झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

के तपाइँ अरुले प्रयोग गरेका गन्ध आउने मोजा लगाउन सक्नुहुन्छ ? सायद गाह्रो हुनुहुन्छ । तर तपाइँजस्तै सबै मान्छे कहाँ हुन्छन् र ? यो दुनियाँमा कोही मानिस आफुले प्रयोग गरिसकेका गन्हाउने मोजा बेचेरै करोडपति बनेका छन् । बेलायतमा एकजना महिला यस्ती छिन् जसले आफूले प्रयोग गरिसकेका मोजा तथा जुत्ता बिक्रि गरी वर्षमा डेढ करोड बराबरको रकम आम्दानी गर्दछिन् । ३३ वर्षकी रक्सी स्काइजका खुट्टा निकै सुन्दर छन् भनेर एकजना साथीले प्रसंसा गरेपछि उनलाई आफ्ना खुट्टाबाटै चर्चित भएर मालामाल बन्ने सोँच आयो । त्यसपछि उनले आफ्ना इन्स्टाग्राम अकाउन्ट खोलिन् । अनि आफ्ना सुन्दर खुट्टाका तस्वीरहरु अपलोड गर्न थालिन् । उनी विस्तारै…

Read More

अभिनेतामा अहिले प्रदीप खड्काको लोभलाग्दो डिमान्ड छ । अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि कम छैन । दुवै अभिनेतारअभिनेत्री अहिलेका ‘हटकेक’ हुन् । उनीहरुलाई फिल्ममा लिएपछि सफलताको झन्डा गाड्न गाह्रो नहुने निर्मातारनिर्देशकलाई विश्वास छ । यसैले त दुईको पारिश्रमिक पनि छोइसक्नु छैन । अहिले अभिनेता खड्का एक फिल्मबापत करीब ५० लाख बुझ्न गर्छन् भने अभिनेत्री शाह १५ लाखको आसपास लिने गरेकी छन् । दुई स्टार्सलाई एउटै फिल्ममा लिने हो भने निर्माताले लिड कलाकारका लागि मात्र करीब ६५ लाखसम्म पारिश्रमिक छुट्याउनु पर्ने हुन्छ । तर, अहिलेसम्म यो संयोग जुरेको छैन । दुई चल्तीका कलाकारलाई लिएर धेरै निर्माता÷निर्देशकले फिल्म बनाउन नखोजेका होइनन् ।…

Read More

काँकरभिट्टा, १८ कात्तिक । के टाउन इभेन्टस् र मेची जिम क्लवले आइतबार ‘केभिटी फेस्टिभल नाइट’ आयोजना गर्ने भएका छन् । इभेन्ट मेनेजर सुमन थापाका अनुसार शुभ दिपावली, छठलगायत पर्वहरुको सन्दर्भ पारेर एक दिने साँगीतिक कार्यक्रम गर्न लागिएको हो । काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन गरिने साँगीतिक साँझको मुख्य प्रायोजकमा सुपर मी चाउचाउ र सह प्रायोजकमा फोर्ड रहेको छ । अपरान्ह ३ः३० बजेदेखि सुरु हुने साँगीतिक कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित ब्याण्डको विशेष प्रस्तुती रहनेछ । एपी वान टिभीबाट प्रशारित कार्यक्रम भ्वाइस अफ नेपालका प्रतियोगि मेचीनगर–६ का कुशल आचार्य र योगेन्द्र उपाध्यायलाई हौसला प्रदान गर्ने उद्धेश्यले कार्यक्रम तय…

Read More

स्याङ्जा, १८ कत्तिक । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा शनिबार भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् । एकलतर्फ १० अङ्क प्राप्त गरी कोरियाली खेलाडी स्यानग्यु लिम पहिलो भएका छन् भने कोरियाकै किम कि हियोन ११ अङ्क प्राप्त गरी दोस्रो भएका छन् । नेपालका युकेश गुरुङ २८ अङ्क प्राप्त गरी १०औँ स्थानमा पर्न सफल भएका छन् । समूहगत खेलमा समेत कोरियाली…

Read More

अच्युत रेग्मी काठमाडौँ, १८ कात्तिक । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाए पनि पार्टीले आवश्यक निर्णय गर्न नसक्दा समस्या उत्पन्न भएको हो । नेविसङ्घ केन्द्रीय समितिको बहुमतको आधारमा उमेरहद हटाउने प्रस्ताव ल्याए पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले उमेरहद लगाउने निर्णय…

Read More

सुरुङ्गा, १८ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–३ झिलझिले सडकखण्डमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को६प ८९७४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको को२च ११८१ नम्बरको मारुती भ्यानसँग ठोक्किँदा मोटरसाइकल पछाडि बस्ने शेर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दमक–११ निवासी ४० वर्षीय तारा शेर्मा गम्भीर घाइते भएकाले बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Read More

काठमाडौं, १८ कात्तिक । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वको आकांक्षा नत्यागेपछि राप्रपा एकीकरण अन्योलमा परेको छ । तीन पार्टी मिलाउन संस्थापक नेता लोकेन्द्रबहादुर चन्द्र, बुद्धिमान तामाङ लगायतले दवाव दिँदै आएका छन् । ‘हामीले तीन पार्टी मिलेर एउटै राप्रपा बनाउँ, नभए हाम्रो हालत टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद जस्तै हुन्छ भन्दै तीन अध्यक्षलाई दवाव दिइरहेका छौ’ एक नेताले भने ‘तर, तीनै जना अध्यक्षको ध्यान नेतृत्वमा मात्रै छ । त्यसैले समस्या पारिरहेको छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौं, १८ कात्तिक । चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ । आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ । सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ । सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति…

Read More

काठमाडौँ, १८ कात्तिक । भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ । सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी, अरब, युनाइटेड बरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रुपमा जाने र अलपत्र पर्ने भएपछि रोक्न एनओसी पेस गर्नुपर्ने नियम लागु भएको थियो । अहिले युरोप,…

Read More

मकवानपुर, १८ कात्तिक । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउन समेत मुख्यमन्त्रीलाई चुनौती दिए । मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी भएको स्रोतको दाबी छ । स्रोतका…

Read More