त, मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्दछ । सबैभन्दा धेरै आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्न साना हैन ठूला क्षमताको उत्पादनका निम्ति मिलेर काम गर्नुस्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासङ्घका अध्यक्ष केशव बडालले बताउनुभयो । उल्लेखित सबै विषयमा…
ताप्लेजुङ, ३१ साउन । के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान् ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले ।’ ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते…
काठमाडौँ, ३१ साउन । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गर्नुभयो । सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पु¥याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि…
पाँचथर, ३१ साउन । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन…
उर्लाबारी, ३१ साउन । कृषि विकास बैंक उर्लाबारी शाखाले आर्थिक वर्ष २०७४÷७५ मा रु ५७ करोड ५७ लाख ८५ हजार कर्जा प्रवाह गरेको छ । सो बैंकले गत आवमा रु ५० करोड कर्जा प्रवाह गर्ने लक्ष्य लिएको थियो । गत आवमा रु ४४ करोड ५० लाख कर्जा असुली गर्ने लक्ष्य लिएकामा रु ५४ करोड ६१ लाख ५९ हजार असुली गरेको बैंकका प्रबन्धक रक्षक रायले जानकारी दिनुभयो । रु पाँच करोड ब्याज असुली गर्ने लक्ष्य लिएको सो बैंकले गत आवमा रु पाँच करोड ६३ लाख ८२ हजार असुली गरेको छ । गत आवमा रु सात करोड २४ लाख ७२ हजार खुद…
काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिनुभयो । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।
बलिउड अभिनेता आमिर खान आफ्नो निजी जीवनका कुराहरु मिडियामा ल्याउन रुचाउँदैनन् । विशेषगरी आफ्नो दाम्पत्य जीवनका विषयमा । सबैलाई थाहा छ कि आमिरको पहिलो बिहे असफल भएको थियो । रिनासँग बिहे गरेको १६ वर्षपछि उनले डिभोर्स गरेका थिए । त्यसको केही समयपछि उनले किरण रावसँग दोस्रो बिहे गरे । अहिले उनको दाम्पत्य जीवन राम्रै चलिरहेको छ । भारतीय मिडियासँग आफ्नो वैवाहिक जीवनबारे नबोलेका आमिरले हालै एक चिनीया पत्रकारसँगको अन्तरवार्तामा मुख खोलेका छन् । उनले आफ्नो पहिलो र दोस्रो श्रीमतीको विषयमा सम्भवतः पहिलोपटक मिडियामा टिप्पणी गरे । ‘मेरो पहिलो श्रीमती रिना एकदम कठोर थिइन्,’ उनले भने, ‘उनको र मेरो शैली पटक्कै…
विषालु सर्पको देख्दैमा मन डराउँछ । तर यो दुनियाँमा एकजना यस्ता मान्छे छन् जो २ सय विषालु सर्पको बीचमा बस्दछन् । भारतको छत्तिसगढस्थित बिलासपुर नजिकै रहेको पेड्राका बासिन्दा द्वारका कोलले २ सय सर्प पाल्नका लागि आफ्नो घरकै छेउँमा एउटा घर बनाएका छन् । उक्त झुपडीमा कोब्रा तथा करेटलगायतका खरतनाक सर्पहरु पालिएका छन् ।पछिल्लो २१ वर्षमा उनले झण्डै ५ हजार सर्प पक्रिएका छन् । यद्यपि, सर्प समाउने काम उनको जिउ पाल्ने पेशा होइन । उनी शौख र सहयोगका लागि मात्र यो काम गर्दछन् । आफूले पक्रिएका सर्प उनले घरभित्र ल्याएर राख्दछन् । उनले पालेका कुनै पनि सर्पको उनले दाँत फुकालिदिएका छैनन्…
भद्रपुर, ३१ साउन । मृगौला रोगबाट पीडित पूर्व फुटवल खेलाडी राजी राजवंशीलाई उपचारका लागि ४० हजार ५ सय रूपैया आर्थिक सहयोग गरिएको छ । नेपाल पुलिस क्लवमा समेत रहेर राष्ट्रिय फुटवल टिममा लामोसमय खेलाडीका रूपमा रहेका राजवंशी ३ महिना यता मृगौला रोगबाट पीडित भएपछि उपचारमा आर्थिक संकट आउन थालेपछि खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरुले आर्थिक संकलन गरी सो रकम राजवंशीलाई हस्तान्तरण गरेका हुन् । भद्रपुर नगर प्रमुख तथा पूर्व खेलाडी जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले ३७ जना खेलाडी एवम् शुभचिन्तकबाट संकलित रकम ४० हजार ५ सय प्रदान गरेका हुन् । २०३९ सालबाट झापालाई केन्द्र बनाएर फुटवल खेल्न थालेका ५२ वर्षीय…
सान नेपाल गौरादह, ३१ साउन । चाडपर्व नजिकिँदै गर्दा चोरीका घटना सुनिन थालेका छन् । गौरादह वडा नं. २ मा रहेको कलाकार सीताराम ताजपुरियाको घर फुटाएरसामान चोरी भएको इलाका प्रशासन गौरादहले जनाएको छ । विगत केही देनदेखि कलाकार ताजपुरिया श्रीमतीसहित काठमाडौँ बस्दै आएका थिए । घरमा कोही नभएको मौका पारी मुख्य ढोका फुटाएर रातको समयमा चोरी भएको बताइएको छ । घटना भएको सूचना पाउने बित्तिकै प्रहरीको टोली उक्त स्थानमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । अनुसन्धान क्रममा केही लत्ताकपडा र खाली सुटकेस घरदेखि १०० मिटरको दुरीमा भेटिएको बताइएको छ । त्यस्तै, घरदेखि करिब ५०० मि. टाढा धान खेती भएको ठाउँमा…