झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १९ कार्तिक । भद्रपुर १० स्थित विभूति विद्या मन्दिर माध्यमिक विद्यालयल चन्द्रगढीले २५ औं वर्ष गाँठको अवसर पारेर विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । विभिन्न जातीय भेषभुषा सहित कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका ४ सय ५० जना विद्यार्थीले नृत्य, गायन फेसन सो, र नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममाथि चौचित्य प्रस्तुत गर्दै प्राज्ञिक निर्देशक पुरुषोत्तम लम्सालले प्राथमिक तहबाटै विद्यार्थीलाई कला सँस्कृतिको पहिचान दिलाउन विद्यालय लागि परेको प्रष्ट पारेका थिए । कार्यक्रममा संस्थापक…

Read More

दीपक चापागाई हामी नेपाली सयौँ वर्षदेखि अन्तत समस्यामा जकडिरहेका छौँ । हाम्रा अनेकौँ समस्या दुबो झाँगिए झैं झाँगिरहेका छन् । समाधानका बाटाहरु भन्दा पनि समस्यामा चाङ्गहरु बग्रेल्ती छरिएका छन् । यो मुलुकको समस्या समाधान समृद्ध र समुन्नत नेपालका लागि धेरै नेपालीले बलिदान दिइसकेका छन् । त्यसपछि अधिकारको लडाई पनि धेरै लडिसकिएको छ । अब अधिकार भन्दा रोजगारको लडाई लड्नुपर्ने भएको छ । समृद्धि कोरा भाषण र कागजमा मात्र सीमित रहेर हामी सुखी नेपाली बन्न सक्दैनौँ । जसका लागि यो मुलुकको नेतृत्व गर्ने मानिसले व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नु पर्छ र मुलुकको हितमा काम गर्नुपर्छ । राष्ट्र समुन्त बनाउन प्रत्यक नागरिकको…

Read More

सुरेन्द्र भण्डारी सुरुङ्गा, १९ कात्तिक । “देब्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसकें, रोग निको भएन” बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अङ्ग देखाउँदै भन्नुभयो – “डाक्टरसाब मलाई जसरी पनि निको पारिदिनुहोस् ।” चिसोमा बिहान बेलुका खप्नै नसक्ने गरी सिङ्गै पातै दुख्ने उहाँको थप समस्या रहेछ । सोही गाउँपालिका–५ निवासी गुदु राजवंशीको पनि समस्या उस्तै छ । उहाँ पनि घुँडाको जोर्नी दुखेर हिँड्डुल गर्नै समस्या भएपछि चकचकी आयुर्वेद औषधालयमा पुग्नुभयो । आयुर्वेद औषधालयका कविराज निरीक्षक अनिल ठाकुरले उहाँहरु दुवैको स्वाथ्य जाँच गर्दै औषधालयमा रहेको स्वेदन यन्त्रद्वारा स्नेहन स्वेदन गराउन…

Read More

विराटनगर, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ भन्नुभयो । अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको हो भन्नुभयो । केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उहाँले पार्टीका दुवै अध्यक्षबीच…

Read More

कावासोती, १९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउ“पालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । घाइते तीन जनाको नया“…

Read More

सान नेपाल गौरादह, १९ कात्तिक । गौरादह न. पा. ८ स्थित वैरातीमा शुभकामना आदान प्रदान गरिनुका साथै हुक्का हुक्की पर्व मनाइएको छ । कोचिला गमुर फ्रन्ट गौरादह नगर उपसमितिले आयोजना गरेको हुक्का हुक्की खेलमा यस क्षेत्रका कोचीला समुदायहरु सहभागी भएका थिए । कोच समुदायहरुले पुर्खाहरुको सम्झनामा दादो, दादी हु्क्का देर नाना नानी हुक्काले भन्दै कुसले बाँधी शुद्ध सन्ठीको हुक्कामा आगो लगाई आकाशतिर फालेर यो पर्व मनाएका छन् । कोचिला गामुर फ्रन्टका सल्लाहकार संयोजक गंगाराम ताजपुरियाले भगवान श्री कृष्णका पालादेखी औसिया पावनीको अवसरमा तिहारमा लक्ष्मी पुजाको दिन देखी ३ दिन सम्म यो पर्व मनाइने गरेको बताए । लक्ष्मी पुजा, गोवर्धन पुजा…

Read More

गौरादह, १९ कात्तिक । गौरादह नगर पालिका ८ स्थित खेलकुद विकास समितिले वडा स्तरीय नकआउट भलिवल प्रतियोगिता आयोजना गरेको छ । अरुणोदय प्रा.वि. को खेल मैदानमा संचालन गरिएको भलिवल प्रतियोगितामा नगरभित्रका ८ वटा वडा सहभागी भएका छन् । यही २२ गतेसम्म सन्चालन हुने भलिवल खेलमा विजेताले नगद २० हजार र दास्रो हुनेले नगद १५ हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् । आइतवार भएको उद्घाटन खेलमा वार्ड नं. ३ र ६ बीच भएको थियो । उद्घाटन् खेलमा वडा नं. ३ ले ६ लाई २५÷१७, २५÷१३ को सोझो सेटमा पराजीत गरेको छ । त्यसैगरी दास्रो खेल वडा नं. ८ र…

Read More

सान नेपाल गौरादह,१९ असोज । कुखुरा पालक किसान संघ झापाले जिल्ला प्रसासन कार्यालयका प्रमुख जनक राज दाहाल समक्ष एक ज्ञापन पत्र हस्तान्तरण गरेको छ । किसानले उत्पादन गरेको कुखुराको मुल्य किसानले नै तोक्न पाउनुपर्ने मुख्य माग राख्दै ज्ञापन पत्र बुझाइएका हुन् । ज्ञापन पत्रमा जिउदो कुखुरा र काटेको मासुको मुल्य निर्धारण गर्ने, विदेशी भूमीबाट कुखुरा आयात गर्न रोक लगाइनु पर्ने, चारो, चल्ला र दवाईमा एकरुपता हुनुपर्ने, बैलर कुखुरा पालन व्यवसायहरुलाई पनि सरकारी अनुदान उपलब्ध हुनुपर्ने, एक स्थानिय तहमा कम्तिमा २ जना डाक्टरको व्यवस्था गरिनु पर्ने, कुखुरा पालक किसानहरुलाई आवस्यक तालिमको व्यवस्था गरिनुपर्ने, प्रत्येक स्थानिय तहमा मासु भण्डारणका लागि कोलस्टोरेजको व्यवस्था…

Read More

काठमाडौं, १९ कात्तिक । पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१ जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् । मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता वितरण गरिकाहरुको मात्रै हो, त्यसबाहेक गैरकानुनी हैसियतमा रहेका अवैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिका अवधि सकिएकाहरुको लेखाजोखा नै भएको छैन । मुलुकभित्र रोजगारीका पर्यात अवसर नहुँदा पछिल्लो १० वर्षको अवधिमा मात्रै ३७ लाख ६७२ पुरुष् र १ लाख ९७ हजार ८०७ महिला वैदेशिक रोजारीमा गएको तथ्यांक…

Read More

जनकपुर, १९ कात्तिक । घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् । ‘बोक्सी भन्दै मलाई कुटपिट गरे,’ उनले भनिन्, ‘अन्यायमा परेको भनेर समाज गुहार्दा मलाई दोषी देखाए र जरिवाना तोकिदिए ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More